GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१७. को प्रधानमन्त्री बन्न सक्नेछ ? १०:३२–४५


पृष्टभूमिः याकूब र यूहन्ना भनेका जब्दीका छोराहरू तथा गालीलमा भएका धनी माछुवालाहरू थिए ।
पत्रुससँगै उनीहरू येशूका घनिष्ट चेलाहरूमध्ये पर्दथे । येशूले एक पटक याकूब र यूहन्नालाई बज्रका
छोराहरू भनी भन्नुभयो । सताइन र मारिनको निम्ति अब यरूशलेमतिर लागिरहनुभएको थियो । यो
घटनाभन्दा अघि नै उहाँले दुई पटक आफ्नो मृत्युबारे घोषणा गरिसक्नुभएको थियो ।
१. याकूब र यूहन्नाले येशू किन यरूशलेममा जाँदै हुनुहुन्थ्यो होला भनी सोचे ?
  • येशूले पद ३३–३४ मा गर्नुभएको अगमवाणीलाई यी भाइहरूले किन गम्भीर प्रकारले लिएनन् ?
    २. याकूब र यूहन्नाले अघिबाटै येशूमा विश्वास गरिसकेका थिए, तरैपनि, उहाँ सङ्कष्टमा परेर
    मारिनुहुनेछ भनी उनीहरूले विश्वास गरेनन् ।
  • यदि कुनै एउटा व्यक्तिले येशू मर्नुपर्ने आवश्यकतालाई देख्दैन भने, उसले उहाँबाट तथा इसाई
    विश्वासबाट के अपेक्षा गरिरहेको हुन्छ ?
    ३. येशूको राज्यमा उच्च ओहदालाई हासिल गरिसकेपछि, तपाईंको विचारमा जब्दीका छोराहरूले के
    गर्न चाहन्थे होलान ?
  • हाम्रो संसारमा, ओहदाप्रतिको प्यास किन यतिको प्रचुर मात्रामा देखिन्छ ?


  • तपाईंले आफ्नो परिवार वा काम गर्ने स्थानमा आफ्नो सामथ्र्य वा प्रभावलाई कसरी प्रकट
    गरिरहनुभएको छ ?
    ४. बाइबलीय भाषामा कचौराले सङ्कष्टलाई सङ्केत गर्दछ । यदि ती दुई भाइहरूलाई उहाँ आफै
    चढ्नुभएको त्रूmसको दाँया र बाँयाको स्थान प्रदान गर्नुभएको भए, तिनीहरूले कसरी जवाफ दिने
    थिए होला (३८–३९) ?
  • तपाईंलाई जस्तो किसिमको शक्ति र जिम्मेवारी सुम्पिदिएको छ, त्यसको एउटा अंशस्वरूप के
    तपाईंले सङ्कष्टलाई पनि स्वीकार गर्न इच्छुक हुनुहुनेछ होला ?
    ५. येशू तथा आफ्ना छिमेकीहरूसँगको सम्बन्धमा याकूब र यूहन्नाका पाप के थियो होला ?
    ६. यो परिस्थितिमा, जब्दीका छोराहरूसँग किन बाँकी १० चेलाहरू रिसाएका थिए ?
  • इसाईहरूबीचको झगडा तथा किन त्यस्ता झगडाहरू देखिन्छन् भन्ने सन्दर्भमा हाम्रो पाठले
    हामीलाई के सिकाउँदछ ?
    ७. एउटा अगुवाको निम्ति येशूले यहाँ देखाउनुभएको आदर्शमय कुरा कसरी क्रान्तिकारी रहेको छ (४२–
    ४४) ?
  • नेतृत्वको निम्ति आदर्शमय उदाहरण भनेको येशू आफै नै हुनुहुन्छ, तर हाम्रो समयमा आजका
    कति इसाईहरूले त्यो नमूनालाई अभ्यास गर्दै आइरहेका छन् होला ?
  • पद ४३–४४ मा भएको येशूको शिक्षालाई तपाईंले कतिको हदसम्म पछ्याइरहनुभएको छ ? तपाईंले आफ्नो मनमनै जवाफ दिन सक्नुहुन्छ) ।
    ८. येशू तथा याकूब र यूहन्नाबीच कस्तो भिन्नता रहेको छ ?
    ९. येशूले सेवक वा दासको कामलाई कहिले र कसरी गर्नुभयो (४५) ? (उत्तर यो खण्डभन्दा बाहिरबाट
    आउँछ) ।
  • छुटकाराको मोल भन्नाले एउटा दास जसलाई किनिएको र त्यसपछि स्वतन्त्र पारिएको छ भन्ने
    बुझाउँछ । पद ४५ लाई पुन: एक पटक पढ्नुहोस् र तपाईंले आफ्नै जीवनमा अप्नाउनुहोस् ।
    कुन कुराबाट येशूले तपाईंलाई किनेर स्वतन्त्र पार्नुभयो र त्यसको निम्ति उहाँले कति मूल्य
    चुकाउनुभयो ?
    खुशीको सन्देश: येशूले तपार्इंको निम्ति दिनुभएको सेवालाई तपाईंले स्वीकार गर्नुहोस् भन्ने उत्कट
    इच्छा राख्नुहुन्छ । तपाईंलाई दिइएको सामथ्र्यको दुरुपयोग गरेको पापको साथसाथ सबै किसिमका
    पापहरूबाट तपाईंले क्षमादान पाउनुभएको होस् भनी उहाँले चाहनुहुन्छ ।

       
    Downloads    
    Contact us    
    Webmaster