GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२३. एक बनावटी प्रकारले येशूको जाँच १५:१–१५


पृष्टभूमिः यो अध्ययनको निम्ति, समूहलाई २ वा ३ को सङ्ख्यामा विभाजन गर्नुहोस् । प्रत्येक समूहले
यो खण्डको एक वा दुईओटा भागलाई छलफल गर्नेछ र आफूले अध्ययनको क्रममा पाएको कुरालाई
त्यसपछि उसले बाँड्नेछ ।
१. पन्तियस पिलातस

सन् २६–३६ मा यहूदियाको राज्यपालका रूपमा उनले रोमी साम्राज्यको शासनमय शक्तिलाई
प्रतिनिधित्व गरेका थिए र उनी आफै नै सम्राट तिबेरियसका अधिनमा थिए । यहूदी विद्रोहबारेको कुनै
पनि हल्ला सम्राटले नसुनेको पिलातसले चाहन्थे । मृत्युदण्ड दिने वा नदिने भन्ने विषयमा त्यो उनको
अधिकारको दायराभित्रको कुरो थियो ।
पद १–१५
  • यो खण्डबाट तपाईंले पिलातसको चरित्रबारे कस्तो प्रभाव पाउनुहुन्छ ? (उदाहरणको लागि,
    उनको जीवनको मान्यताहरू के कस्ता थिए ? आदि) ।
  • अनि जाँचको समयमा पद १२ र १४ मा भएको प्रश्नहरूलाई सोध्ने न्यायधीशको बारेमा
    तपाईंले के सोच्नुहुन्छ ?
  • किन पिलातसले आफूसँग भएको अख्तियारलाई प्रयोग गरेनन् र बरु, उहाँको निम्ति अरूलाई नै
    निर्णय गर्ने मौका दिए ?

  • येशूबारे पिलातसले साँच्चिनै के महसुस गरे ? (किन उनले येशूले यहूदीहरूका राजा भनी दुई
    पटकसम्म भने ? पद ९ र १२) ।
  • यी दुई मानिसहरूलाई एक–अर्कासँग तुलना गर्नुहोस्: रोमी राज्यपाल तथा यहूदीहरूका राजा ।
    उनीहरूबीच कस्तो भिन्नता रहेको छ ?
  • अन्त्यमा यो कानुनी मुद्दालाई कसले समाधान गन्यो ?
  • येशूलाई कोर्रा हान्ने र त्रूmसमा चढाउने आदेश दिइसकेपछि, पिलातसले कस्तो महसुस गरे (१५) ?
  • तपाईंको विचारमा पिलातसले कसरी आफ्नो सचेतनालाई शान्त पार्ने प्रयास गरे होलान ?
  • यदि त्यस बिहानी तपाईं पिलातसको स्थानमा हुनुहुन्थ्यो भने, तपाईंले त्यस मुद्दालाई कसरी
    हेर्नुहुन्थ्यो होला ?
    २. बारब्बा

    हत्यारा तथा राजनैतिक विद्रोही र उनको नाउँको अर्थ भनेको एउटा पुत्रको बाबा भन्ने हुन्छ ।
    पद ६–१५
  • यो व्यक्तिको बाल्यवस्था, किशोरवस्था तथा बयस्कावस्था कस्तो थियो होला, कल्पना गर्नुहोस् ।
    यो मान्छेलाई क्रान्तिकारी तथा हत्यारा केसले बनाएको थियो होला ?
  • यदि तपाईंको परिस्थिति फरक भएको भए, तपाईंको विचारमा के तपाईं आफै नै हत्यारा
    बन्नुहुने थियो होला ? किन र किन होइन ?
  • तपाईंको विचारमा मृत्युदण्डलाई झेलिरहेको यस व्यक्तिले कस्तो प्रकारको चिन्तन गर्दथ्यो होला
    ? (के उसले कुनै पनि कुरालाई धिक्कार मानिरहेका थिए होलान ?)
  • उसको आफ्नो सट्टामा त्रूmसमा काँटी ठोकिएर मारिनुभएको व्यक्तिलाई के तपाईंको विचारमा
    बारब्बाले हेर्न गएका थिए होलान र ?
  • येशूसँगको सम्बन्धमा कसरी हामी सबै पनि बारब्बाजस्तै नै छौं ?
    ३. मुख्य पूजाहारी

    सामान्यतया एक पटकमा केवल एउटै मात्र प्रमुख पूजाहारी हुने गर्दथ्यो, तर यहाँचाहिँ दुईओटा
    पूजाहारीहरू भएको हामी देख्छौं । कैयाफा, प्रमुख प्रधान पूजाहारी जो सन् १८–३६ तिरका थिए भने,
    उनीभन्दा अघिका पूजाहारीचाहिँ उनको ससुरा हन्नास थिए । उनले आफ्नो ज्वाईद्वारा अझै पनि आफ्नो
    प्रभावलाई जमाइरहेका थिए ।
    पद १–१५
  • यस्ता महापूजाहारीहरूले आफ्नो जीवनको बुलावटलाई तपाईंको विचारमा कसरी लिएका थिए ?

  • किन प्रमुख पूजाहारीहरूले येशूको डाहा गरे ?
  • किन उनीहरूले आफ्नै अभिप्रायहरूलाई पहिचान गरेनन् ?
  • तपाईंको विचारमा कुनचाहिँ अपराध सबैभन्दा डरलाग्दो छ: महापूजाहारीहरूद्वारा गरिएको
    कानुनी हत्या वा विद्रोहको समयमा बारब्बाले गरेको हत्या ?
  • एउटा गम्भीर प्रकारको धार्मिक व्यक्ति कसरी दुष्टको हातको साधन बन्न सम्भव होला ?
  • के तपाईं पनि कुनै न कुनै तरिकाले प्रमुख पूजाहारीहरूजस्तै देखिनु त भइरहेको छैन ? यदि
    त्यस्तो हुनुहुन्छ भने, कुन क्षेत्रमा ?
    ४. भीड

    अघिल्लो हप्ता उनीहरूले येशूलाई होसन्ना भनी स्वागत गरेका थिए । तर अहिले उनीहरू यसरी
    कराइरहेका छन्: त्यसलाई त्रूmसमा चढाओ । त्यो भीडमा कुनै यस्तो व्यक्ति पनि थियो होला जसलाई
    येशूले व्यक्तिगत रूपमा मद्दत गर्नुभएको थियो ।
    पद ८–१५
  • किन भीडले त्यस्तो खतरानक हत्यारालाई स्वतन्त्र पारियोस् भन्ने चाहे होलान ?
  • के मानिसहरूले आफैलाई आफ्ना सहयोगीको विरुद्ध खडा गराउन सक्छन् र ? (किन त्यहाँ
    येशूको निम्ति तथा उक्त परिस्थितिमा त्यसरी न्यायलाई बङ्गयाएको विरुद्धमा एउटै पनि आवाज
    उठाउने एउटै पनि व्यक्ति थिएनन् ? ।)
  • त्यस बिहान यदि तपाईं उक्त भीडमा हुनुहुन्थ्यो भने, तपाईंले के गर्नुहुने थियो होला ?
  • के आज हाम्रो समयमा पनि हाम्रा देशमा यस्तै किसिमको घटना घट्ने सम्भावना छ ? आफ्नो
    तर्कलाई प्रस्तुत गर्नुहोस् ।
  • प्रजातन्त्रको असल तथा खराब पक्षबारे यो खण्डले हामीलाई के सिकाउँदछ होला ?
    ५. येशू

    सम्पूर्ण जाँचको अवधिभरि नै उहाँले केवल एउटै मात्र वाक्य बोल्नुभयो (२) । अन्यथा उहाँ चुपचाप
    रहनुभयो ।
    पद १–१५
  • यतिबेलासम्म येशूले मान्छेको पुत्र भन्ने उपाधिबाहेक अन्य सबै उपाधिलाई इन्कार गर्नुभयो ।
    किन अहिले उहाँले आफू यहूदीहरूका राजा हुनुभएको कुरालाई स्वीकार गर्नुभयो (२) ?
  • किन येशूले आफ्नै बचाव गर्नुभएन ?


  • यो खण्डमा भएका अन्य पात्रहरूसँग येशूलाई तुलना गर्नुहोस् । किन उहाँ अरूभन्दा फरक
    हुनुभयो ?
  • (उहाँको त्यस्तो परिस्थितिमा पनि किन येशू त्यतिको प्रशंसानीय हुनुभयो ?)
  • तपाईंको विचारमा येशूले आफ्ना वरिपरि भएका मानिसहरूबारे कस्तो महसुस गर्नुभयो ?
  • जाँचको समयमा येशूको मुद्दालाई कसले समाधान गन्यो ? पिलातस, परमेश्वर वा शैतान ?

       
    Downloads    
    Contact us    
    Webmaster