GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१४. छल गर्नेको दुर्ददशा ९:४२–५०


पृष्टभूमिः पद ४२ मा भएको ग्रीक शब्द स्क्यान्डेलाज्जोले “चोट पार्नु,” “परीक्षामा पार्नु,” “कसैलाई
पतनको कारण बनाउनु,” “पाप गर्ने तुल्याउनु” भन्ने बुझाउँछ । यो खण्डमा भएको शब्दहरू आजको
हाम्रो प्रसङ्गमा पनि उत्तिकै मान्यजन रहेको छ । बाल यौनशोषण तथा बाल अश्लिल तस्विरहरूको
उत्पादकहरूबारेको समाचारलाई हामीले प्राय: सुन्ने गर्दछौं । अनि आजको हाम्रो समयमा त्यस्ता
कुराहरूले असङ्ख्यीय बच्चाहरूका जीवनलाई नष्ट गरिरहेको छ । येशूले यहाँ यस्तो अत्याचारी
मुद्दाहरूका बारेमा चर्चा गरिरहनुभएको छैन, तर तपाईं हामी जस्ता सामान्य मानिसहरूमा समेत असर
गर्ने गोप्य परीक्षाहरूका बारेमा बताइरहनुभएको छ ।
१. येशूले ४२ पदमा बोल्नुभएको कुराको दण्डलाई माग गर्ने कुनै पनि कानुन आज संसारसँग छैन ।
सामान्य प्रकारले दिइने दण्डभन्दा येशूले माग गर्नुभएको दण्ड कुनचाहिँ अर्थमा त्यति कठोर रहेको
छ ? (एउटा बच्चालाई बहकाउने व्यक्ति किन उचित दाहसंस्कारको समेत योग्य हुँदैन भनी येशूले
भन्नुहुन्छ ? )
२. कसरी हातले कसैलाई पाप गर्नेतर्फ लान सक्दछ भन्ने केही उदाहरणहरूलाई समावेश गर्नुहोस् ४३) ।
  • कसरी खुट्टाहरूले पाप गर्नेतर्फ धकेल्न सक्दछ (४५) ? आँखाहरूका बारेमा के भन्ने (४७) ?
  • जब तपाईंले परीक्षालाई एक्कासी सामना गर्नुहुन्छ, के त्यसलाई तत्कालै पहिचान गर्नुहुन्छ होला ?


    ३. तपाईं के कुरासँग बढी डराउनुहुन्छ मरिसकेपछि नरकमा पुग्ने कुराप्रति वा आफ्ना हातहरू,
    खुट्टाहरू वा आँखाहरू गुमाउने कुराप्रति ?
  • तपार्इंको सन्तानहरू/प्रियजनहरूका जीवनमा तपाईं यी मध्ये कुन कुराप्रति बढी डराउनुहुन्छ ?
    ४. यहाँ येशूले गर्नुभएझैं यदि कसैले उभिएर हाम्रो मण्डलीमा प्रचार गर्दछ भने, सुन्ने मानिसहरूले के
    भन्ने छन् होला ?
    ५. यस्तो भयानक सल्लाह दिनुभएर येशूले के बताउन चाहनुभएको थियो (४३–४५) ?
  • यदि कुनै भ्रष्ट व्यक्तिद्वारा तपाईंको प्रियजनलाई हातपात गरेको तपाईंले चाल पाउनुभयो भने,
    तपाईंको विचारमा येशूले तपाईंलाई कस्तो सल्लाह दिनुहुने थियो होला ?
    ६. ऊ/उनी त्यसमाथि विजय हुने चेष्टा गरे तापनि, नसकिरहेको एउटा यौनजन्य पापमा सङ्घर्ष
    गरिरहेका व्यक्तिलाई तपाईंले के सल्लाह दिनुहुनेछ होला ?
    ७. यदि इसाई मण्डलीले परीक्षाहरूबारे, डरलाग्दो पापहरू तथा नरकको बारेमा येशूले झैं प्रचार गर्न
    छोडेमा के हुन्छ होला ? (परमेश्वरसम्बन्धी हाम्रा धारणा कसरी परिवर्तन हुन्छन् ? मानिसहरूका
    बानीहरू कसरी परिवर्तन हुन्छन् होला ? येशूको त्रूmससँगको उनीहरूका सम्बन्धमा त्यसले के
    असर गर्छ होला ?
    ८. वर्तमान समयका अश्लील सिनेमाहरू/तस्विरहरू बनाउने निर्माता तथा दर्शकहरूको ठूलो भूल के
    होला ?
  • निजी तथा सार्वजनिक रूपमा कसरी हामीले अश्लील सिनेमाहरू/तस्विरहरूका विरुद्धमा लडाई
    लड्नुपर्दछ ?
    ९. यदि येशूले दिनुभएको यी आज्ञाहरूलाई हामीले पछ्याउन सकिरहेका छैनौं भनी महसुस गन्यौं भने,
    हामीले के गर्नुपर्दछ होला ?
    खुशीको सन्देश: किन येशूको हातहरू तथा खुट्टाहरूमा काँटी ठोकियो र किन उहाँ भित्री तथा बाहिरी
    रूपले घोर अन्धकारका साथ मर्नु पन्यो भन्ने कुरा सायद तपाईंले अहिले देख्न सक्नुहुन्छ होला ।


       
    Downloads    
    Contact us    
    Webmaster