GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१५. पत्रुस पानीमा हिँड्छन् (मत्ती १४:२२–३४)



पृष्टभूमि: गालील समुद्र भित्रबाट २०×१२ किलोमिटर रहेको छ । पहाडतिरबाट आएको अचानकको हावाको झोँकाले कहिलकाहीँ यस समुद्रमा डरलाग्दो आँधीतुफान ल्याउने गर्दछ । चौथो पहरा भनेको झण्डै बिहानको तीन बजेको समय थियो (पद २५) । त्यतिबेलासम्म चेलाहरू अघिबाटै उक्त समुद्रमा नौं घण्टासम्म बसिसकेका थिए ।

१. उनीहरूलाई त्यहाँ के हुने थियो भन्ने कुरा उहाँले निश्चित रूपमा जानिसकेको भए तापनि, उहाँले चेलाहरूलाई त्यहाँ पठाउनुभयो (पद २२) ?
  • किन येशूले कहिलेकाहीँ हामीलाई पनि “आँधीबेहरी” मा पठाउने गर्नुहुन्छ ?

    १. त्यस समुद्रमा घटौंसम्म आँधीबेहरी आइरहेको देख्दा, चेलाहरूले कस्तो महसुस गरे र प्रतिक्रियास्वरूप उनीहरूले के गरे होलान ? कल्पना गर्नुहोस् (पद २४) ।
  • आफूहरूसँग डुङ्गामा येशूलाई नआएको देख्दा उनीहरूले उहाँबारे कस्तो बिचार गरे होलान ?
  • आफ्ना साथीहरू मृत्युमय खतरामा भइरहेको बेलामा, येशूले के कुराको लागि प्रार्थना गरिरहनुभएको थियो होला (पद २३) ?

    १. येशू पानीमा हिँड्न सक्नुहुन्छ भन्ने कुरा चेलाहरूले कल्पनासमेत पनि गर्न सकेका थिएनन् । त्यो परिस्थितिमा तिनीहरूले उहाँबाट के कुराको अपेक्षा गरे होलान ?
  • आशाविहीन परिस्थितिमा तपाईंले येशूबाट के कुराको अपेक्षा गर्नुहुन्छ होला ?
  • किन चेलाहरूले येशूलाई भूतझैं ठानेँ (पद २६) ?
    १. तपाईंले अहिले अनुभव गरिरहनुभएको “आँधीतुफान” को माझमा येशूले खड़ा भएर येशूले यसरी भनिरहनुभएको: “सहासिलो हौं ! त्यो म हुँ । नडराऊ” देख्दा तपाईंलाई कस्तो लाग्छ (पद २८) ?

    “म हुँ” भन्ने शब्द वास्तवमा हिब्रू भाषामा रहेको परमेश्वरको यहोवा नाउँ हो । त्यो परिस्थितिमा किन येशूले यी शब्दहरू प्रयोग गरेको चाहनुभयो ?

    १. अँध्यारोमा डुङ्गा त्यसरी तलमाथि गरेर डरलाग्दो छालले हल्लाइरहेको भए तापनि, किन पत्रुस त्यहाँ हिँड्न चाहन्थे होला ? धेरैभन्दा धेरै कारणहरू पत्तो लगाउने प्रयास गर्नुहोस् (पद २७) ।
  • त्यस्तो परिस्थितिमा के तपाईंले सहासिक कदमलाई अघि सार्न चाहनुहुने थियो होला र ?
  • किन पत्रुसको अवलोकन सफल भएन (पद ३०) ?

    १. त्यतिबेला पत्रुसत्रको विश्वासमा अझ के कमी भइरहेको थियो (पद ३१) ?
  • पद ३१ मा भएको शब्दहरू यदि येशूले तपाईंलाई नै भन्नुभएको भए तपाईंले कसरी उत्तर दिनुहुने थियो होला ?
  • हाम्रो विश्वासलाई वास्तविक नजरले हेर्नु हाम्रो लागि किन महत्वपूर्ण होला ?
  • आफूसँग अति नै थोरै मात्र विश्वास भएको जान्ने मानिसहरूलाई यो खण्डले कस्तो सान्त्वना प्रदान गर्छ होला ?

    १. बिहानको तीन नबजुन्जेलसम्म येशूले आफ्ना साथीहरूलाई मद्दत गर्नको निम्ति किन आउनुभएन ? यदि उहाँले तिनीहरूलाई त्योभन्दा अघि नै बचाउनुभएको भए, चेलाहरूले कुन महत्वपूर्ण पाठलाई गुमाउनुपर्ने थियो होला ? सन्दर्भ, ३१–३३)
  • किन येशू हामीलाई बचाउनको निम्ति हाम्रो अपेक्षाको समयभन्दा निक्कै पछि मात्र आउनुहुन्छ ?

    खुशीको सन्देश: जब येशूस्वयम् नै आँधीको मध्य भाग (परमेश्वरको क्रोध) मा हुनुहुन्थ्यो, कसैले पनि सहायता दिन आएनन् । हाम्रो विश्वासको कमीको दाम उहाँले त्यो नै चुकाउनु परेको थियो । त्यसैकारणले त उहाँले अब थोरै विश्वास हुनेहरूलाई पनि आफ्नो बचावको हात बढाउन सक्नुहुन्छ ।

       
    Downloads    
    Contact us    
    Webmaster