GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१. योसेफ– परमेश्वरको पुत्रको झड्केलो पिता (मत्ती १:१८–२५)



पृष्टभूमि: लूका १:२६–३८ लाई अगुवाले छोटो गरी व्याख्या गर्न सक्छन् । मोशाको व्यवस्थाअनुसार मगनी भनेको विवाहझैं बाध्यकारी हुने गर्दथ्यो भने, यदि अविश्वासनीय ठहरिएमा त्यस्ताहरूलाई ढुङ्गाले हानेर मारिन्थ्यो । विवाहभन्दा अघि यौनसम्पर्क राख्नु हुँदैन थियो (व्यवस्था २२) ।

१. मरियमले योसेफलाई छल गरेझैं कुन कुराले हामीलाई देखाउँछ (पद १८–१९) ?

  • त्यो परिस्थितिमा योसेफको लागि सबैभन्दा कठिन कुरा के थियो ?
  • स्वर्गदूतले मरियमलाई भेट गर्नुभएको कुरा के मरियमले योसेफसँग चर्चा गरेकी थिइन् होला ? यदि थिइनन् भने, किन ? यदि गरेका थिए भने, किन योसेफले तिनलाई विश्वास गरेनन् ?

    १. व्यवस्थाअनुसार योसेफले मरियमलाई आफूमाथि गरिएको अन्यायको खातिर उनी तथा उनका परिवारमाथि मुद्दा लगाउन सक्ने थिए, तरैपनि, योसेफले प्रतिशोध लिन चाहेनन् । किन होला ?
  • पद १८–१९ मा, वर्णन गरेको परिस्थितिअनुसार, योसेफले मरियमप्रति कस्तो धारणा राखेको अनुमान लाग्छ ?
    १. परमेश्वरले मरियमसमक्ष पठाउनुभएको त्यही स्वर्गदूतलाई किन योसेफसमक्ष पनि उही दिनमा पठाउनुभएन ? (योसेफको प्रेमलाई किन त्यसरी कठोर प्रकारले जाँच गरियो?)

    २. कन्याबाट जन्मिएको भन्नाले मरियमको गर्भमा यस ब्रह्माण्डभन्दा बाहिरबाट वीर्य आएको थाहा लाग्छ । उक्त घटनाभन्दा अघि विश्व इतिहासमा कहिल्यै पनि त्यस प्रकारको कन्याबाट बच्चा जन्मिने कार्य भएको थिएन (पद २०–२३) । त्यसो भए कुनचाहिँ आधारमा योसेफले कन्या गर्भवती भएको कुरालाई विश्वास गर्न सक्दथे होला ?
  • हाम्रो मूल पाठमा भएको कुनचाहिँ विशेषताले हामीलाई कन्याबाट बच्चा जन्मिएको कुरा बनावटी कथा होइन भन्ने प्रमाणित गर्छ ?

    १. थुप्रै ईश्वरशास्त्रीहरूका लागि पनि कन्याबाट बच्चा जन्मिएको कुरालाई विश्वास गर्न अति नै कठिन सिद्धान्त भएको देखिन्छ । किन होला ?
  • कन्या जन्ममा विश्वास गर्न तथा परमेश्वरसम्बन्धी हाम्रा धारणा दुवै नै किन एउटै किसिमका विषयवस्तु हुन् ?

    १. यदि येशू योसेफ र मरियमका मात्र पुत्र हुनुहुन्थ्यो भने, उहाँले मानिसहरूका पापबाट उनीहरूलाई बचाउन किन कठिन हुन्थ्यो होला ?
  • आफूले गरेको पापको कारण तपाईंलाई आफ्नो विवेकले दोष्याइरहेको कुनै घटना वा पापलाई स्मरण गर्नुहोस् । त्यसपछि “उहाँका मानिसहरू” भन्ने ठाउँमा आफ्नो नाउँ राखी, पद २१ लाई पुन: पढ्नुहोस् । त्यसरी पढ्ने क्रममा, त्यो पद साँचो हो भनी के तपाईंले विश्वास गर्न सक्नुहुन्छ ?

    १. एउटै छानोमुनी योसेफ र मरियम रहे तापनि, किन उनले मरियम आफ्नो मङ्गेतरलाई छुने समेत कार्य पनि गरेनन् (पद २५) ?

    २. मरियमको गर्भमा भएको बच्चा योसेफको हो भनी सायद मानिसहरूले सोच्न थालेका थिए होलान । के योसेफले आफैलाई आफ्नै तथा मरिमयका आफन्तहरूका आरोपहरूबाट बचाउन खोजेका थिए जस्तो लाग्छ ?
  • आफ्नो पुत्रको लागि झड्केलो पिता बनाउने क्रममा परमेश्वरले किन योसेफलाई नै छान्नुभयो ?

    खुशीको सन्देश: येशूले आफ्नो सार्वजनिक सेवकाइलाई थालनी गर्नुभन्दा पहिले नै योसेफ मरेका हुन सक्छन् । तर आफ्नो झड्केलो पुत्रको बारेको प्रमुख कुरा तिनलाई थाहा थियो: उहाँले संसारका मानिसहरूलाई बचाउनुहुने थियो र त्यसमा आफू पनि समावेश भएको कुरा तिनलाई थाहा थियो ।


       
    Downloads    
    Contact us    
    Webmaster