GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२२. प्रेम कहिल्यै असफल हुँदैन १४:१–९ ।


पृष्टभूमिः निम्नलिखित खण्डहरूमा बेथानीमा भएको मरियमको बारेमा बताइएको छ भन्ने कुरा
अगुवाले सङ्क्षिप्त रूपले मानिसहरूलाई बताउनुपर्ने हुन्छ । जस्तै: लूका १०:३८–४२, यूहन्ना ११ र
१२:१–११ । (तिनी लूकाको पुस्तकको ७:३६–५० खण्डमा भएकी स्त्री होइनन् । मार्था, मरियम तथा
लाजरसको अभिभावकहरू मरिसकेका थिए भन्ने कुरा स्पष्ट छ । सायद उनीहरूले आफ्ना सम्पत्ति पैसा) लाई उनीहरूका अविवाहित छोरीहरूका निम्ति दाइजोको रूपमा प्रयोग गरिन वा वृद्धअवस्थामा
आफ्नै देखभाल गर्नको निम्ति छोडेका थिए होलान । येशूको जीवनको अन्तिम हप्ता भर्खरै सुरु भएको
थियो ।
१. यदि तपाईंको साथी मरिरहेको छ भन्ने कुरा तपाईंले थाहा पाउनुभयो भने, उसलाई/उनलाई
तपाईंले कस्तो किसिमको उपहारहरू दिनुहुनेछ होला ?

  • येशूले यहाँ उहाँको आफ्नै दाहसंस्कारको बारेमा बताउनुभएको छ (८) ? के चेलाहरूबाहेक
    मरियमले पनि येशू मर्न जाँदै हुनुहुन्छ भन्ने कुरा महसुस गरेकी थिइन् होला र ? आफ्ना
    तर्कहरू दिनुहोस् ।
    २. यसरी एक भाँडो अत्तरलाई किन्नु भनेको एउटा सामान्य व्यक्तिले एक वर्षमा कमाउने रकम बराबर
    खर्च गर्नुजस्तै नै हो । त्यसैकारणले एक पटकमा केवल एक थोपा मात्र प्रयोग गर्ने चलन थियो ।
    आजको हाम्रो समयमा हामीले त्यसलाई कति पैसा तिर्नुपर्दथ्यो होला ?
  • त्यतिको पैसा थुर्पान कति लामो समयसम्म काम गर्नुपर्दछ होला ?
  • जसरी मरिमयले यो महँगो अत्तरलाई लिएर आएकी थिइन्, उनले आफ्नो दाइजो वा पेन्सनको
    बारेमा के सोचिरहेकी थिइन् होला ?
    ३. मरियमले उक्त अत्तरको केही थोपाहरू मात्र येशूको टाउकोमा खन्याउनुपर्नेमा किन तिनले सबै
    खन्याइदिइन् होला ?
  • मसीह तथा ख्रीष्टको अर्थ अभिषिक्त जन हो र यहूदीहरूले आफ्ना राजाहरूलाई चुन्ने क्रममा
    उनीहरूलाई अभिषेक गर्ने चलन थियो । किन येशू आफ्नो दाहसंस्कारको अघिसम्म अभिषिक्त
    हुनुभएन ?
    ४. मरियमले उक्त अत्तरको निम्ति आफ्नो सबै जम्मा गरेर राखेको सम्पत्तिलाई प्रयोग गरेकी थिइन् ।
    उनीप्रति जस्तो आलोचना गरियो, कुनचाहिँ खप्न अति नै कठिन थियो (४–५) ?
  • एक वर्षको कमाइले कसरी उक्त सहरमा भएका गरिब मानिसहरूलाई सहायता पुग्ने थियो
    होला ?
    ५. येशूले तिनको प्रतिरक्षामा बोल्नुभएको कुन कुराले तिनको हृदयलाई ठूलो सान्त्वना मिल्यो (६–९) ?
  • के तपाईंले आफ्नै जीवनमा येशूको वचन: तिनले जे गर्न सक्थिइन् त्यही नै गरिन् भन्ने
    कुरालाई लागु गर्न सक्नुहुन्छ (८) ?
  • अबदेखि उसो तपाईंले पनि येशूको लागि के गर्न सक्नुहुन्छ होला ?
    ६. मरियमको कार्य कसरी येशूको कार्यसँग मिल्दोजुल्दो थियो ? (जस्तै: त्रूmसमा उहाँको मृत्युसँग तथा
    पद ९ मा भएको सुसमचारसँग) ?
  • तपाईंको विचारमा मरियमले येशूको निम्ति पोखाएकी अत्तर महँगो थियो वा येशूले तिनको
    निम्ति बगाउनुभएको रगत महँगो थियो ?


    ७. मरियमको कुनचाहिँ बानी त्यति विशेष भयो र त्यो सदासर्वदाको निम्ति सम्झनास्वरूप रह्यो (९) ?
  • तपाईंले पनि कस्तो सम्झनालाई छोडेर जान चाहनुहुन्छ (९) ?
    ८. तपाईंको विचारमा, त्यसदिन येशूको निम्ति मरियमले खर्च गरेकी महँगो अत्तरबारे पछि तिनले के
    सोचिन होला ?
  • कसरी मरियमले येशूलाई त्यसरी प्रेम गर्न सिकिन् ?
  • कसरी हामीले पनि मरियमले झैं येशूलाई प्रेम गर्न सक्छौं ?
    खुशीको सन्देश: येशूको आज्ञालाई मानेर मरियमले उहाँलाई प्रेम गर्न सिकेकी थिइन् । त्यसैकारणले
    उनले सही समयमा यसरी आफ्नो कामलाई पनि देखाउन सकेकी हुन् । मरियमले सर्वप्रथम
    सुसमाचारमा विश्वास गरिन् र त्यसपछि उनको हृदयमा परमेश्वरको निम्ति सबै कुराहरू सुम्पिदिने
    इच्छा जागेको थियो । अनि पृथ्वीमा उहाँको अन्तिम समयमा येशूले आफू जताततै जानुहुँदा यसरी
    अत्तरको भाँडो तिनको कारणले बोकेर हिँड्नुभएको थियो ।

       
    Downloads    
    Contact us    
    Webmaster