GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

६. जब सम्भाव्य अति नराम्रो घटना घट्दछ ५:२१–२४ र ३५–४३


पृष्टभूमिः सभाघरको शासनकर्तालाई सामान्यतया सहरमा भएको अति नै सम्मानित व्यक्तिबाट छान्ने
चलन थियो । सुसमाचारमा भएका अन्य सबै सभाघरहरूका शासनकर्ताहरू भनेका याइरसबाहेक येशू
मात्र हुनुभएको हामी देख्छौं । यस व्यक्तिको एउटै मात्र छोरा थियो (लूका ८:४२) ।
१. यसरी लामो प्रतिक्षापश्चात् जन्मिएको यो बच्चाले यो सानो परिवारको दैनिक जीवनलाई कसरी
असर गन्यो होला ? कल्पना गर्नुहोस् ।
२. जब बच्चा बिमारी हुन्छ, तब अभिभावकहरूबीचको सम्बन्धमा के हुन सक्छ ? विभिन्न
सम्भावनाहरूबारे सोच्नुहोस् ।
  • जब उनको छोरी बिमारी भइँन्, परमेश्वरसँग याइरसको सम्बन्ध कस्तो भयो ?
    ३. याइरस जुन मानिसहरूसँग हिँडिरहेका थिए, त्यस समूहमा लोकप्रिय नरहेका मान्छेसँग मद्दत
    माग्नको निम्ति किन उनी सहमत भएका थिए ?
  • येशूसँग याइरसले जस्तो प्रकारले मद्दत मागेका थिए, त्यसबाट उनको बारेमा हामीले के सिक्छौं
    (२२–२३) ?


    ४. जब पिताले आफ्नो घरबाट नराम्रो सन्देशलाई सुनेका थिए, तब उनले कस्तो महसुस गरे (३५) ?
  • यदि तपाईंले अब येशूलाई सोधिराख्नु आवश्यक छैन भनी ठान्नुभएको अनुभव छ भने, त्यो
    कहिले भएको थियो होला ?
    ५. सम्भाव्य रूपमा अति नै दु:खलाग्दो घटना घटे तापनि, किन येशूले याइरसलाई नडराऊ भनी
    भन्नुभयो (३६) ?
  • यस संसारमा तपाईं कुन कुरासँग अति नै डराउनुहुन्छ ? (तपाईंले आफ्नो मनमा उत्तर दिन
    सक्नुहुन्छ) ।
  • यदि तपाईंको जीवनमा सम्भाव्य रूपमा अति नै डरलाग्दो घटना घटेको छ र येशूले तपाईंलाई
    नडराऊ भनी भनी रहनुभएको छ भने, तपाईंले कसरी प्रतिउत्तर दिनुहुने थियो होला ?
    ६. येशूले तपाईंलाई आज यसरी भन्नुहुन्छ: नडराऊ र विश्वास मात्र गर । तपाईंको वर्तमान
    परिस्थितिमा यी शब्दहरूले तपाईंलाई कस्तो अर्थ दिन्छन् होला ?
  • उक्त केटी मरिसक्दा पनि याइरसले के कुरा विश्वास गर्न सक्ने थिए ?
  • यदि याइरसले येशूमाथि पटक्कै विश्वास नगरेको भए, उनले के गर्ने थिए होलान ?
    ७. याइरस नभएको समयमा उनको पत्नीले आफ्नो बच्चा मरेको देखेकी थिइन् । जब येशू तथा उनको
    पति घरमा आएको देखिन्, तब तपाईंको विचारमा उनको चिन्तन कस्तो भएको थियो होला ?
  • याइरसको घरमा येशू आउनेहुने क्रममा, दाहसँस्कारको तयारी अघिबाटै भइसकेको थियो । पद
    ३९ मा अभिलिखित शब्दहरूद्वारा उनले त्यहाँ उपस्थिति पाहुनाहरूलाई के भन्न चाहेका थिए ?
    ८. येशूले उक्त मरेकी केटीलाई कसरी जीवित पार्नुभयो (४१–४३) भन्ने विवरणलाई राम्रोसँग पढ्नुहोस् ।
    कुनचाहिँ विवरण तपाईंको विचारमा रोचक थियो ?
    ९. आफ्नो सेवकाइको निम्ति उक्त केटीलाई जीवित पार्नुभएको अच्चमलाग्दो कार्य एउटा राम्रो
    प्रतिवेदन हुन सक्ने भए तापनि किन येशूले कडाईका साथ त्यो कुरा कसैलाई पनि बताऊ भनी
    भन्नुभयो होला ?
    १०. यसले उक्त केटीमा कस्तो प्रभाव पन्यो होला ? त्यसले उनको भविष्यलाई कसरी असर गन्यो
    होला ?
  • यो अच्चमको कार्यपछि अभिभावकको जीवन कसरी परिवर्तन भयो होला ?
  • पछिल्लो समयमा येशूको मृत्यु तथा बौरिउठाइको हल्लालाई यो परिवारले सुने, तब उनीहरूले
    के विचार गरे होलान ?

    खुशीको सन्देश: जब येशूले नडराऊ र विश्वास गर भनी भन्नुभयो, तब उहाँले त्यो कुरालाई उहाँको
    जिम्मामा छोडिदिनु भनी बुझाउन खोज्नुभएको थियो । त्यसलाई उहाँले जिम्मा लिन सक्नुहुन्छ । आफ्नो
    पितासँगबाट छुट्टिने एउटै मात्र डर येशूलाई थियो । त्यो कुरामा उहाँ यति डराउनुहुन्थ्यो कि
    गेत्सेमनीको बगैँचामा उहाँको पसिना रगतमा परिणत भएका थिए । यसरी उहाँले परमेश्वरबाट अलग
    हुनु (जुनचाहिँ नरक हो) भनेको एउटा यस्तो कुरो हो जुन सबैभन्दा डरलाग्दो र त्यो कुरासँग हामी
    डराउनुपर्दछ भनी भन्नुभयो । यसरी उहाँमाथि विश्वास राख्नेहरूका जीवनमा उहाँले सबै कुराहरूलाई
    परिणत गर्दै आशिष्मा बद्लिन सक्नुहुन्छ ।

       
    Downloads    
    Contact us    
    Webmaster