GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१४. गहुँ र सामा (मत्ती १३:२४–३० र ३६–४३)



पृष्टभूमि: सामाले त्यस्तो बोटलाई सङ्केत गर्दछ जुन सानो छँदा दुरुस्तै गहुँजस्तै देखिन्छ । अनि त्यस्ता बोटका बिऊहरू अति नै बिषाक्त हुने भएको हुनाले, फसलको समयमा त्यसलाई गहुँबाट होसियारीका साथ अलग राख्नुपर्ने हुन्छ ।

१. दृष्टान्त (पद २४–३०)

  • गहुँ मात्र फलाउने खेत तथा गहुँ र सामा दुवै फलाउने खेतबीच के भिन्नता रहेको छ ?
  • आफ्ना छिमेकीको गहुँको बारीमा सामाहरू रोप्ने व्यक्तिको आशय के हुन सक्छ होला ?
  • त्यसरी नै यदि कसैले तपाईंको कामलाई तहसनहस गरिदियो भने के हुन्छ होला ?
  • त्यसरी आफ्नो खेतलाई तहसनहस गरेको खेतको मालिकबारे अच्चमलाग्दो कुरा के रहेको छ (पद २८–३०) ?
  • किसानलाई गहुँको बाला किन त्यतिको महत्वपूर्ण लागेको थियो (पद २९) ?
  • बिऊ तथा त्यसले फलाउने फलबीचको सम्बन्ध कस्तो रहेको छ ?

    १. दृष्टान्तको व्याख्या (पद ३६–४३) । “मैदान” भन्ने शब्दको दुईओटा अर्थहरू रहेका छन् भन्ने कुरा ध्यान दिनुहोस् । जस्तै: “संसार” (पद ३८) र “मान्छेको पुत्रको राज्य” (पद ४१) अर्थात् इसाई मण्डली ।
  • सुरुतिर येशूले परमेश्वरको वचनलाई बिऊ भनी भन्नुभएको थियो । किन अहिले उहाँले मानिसहरूलाई बिऊ भनी भन्नुभयो (पद ३८) ?
  • कसले मानिसहरूलाई रोप्ने काम गर्छन् र कसरी (पद ३७,३९) ?
  • दुष्टले जस्तो प्रकारले काम गरिरहेको छ, त्यो कुरालाई कसरी यो दृष्टान्तले सिकाउँछ ?
  • सबै ठाउँहरूमा भएका मण्डलीहरूमा शैतानले आफ्ना सन्तानहरू रोप्नुको लक्ष्य के होला ?
  • यदि मण्डलीहरूमा त्यस्ता भेड़ाका भेषमा रहेका ब्वाँसाहरू हुँदैनन् भने, ती कस्ता देखिन्थे होलान् ?
  • कोचाहिँ परमेश्वरको र कोचाहिँ शैतानको पुत्र हो भन्ने कुरा किन हामीले जान्न सक्दैनौं ?
  • अन्तिम न्यायभन्दा अघिनै “दुष्टका सन्तानहरू” लाई किन मण्डलीबाट बाहिर फ्याँक्ने अनुमति दिइँदैन ?
  • तपाईंको आफ्नै इसाई सङ्गतिमा यो दृष्टान्तको सन्देश कसरी लागुहुन्छ होला ?
  • तपाईंले आफैलाई गहुँ वा सामा कुन ठान्नुहुन्छ ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ)
  • यो दृष्टान्तअनुसार, के एउटा व्यक्ति आधा गहुँ र आधा सामा हुन सम्भव होला ? आफ्नो तर्क दिनुहोस् ।
  • संसारको अन्त्य कस्तो होला (पद ४१–४३) ?
  • यो संसारबाट परमेश्वरले कस्तो फसलको अपेक्षा गरिरहनुभएको छ ?

    १. धर्मी (पद ४३)
  • आफ्नो दृष्टान्तलाई व्याख्या गर्ने क्रममा येशूले अचानक “धर्मी” भन्ने शब्दलाई किन प्रयोग गर्नुभयो ?
  • अगुवाले रोमी ४:५ पढ़िदिनुहोस् । कसरी हामी धर्मी हुन सक्छौं ?

    १. साराँशित प्रश्नहरू
  • साँचो विश्वासी तथा झूटो विश्वासीबीच रहेको सामान्य भिन्नता के रहेको छ ?
  • यो दृष्टान्तद्वारा येशूले तपाईंलाई व्यक्तिगततौरमा के भन्न चाहनुभएको छ ?

    खुशीको सन्देश: पृथ्वीमा रहेको असल गहुँहरूमा येशूजस्तो कोही पनि थिएनन् र पनि उहाँलाई सामाझैं “उखेलेर आगोको भट्टीमा फ्याँकियो ।” त्यसैले उहाँले अब सामाहरूलाई गहुँमा परिणत गर्न सक्नुहुन्छ र यस युगको अन्त्यमा ती सबैलाई उहाँको राज्यमा गोड्न सक्नुहुन्छ ।

       
    Downloads    
    Contact us    
    Webmaster