GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

११. गरिबहरूका लागि असल सन्देश (मत्ती ११:१–६)



पृष्टभूमि: यतिबेला ३० वर्ष पुगेका बप्तिस्मा दिने यूहन्नाले येशूलाई बप्तिस्मा दिएका थिए र स्वर्गबाट पवित्र आत्मा उहाँमाथि कसरी आउनुभएको थियो भन्ने तिनले देखेका थिए । यूहन्नालाई उत्तर दिने क्रममा, येशूले अगमवक्ता यशैयालाई उदृत गरेका थिए (यशैया ३५:५,६ र ६१:१) । अगुवाले यी पदहरू पढेर सुनाइदिनुहोला ।

१. आफ्नो जल्दोबल्दो सेवकाइको बावजुद पनि बप्तिस्मा दिने यूहन्ना जेलमा पर्नु पन्यो किनकि उनले राजा हेरोदले गरेका व्यभिचारको आलोचना गरेका थिए । उनी जेलमा पर्ने क्रममा सबैभन्दा दु:खलाग्दो पक्षचाहिँ के रहेको थियो ?
  • येशूलाई पहिलो पटक भेट्ने क्रममा यूहन्नाले यसरी भनेका थिए: “हेर परमेश्वरको थुमा जसले संसारको पापलाई उठाएर लैजाउनुहुन्छ” (यूहन्ना १:२९) । उनको यस प्रकारको पहिलो निश्चयतालाई अब कुन कुराले शंकास्पद बनाइएको थियो होला ?

    १. यदि येशू साँच्चिनै ख्रीष्ट हुनुहुन्नथ्यो भने, यूहन्नाले आफ्नो जीवनको के निष्कर्ष निकालेका हुन सक्दथे ?
  • कतै येशू परमेश्वर हुनुहुन्न कि भनेर यदि तपाईंले कुनै समय शंका गर्नुभएको भए, जीवनको कुन परिस्थितिमा तपाईंले त्यसरी शंका गर्न पुग्नुभएको थियो ?
  • आफ्ना चेलाहरूलाई येशूकहाँ पठाउने क्रममा, के उनले येशू आउनुभएर अच्चम प्रकारले तिनलाई छुटकारा दिलाउनुहुनेछ भन्ने अपेक्षा यूहन्नाले गरेका थिए त (पद २–३) ? तपाईंले आफ्ना तर्कहरू दिनुहोस् ।
  • किन येशूले यूहन्नालाई जेलमा आएर भेट्नुभएन ?

    १. यूहन्नाको प्रश्नलाई येशूले सामान्यतौरमा किन यसरी उत्तर दिनुभएन: “तिमीले ठीकै भन्यौं किनकि पठाइएको म नै हुँ र अब कसैको खोजी गर्नुपर्दैन ।” (किन येशूले पुरानो नियमको खण्डलाई उदृत गर्दै उत्तर दिन मन पराउनुभयो ?)
  • तपार्इंका कष्टहरूका माझ यदि तपाईंले आफ्नो साथीबाट बाइबलको पद पाउनुभयो भने, तपाईंलाई कस्तो होला ?
  • यशैयाको पुस्तकबाट उदृत गर्ने क्रममा, येशूले मसीहद्वारा बन्धनमा भएकाहरूलाई छुटकारा दिनुहुनेछ भन्ने खण्ड किन उदृत गर्नुभएन ?

    १. येशूले दिनुभएको प्रतिउत्तरको कुनचाहिँ शब्दहरूलाई यूहन्नाले आफ्नो जीवनमा प्रयोग गर्न सक्दथे होला ?
  • “असल सन्देश” भन्ने वाक्याँशले सबै पापहरूबाट क्षमा दिइएको अवस्थाभन्दा पनि माथिल्लो अवस्था भन्ने हुन्छ (पद ५) । त्यो परिस्थितिमा यूहन्नाले परमेश्वरबाट कुनचाहिँ पापको क्षमादान पाउनु आवश्यक थियो ?
  • परमेश्वरले किन प्राय: आफ्ना विश्वासीहरूलाई बन्दी अवस्थामा रहेका यूहन्ना जत्तिकै “दयनीय” अवस्थामा राख्नुहुन्छ ?

    १. पद ६ मा भएको येशूको शब्दहरूले के बुझाउँछ ?
  • यदि प्रभु येशू ख्रीष्टले हाम्रा प्रियजनहरू तथा आफैलाई जस्तो प्रकारले व्यवहार गर्नुहुन्छ, त्यसबाट चोट पुग्यो भने, यो खण्डअअनुसार हामीले के गर्नुपर्दछ होला ?

    १. येशूको उत्तरबारे यूहन्नाले कस्तो महसुस गरे होलान ? (के उनले मर्नुभन्दा अघि आफ्नो हृदयमा शान्ति छाएको महसुस गर्न सके ?)
  • आफ्नो जीवनकालभरि नै यूहन्ना एउटा साँचो विश्वासी रहेका थिए । येशूसँग तिनको अन्तिम सम्पर्कले कसरी उनको विश्वासलाई परिवर्तन गन्यो होला ?
    १. जब हेरोदका नोकरहरूले यूहन्नाका टाउको काट्न आए, तब यूहन्नाले आफ्नो जीवन र मृत्युबारेमा के सोचेका थिए होलान ?

    खुशीको सन्देश: गरिबहरूलाई सुसमाचार सुनाउन, हृदय टुटेकाहरूलाई जोड्न तथा बन्धनमा भएकाहरूलाई स्वतन्त्र पार्नको लागि र रोइरहेका मानिसहरूलाई सान्त्वना दिनको लागि येशू यस संसारमा आउनुभयो भनी उहाँले भन्नुभयो (यशैया ६१:१–२) । अनि आज पनि उहाँको वचनद्वारा त्यही नै कुराहरूले निरन्तर गर्दै आउनुभएको छ र तपाईंसमक्ष पनि त्यही नै कुरा लिएर आउनुहुन्छ ।









       
    Downloads    
    Contact us    
    Webmaster