GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२. पूर्वका बुद्धिमानी मानिसहरू (मत्ती २:१–१२)



पृष्टभूमि: धेरै यहूदीहरू निवार्सनको ५०० वर्षपछि पनि पर्सिया (प्राचीन बेबिलोन) मा नै बस्दै आइरहेका थिए । यी बुद्धिमानी मानिसहरू यहूदीहरूका भन्दा विभिन्न फरक धर्महरूबाट आएका ज्योतिषीहरू र ज्ञानी मानिसहरू थिए । पर्सिया र प्यालेष्टाइनबीचको दूरी भनेको झण्डै १०००–१५०० किलोमिटरसम्म रहेको थियो ।

१. यदि ऊँट प्रत्येक दिन ३० किलोमिटरको दरले यात्रा गर्दथ्यो भने, यी बुद्धिमानी मानिसहरूले उक्त दूरी कतिको समयमा पार गरेका थिए होलान ?
  • यी बुद्धिमानी मानिसहरूका मालिकहरू, पत्नीहरू तथा छिमेकीहरूले यो यात्राबारे केही कुरा सोचेका थिए होलान जस्तो तपाईंलाई लाग्छ ?

    १. आफ्नै राजालाई आराधना गर्नुको सट्टामा, यी बुद्धिमानी मानिसहरूले किन यहूदीहरूका राजालाई आराधना गर्न चाहे ?
  • यहूदीहरूका नयाँ राजालाई यी बुद्धिमानी मानिसहरूले किन बहुमूल्यको उपहारहरू दिन चाहे होलान (पद ११) ?

    १. झण्डै ६०० वर्षसम्म यहूदीहरूका कुनै राजा थिएनन् । हेरोद त केवल रोमीहरूका जागिरे मात्र थिए । जन्मिएको नयाँ राजाबारे सुन्ने क्रममा, हेरोद तथा यरूशलेमका मानिसहरूले किन अप्ठेरो महसुस गरे (पद ३) ?
  • हेरोदले किन पद ४, १६ मा विश्वास गरे ? (हेरोदले किन पद ४, १६ मा विश्वास गरे ? (बाइबल, मसीह तथा परमेश्वरको योजनाको सम्बन्धमा, उनले आफ्नै सामथ्र्यबारेमा के विश्वास गरेका थिए ?)

    १. ताराले कुन ठाउँदेखि कुन ठाउँसम्म ती बुद्धिमानी मानिसहरूलाई डोन्यायो ? (पद २ र ९मा हेर्नुहोस्)

  • किन परमेश्वरले ती मानिसहरूलाई सिधैँ बेतलेहमतिर डोन्याउन तारालाई अनुमति दिनुभएन ? किन यरूशलेम हुँदो उनीहरूलाई लगियो ? (परमेश्वरको लिखित वचनसँगको सम्पर्कमा आउनको लागि यी मानिसहरूका निम्ति किन महत्वपूर्ण थियो ?)
  • तपाईंलाई येशूसमक्ष डोन्याउनको निम्ति, परमेश्वरले कस्तो किसिमको “तारा” तपार्इंको जीवनमा पठाउनुभयो ?
    १. बेबिलोनीहरूले बाबेलको धराहरा बनाए, करारको सन्दुकलाई खोसे अनि मन्दिरलाई नष्ट गरे । बुद्धिमानी मानिसहरू भनेको उनीहरूका सन्तानहरू थिए । किन परमेश्वरले उहाँको आफ्ना शत्रुहरूलाई राजाको रूपमा जन्मिनुभएको यस नयाँ पुत्रको दर्शन गराउन उनीहरूलाई पुन्याउनुभयो ?

    २. बेथलेहेममा जन्मिनुभएको नयाँ राजाको बारेको होहल्लालाई यरूशलेममा भएका मानिसहरूले सुनेका थिए र केवल १२ किलोमिटर मात्र भए तापनि, किन त्यहाँबाट कुनै मानिसहरू त्यहाँ गएनन् ?

    ३. यो नयाँ राजाबारेमा मानिसहरूले सायद अघिबाटै कल्पना गरेका कुराभन्दा कसरी उहाँ फरक हुनुहुन्थ्यो ?
  • बुद्धिमानी मानिसहरूमा भएका विश्वास कसरी हाम्रो लागि उदाहरण भएको छ ?

    १. बुद्धिमानी मानिसहरूले शिशू येशूलाई बहुमूल्यको उपहारहरू दिनुभयो । बदलामा उहाँबाट तिनीहरूले के पाए ?

  • योसेफको परिवारमा, यो उपहार किन अति नै आवश्यक थियो (पद १३) ?
  • यो वर्ष जन्म दिनको उपहारस्वरूप तपाईंले येशूलाई के दिन चाहनुहुन्छ ?

    १. मूर्तिपूजा तथा त्यस्ता धर्महरू मान्ने पर्सियामा यी बुद्धिमानी मानिसहरूका जीवन कस्ता थिए होलान् ?

    खुशीको सन्देश: आफ्नो जीवनकालभरि नै येशूलाई कहिल्यै पनि राजाको रूपमा हेरिएन । उहाँको जीवनको सुरुआततिर नै यी बुद्धिमानी मानिसहरूले उहाँलाई आराधना गरे अनि रोमी राज्यपाल पिलातसले त्यो उपाधि उहाँ चढ्नुभएको त्रूmसमाथि लेखिदिनुभएको थियो । येशू यस्तो राजा हुनुहुन्छ कि उहाँले आफ्ना शत्रुहरूलाई पनि आएर उहाँको आराधना गर्ने अनुमति दिनुभयो ।

       
    Downloads    
    Contact us    
    Webmaster