GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

९. २५००० रोटीहरू तथा १०००० माछाहरू


पृष्टभूमिः यो अच्चमको काम कहाँ भएको थियो भन्ने कुरालाई अगुवाले नक्सामा देखाउनुपर्ने हुन्छ ।
तालको नजीक रहेको बेत्सेदालाई देखाउनुपर्दछ (४५) । यो स्थानबाट गालीलको प्रमुख सहरसम्म
पुग्नको निम्ति कति किलोमिटरको यात्रा गर्नुपर्दथ्यो भन्ने कुरा पनि अगुवाले देखाउनुपर्ने हुन्छ । येशू
तथा उहाँका चेलाहरू यहाँ आइपुग्नुको प्रमुख उद्देश्य भनेको विश्राम लिनको निम्ति थियो भन्ने कुरा
पनि स्मरण रहोस् (३१–३२) ।
१. यदि कुनै व्यक्ति अति नै व्यस्त हुन्छ र उसले खाने समय समेत पाउँदैन भने, त्यसले उक्त
व्यक्तिलाई सामान्यतया कसरी असर गर्दछ (३) ?
  • जब भीडहरूले उनीहरूलाई अघिबाटै किनारामा प्रतिक्षा गरिरहेको चेलाहरूले भेट्टयाए, तब
    उनीहरूले कस्तो महसुस गरे होलान (३२–३३) ?
  • जब विश्रामको समयमा पनि मानिसहरूलाई देख्दा किन येशूले दिक्क मान्नु भएन (३४) ?

    २. जब येशूले आफ्नो शिक्षालाई पूरा गरिसक्नुभएको थियो, त्यतिबेला झण्डै नै बेलुकी भइसकेको थियो ।
    त्यसरी समय बितेकोमा चेलाहरूले कस्तो महसुस गरे होलान ?
  • त्यस ठाउँदेखि गालीलको प्रमुख सहरसम्म पैदल यात्रा गर्नको निम्ति कति समय लाग्ने थियो
    होला ? स्मरणरहोस् कि त्यहाँ बृद्ध मानिसहरू लगायत बच्चाहरू पनि थिए ।
    ३. एउटा व्यक्तिको भोजनको निम्ति पाँचओटा रोटी र दुईओटा माछा लाग्ने थियो । त्यति भोजनको
    निम्ति हाम्रो समयमा कति पैसा लाग्नेछ होला ?
  • २५००० रोटीहरू तथा १०००० माछाहरू (३६) को निम्ति चेलाहरूले कतिओटा गाउँहरूमा
    जानु आवश्यक पर्दथ्यो होला ?
    ४. यदि आजको समयमा ५,००० मानिसहरूलाई त्यसरी भोजन खुवाउने हो भने कति पैसा पर्ने थियो
    होला ?
  • त्यतिबेलाको समयमा २०० दिनारी भनेको एउटा मान्छेको २/३ भाग वार्षिक आय हुने गर्दथ्यो ।
    किन चेलाहरूले त्यो रकमलाई उल्लेख गरे (३७) ?
    ५. किन येशूले आफ्ना चेलाहरूलाई यसरी भन्नुभयो: तिमीहरू आफैले नै उनीहरूलाई खानाको निम्ति
    केही देओ (३७) ?
  • येशूको अनुरोधप्रति चेलाहरूले कस्तो उत्तर दिनुपर्दथ्यो ?
    ६. येशूको आज्ञाअनुसार कदम चाल्नको निम्ति चेलाहरूले कहाँबाट सहास पाए (३९) ?
  • जब मानिसहरू उक्त चउरमा बसिरहेका थिए, तब उनीहरूलाई खुवाइने थियो होला भनी के
    तिनीहरूले विश्वास गरेका थिए ? यदि उनीहरूले विश्वास गरेका भए, उनीहरूका भोजन
    कहाँबाट आउने थियो होला भनी उनीहरूले ठाने होलान (४०) ?
    ७. ढुङ्गाहरूलाई रोटीहरू बनिऊन भनी भन्नुको सट्टामा किन येशूले उपलब्ध रोटीहरूलाई ५००० ओटा
    बनाउनुभयो (४१–४२) ?
  • येशूले गर्नुभएको अच्चमको कार्य तथा जादूगरनीको अच्चमको कामबीच के भिन्नता रहेको छ ?
    ८. यस संसारको भोकाहरूलाई आजको हाम्रो समयको इसाईहरूले किन खुवाउन चाहँदैनन् होला ?
    विभिन्न कारणहरूबारे सोच्नुहोस् । (हाम्रो समयको इसाईहरू कुन कुरामा व्यस्त रहन्छन् ?)
  • तपाईंले आज जस्ता भोकाहरूलाई खुवाएको येशूले चाहनुहुन्छ, ती कहाँ छन् ?


    ९. तपाईंले दिनुभएको सानो भेटीलाई पनि येशूले ५,००० गुणा बनाउन सक्नुहुन्छ भन्ने के तपाईंले
    विश्वास गर्न सक्नुहुन्छ ?
  • विश्वास र यथार्थमा के भिन्नता रहेको छ ?
    खुशीको सन्देश: यो अच्चमको काम प्रदर्शन गरिसकेपछि येशूले भन्नुभयो: म स्वर्गबाट तल आएको
    जीवित रोटी हुँ । यदि कसैले यो रोटी खायो भने, ऊ सधैँको लागि बाँच्नेछ । यो रोटी भनेको मेरो
    शरीर हो र यसलाई म संसारको निम्ति दिन्छु (यूहन्ना ६:५१) । त्रूmसमा आफै मरेर येशू हाम्रो
    प्रभुभोजको रोटी हुनुभयो र हाम्रो निम्ति अनन्तको रोटी बन्नुभयो ।

       
    Downloads    
    Contact us    
    Webmaster