GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

८. सबैले त्यागेका (यूहन्ना ५ः१–१८)



पृष्टभूमिः यो खण्डले येशू तथा यहूदीहरूबीच रहेको पहिलो द्वन्द्वसँग सरोकार राख्दछ । विश्राम दिन भनेको यहूदीहरूका छुट्टिको दिन हुन्थ्यो । उनीहरूका विश्वासअनुसार, सम्पूर्ण राष्ट्रले एउटै मात्र विश्राम दिनलाई पालन नगरेसम्म मसीह आउनुहुने थिएन । यरूशलेममा भएको पूरातत्विक खोजले बेथस्दाको पोखरी वरिपरि दलानहरू रहेको देखाएको छ ।

१. करिब ३८ वर्षसम्म त्यसरी ती दलानहरूका आड़मा उक्त व्यक्तिले लाचार जीवन जिउनुपर्दा उसलाई कस्तो भएको थियो होला, कल्पना गर्नुहोस् ।
  • पद ५ मा भएको ग्रीक शब्द एस्थेनियाले बिमारी भन्ने अर्थ दिए तापनि, त्यसले प्रायः “कमजोरी” भन्ने अर्थलाई बोकेको हुन्छ । आउनुहोस्, यसका विभिन्न विकल्पहरूलाई सोचौं । यो मान्छे कुन रोगद्वारा पीडित थियो ? आपूm बिमारी भएको पहिलो १० वर्षको समयावधि पछिल्लो १० वर्षको भन्दा कसरी फरक थियो ?

    १. किन त्यस व्यक्तिको आफन्तहरूले उसको वास्ता गरेनन् (पद ७) ? (उसको आफ्नै गल्ती के थियो वा परिवारमा भएका अरूका गल्ती के थिए ?)
  • यो मान्छेको चरित्रसम्बन्धी कस्तो प्रभाव तपाईंले पाउनुहुन्छ ? पद ७ मा भएको उसका शब्दहरूलाई ध्यान दिनुहोस् ।

    १. आफ्नो बिमारीबाट निको हुने चाहनासाथ प्रतिक्षा गर्दै रहने व्यक्तिसँग उनीहरूका आफन्तको सम्बन्ध कस्तो थियो ?
  • उक्त पोखरीको छेऊमा अन्य मानिसहरूभन्दा यस गरिब मान्छे लामो समयदेखि बस्दै आएको भए तापनि, किन उसलाई पहिले नै पोखरीमा जाने प्राथमिकता दिइएन ?
    १. यो मान्छेको विश्वासको आधार के थियो ? (उसले कहाँबाट मद्दत पाउने अपेक्षा गरेको थियो ?)
  • हिजोआज बिमारी मानिसहरूले के कस्ता किसिमको “उपचारहरू” लाई खोज्ने गर्छन् ?
  • यो मान्छेको पाप के थियो जुन येशूले पद १४ मा सङ्केत गर्नुभएको छ ?
    १. किन येशू अन्य बिमारीहरूका सट्टामा यही निश्चित मान्छेकोमा जाने निधो गर्नुभयो ?
  • किन येशूले स्वःस्पष्ट प्रश्न सोध्नुभयो (पद ६) ?
  • येशूले सोध्नुभएको प्रश्नको जवाफ किन यो व्यक्तिले स्पष्टसँग दिएन (पद ७) ?
  • यदि तपाईंको सा¥है नै ठूलो समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ कि भनी येशूले सोध्नुभयो भने, तपाईंले कसरी उत्तर दिनुहुनेछ होला ?

    १. ३८ वर्षसम्म रहने बिमारीभन्दा पनि सङ्कष्टमय कुरो के हुन्छ भनी येशूले भन्नुभयो (पद १४) ?
  • तपाईंको वर्तमान सङ्कष्टभन्दा डरलाग्दो कुरो के हुनेछ भनी येशूले भन्नुभयो ?
    १. आपूm निको भइसकेपछि पनि कुन उद्देश्यको निम्ति उक्त मान्छे मन्दिरमा गयो (पद १४) ?
  • कहिले यो मान्छेले येशूमा विश्वास गर्न थाल्यो (यदि उसले विश्वास गरेको भए) ?
    १. निको भइसकेपछि उक्त व्यक्तिले पद १५ मा भनेभैंm कुरा किन ग¥यो ? विभिन्न किसिमका सम्भाव्यताहरू उल्लेख गर्नुहोस् ।
  • यो घटना कसरी समाप्त हुनेथियो भनी येशूले अग्रीम नै थाहा पाउनुभयो । त्यसो भए किन उहाँले त्यस व्यक्तिलाई निको पार्नुभयो ?

    खुशीको सन्देशः अन्त्यमा, येशूले पनि त्यही दुदर्शालाई सहनुप¥यो जुन यस व्यक्तिले सहनुपरेको थियोः उहाँलाई सबैले त्यागिदिए । येशूले ३८ वर्षको बिमारीभन्दा पनि डरलाग्दो कुरालाई अनुभव गर्नुप¥योः आफ्नो स्वर्गीय पिताद्वारा छोडिएको महसुस उहाँले गर्नुप¥यो । त्यसैकारणले उहाँले छोडिएका कुनै पनि व्यक्तिलाई यसरी भन्न सक्नुहुन्छः “तिमीसँग त तिमीहरूलाई वास्ता गर्ने म छु ।”



















       
    Downloads    
    Contact us    
    Webmaster