GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१८. अन्धो भिखारीको रोदन १०:४६–५२


पृष्टभूमिः हामीलाई थाहा भएअनुसार येशू केवल एकैपटक मात्र यरिहोमा जानुभयो । यरूशलेममा
उहाँको अन्तिम यात्रामा उहाँले त्यो गर्नुभएको थियो । येशू दाऊदको प्रत्यक्ष सन्तान हुनुहुन्थ्यो ।
दाऊदको सन्तान इस्राएलको सिंहासनमा सदासर्वदा रहनेछ भनी परमेश्वरले यस राजालाई प्रतिज्ञा
गर्नुभएको थियो (२ शामूएल ७:१२–१६) । यतिबेला यो सहर रोमीहरूको अधिनमा थियो र कसैलाई पनि
विगतको राजाहरू भनी वर्तमान समयमा उल्लेख गरेको उनीहरूले सहँदैनन् थिए ?
१. यदि भीख मागेर तपाईंले आफ्नो जीवन गुजारा गर्नुपर्ने हुन्थ्यो भने, तपाईंको लागि सबैभन्दा कठिन
कुरो के हुने थियो होला ?
२. हरेक वर्ष त्यसरी सडकको छेऊमा बसेर भीख माग्ने व्यक्तिले के सिक्न सक्छ ?
  • येशूले गर्नुभएको तीन वर्षे सार्वजनिक सेवकाइमा, यरिहोबाहेक इस्राएलको अन्य सबै ठाउँहरूमा
    जाने निधो गर्नुभएको कुरा यस बर्तिमैले सुन्दा, उसलाई कस्तो महसुस भयो होला ?
    ३. किन बर्तिमैले येशू घरीघरी जानुभएको सहर यरूशलेममा (झण्डै ३० किलोमिटरको दुरीमा रहेको)
    नै चङ्गाई पाउने प्रयास गरेनन् होला ?
  • यदि येशूले यरिहोमा आउने योजना गर्नुभएको थियो भने, के तपाईंको विचारमा बर्तिमैले
    उहाँलाई भेट्ने योजना गरेका थिए होलान र ?
  • यो अन्धो भिखारीको तर्क के थियो होला ?
    ४. येशू नै दाऊद राजाको पुत्र हुनुहुन्थ्यो भनी बर्तिमैले कसरी निष्कर्ष निकाले (४७) ?
  • दाऊदको पुत्र भनी रोमीहरूका माझमा ठूलो सोरले चिच्याउनको निम्ति किन बर्तिमैलाई डर
    लागेन ?
  • जब मानिसहरूले उसलाई शान्त पार्न चाहे तब कसरी उसको चिच्याहट फरक भयो (४७–४८) ?
  • दाऊदको पुत्र भन्ने उपाधिप्रति येशूले कस्तो प्रक्रिया देखाउनुभयो ?
    ५. मद्दतको निम्ति बर्तिमै चिच्याइरहेका थिए, तर मानिसहरूले उनलाई शान्त पार्ने चेष्टा गरे । किन
    होला ? विभिन्न कारणहरूलाई दिनुहोस् ।
  • त्यसरी चिच्याएकोमा उक्त अन्धो मान्छेलाई गाली गर्नुको सट्टामा मानिसहरूले के गर्नु उचित
    हुने थियो होला (४८) ?
  • जब तपाईंका वरिपरि भएका मानिसहरूले तपाईंको क्रन्दनलाई सुन्न इन्कार गरेको कुनै
    घटनालाई के तपाईंले सम्झन सक्नुहुन्छ ? किन त्यस्तो भएको थियो होला ?

    ६. येशूले बर्तिमैलाई बोलाउनुभएको कुरा जब मानिसहरूद्वारा उसले सुन्यो, तब उसलाई कस्तो भयो
    होला (४९–५०) ?
  • बर्तिमैले आफ्नो वस्त्रको हेरचाह राम्रोसँग गरेको हुनुपर्दछ किनकि त्यो उसको निम्ति रातीको
    ओछ्यान तथा सिरानी दुवै नै भएको थियो । किन उसले अचानक त्यसलाई फ्याँकिदियो (५०) ?
    ७. किन त्यस्तो स्पष्ट प्रश्न येशूले बर्तिमैलाई सोध्नुभयो होला (५१) ?
  • येशूले तपाईंलाई पनि आज त्यही प्रश्न सोध्नुहुन्छ (५१) । तपाईंले उहाँलाई कसरी जवाफ
    दिनुहुन्छ होला ?
    ८. यो मान्छेको आँखालाई येशूले कसरी निको पार्नुभयो (५२) ?
  • पद ५२ लाई दुई तरिकाले अनुवाद गर्न सकिन्छ । तिम्रो विश्वासले तिमीलाई चङ्गाई गरेको छ
    वा तिमी बचाइएको छौं । सबै मानिसहरूका अघि किन येशूले बर्तिमैलाई त्यसरी भन्नुभयो ?
    ९. बर्तिमैले येशूलाई सायद यरूशलेमसम्मै पछ्याएका थिए होलान (५२ख) । किन उनले त्यसो गरे
    होलान ?
  • भोलिपल्ट जब उहाँ यरूशलेममा जाँदै हुनुहुन्थ्यो सबैले येशूलाई दाऊदको पुत्र भनी
    चिच्याइरहेका थिए (११:९–१०) । किन उनीहरू रोमीहरूसँग डराउन छोडेका थिए ?
  • आफ्नो आँखालाई निको पारेर देख्न सक्ने बनाइदिनुभएको येशूलाई एकै हप्तापछि त्यसरी
    त्रूmसमा झुण्डिएको बर्तिमैले देखे । येशूको मृत्युले उसलाई के बुझाएको थियो होला ?

       
    Downloads    
    Contact us    
    Webmaster