GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१३. व्यर्थको कुरा (मत्ती १२:३३–३७)



पृष्टभूमि: छलफलभन्दा अघि, गत हप्ता तपाईंले कस्ता किसिमका कुराहरू बोल्नुभयो होला, एकैछिन् सम्झने चेष्टा गर्नुहोस् ।

१. कस्तो किसिमको परिस्थितिमा तपाईंले आफ्नो जिब्रोमा लगाम लगाउन अति नै कठिन ठान्नुहुन्छ ?
  • यदि तपाईंले पुन: आफ्नो जीवनलाई सुरु गर्ने मौका पाउनुभयो भने, तपाईंले कोसँग आफूले पहिले जसरी बोल्नुभयो, अब ऊसँग फरक तरिकाले बोल्नुहुने थियो होला ? (तपाईंले मनमनै जवाफ दिन सक्नुहुनेछ) ।

    १. हाम्रा कार्यहरू परमेश्वरको नजरमा जति महत्वपूर्ण छन्, त्यति नै हाम्रा वचनहरू पनि । किन ?
  • कुन अर्थमा हाम्रो मुखका वचनहरूले रूखमा भएको फललाई सङ्केत गर्दछ (पद ३३) ?
  • कसरी खराब रूख असलमा परिणत हुन सक्छ ?
  • कसरी खराब मान्छे असल हुन सक्छ ?

    १. “सर्पका सन्तानहरू” भनी जब येशूले आफ्ना श्रोताहरूलाई भन्नुभयो, तब उहाँले अति नै कठोर वचनलाई प्रयोग गर्नुभएको थियो । दुष्ट वचनहरू बोल्ने एउटा व्यक्ति, कसरी एउटा विषालु सर्पसँग मिल्दोजुल्दो हुन्छ (पद ३४) ?
  • “हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्” भनी येशूले के भन्न खोज्नुभएको होला (पद ३४) ?
  • पद ३४ को वचनले आफैलाई जाँच गर्नुहोस् । तपाईंको हृदय केसले भरिएको छ ? (तपाईंले मनमनै जवाफ दिन सक्नुहुन्छ) ।

    १. प्रत्येकको हृदयमा उसको/उनको कुनै कुरा साँचेर राख्ने कोठा हुन्छ भनी पद ३५ ले बताउँछ । मानिसहरूले आफ्ना हृदयका यस्ता कोठाहरूलाई कुन कुराले भरेका हुन्छन् त ?
  • तपाईंले येशूबारे के चर्चा गर्नुहुन्छ वा उहाँसँग कस्तो कुरा गर्नुहुन्छ होला, एकैछिन्, चिन्तन गर्नुहोस् । उहाँसँगको तपाईंको सम्बन्धबारे तपाईंको शब्दहरूले के देखाउँछन् होला ? शब्दहरूको कमीले चाहिँ के देखाउँछ होला ?

    १. “व्यर्थका कुराहरू” (पद ३६) भनेका के होलान ?
  • “व्यर्थका कुराहरू” का विपरीत के हुन्छन् होला ?
  • प्रत्येक “खराब” कुराहरूको सट्टामा प्रत्येक व्यर्थका कुराहरूका निम्ति किन हामीले न्यायको दिनमा हिसाब दिनुपर्दछ होला ?
  • यो खण्डमा आधारित हुँदै न्यायको दिनमा तपाईंलाई के हुन्छ होला ? सोच्नुहोस् ।

    १. तपाईंको हृदयमा भएको कुरालाई लामो समयसम्म अरूबाट लुकाएर राख्न सक्नुहुन्छ होला जस्तो तपाईंलाई लाग्छ ? यदि तपाईंको हृदय घृणा र तिक्ततालाई पूरा भरिएका छन् भने, केवल मीठो कुराहरू मात्र बोल्न सम्भव होला ?

  • कुनै पनि व्यर्थका कुरा नबोलियोस् भनेर जतिसक्दो थोरै मात्र बोल्ने व्यक्ति तपाईंको विचारमा कस्तो हुन्छ होला ?

    १. आजबाट उसो तपाईंले येशूको यो शिक्षालाई पछ्याउनुहुनेछ भन्ने सम्भावना कतिको रहेको छ ?
    २. येशू बोट हुनुभएको र चेलाहरूचाहिँ हाँगाहरू भएका कुरा एक पटक येशूले भन्नुभयो (१५:१) । हाम्रा हृदयमा खराब भए तापनि, कसरी हामीले असल फल फलाउन सक्छौं होला ?

    खुशीको सन्देश: येशूको हृदयमा भएको सञ्चय गरेर राख्ने ठाउँ केवल असल कुराहरूले मात्र भरिएका भए तापनि, उहाँको वचनको खातिर उहाँलाई मानिसहरूले ईश्वरनिन्दा गर्ने व्यक्ति भनेर दोष्याए । हाम्रा व्यर्थका कुराहरूको तीता फलहरूलाई उहाँले त्रूmसमा बोक्नुभयो ।

       
    Downloads    
    Contact us    
    Webmaster