GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१६. ठूलो दु:ख तथा ठूलो विश्वास (मत्ती १५:२१–२८)



पृष्टभूमि: कनानीहरू भनेका यहूदीहरूका पुराना प्रमुख शत्रुहरू थिए । टायर र सिदोन गालीलबाट झण्डै ४५–६० किलोमिटर टाढा रहेका थिए । विदेशतिरको यो यात्राबारे कसैले पनि थाहा पाउन भनी येशूले चाहनुभएन (मर्कूस ७:२४) । अगुवाले राजा दाऊद बारेको प्रमुख यथार्थहरू बताइदिनुपर्दछ (पद २२) ।

१. यस आमाको दिनाचार्य कस्तो थियो होला ? विशेष गरी अरू मानिसहरूसँग तिनको सम्बन्धको बारेमा । (तिनको छोरी, पति, अरू सन्तानहरू, छिमेकीहरू इत्यादि) ।
  • आफैलाई तिनले सायद कसरी दोष्याइरहेकी थिइन होला ?
  • यस स्त्रीले झैं आफ्नो हृदयमा कष्टलाई बोकिरहेकी आजका हाम्रा आमाहरू को होलान ?

    १. अधिकाँश यहूदीहरूलाई थाहा नभएको कुरा कनानी स्त्रीहरूलाई अघिबाटै थाहा भइसकेको थियो । जस्तै: येशू दाऊदका पुत्र (पद २२) । यो यथार्थलाई थाहा पाउँदा तिनलाई कस्तो भएको थियो होला ?
  • किन आमाले आफ्नै निम्ति दयाको अनुरोध गरिनँ (पद २२) ?

    १. यस आमाले मद्दतको निम्ति गरेको गुहारमा, येशूले देखाउनुभएको पहिलो तीनओटा प्रतिक्रियाहरू के थिए (पद २३–२६) ?
  • सामान्यतया येशूले सङ्कष्टमा भएका मानिसहरूलाई आफैतिर डाक्नुहुन्छ । त्यसो भए किन उहाँले यस स्त्रीलाई चाहिँ त्यसरी बेवास्ता गर्नुभयो ?
  • यदि येशूले यस स्त्रीलाई गर्नुभएको जस्तै व्यवहार तपाईंलाई पनि गर्नुभएको भए, तपाईंले कसरी प्रतिउत्तर दिनुहुने थियो होला ?

    १. कनानी स्त्री र सम्पूर्ण परिस्थितिबारे चेलाहरूले कस्तो महसुस गरे (पद २३) ?
    २. येशूको देखावटी इन्कारप्रति कनानी आमाले कसरी प्रतिक्रिया देखाइनँ होला (पद २३, २५, २७) ?
    ३. कष्टमा परिरहेकी आमाको अघि येशू चूपचाप बसिरहेको देख्दा, उहाँको हृदयमा के भएको थियो होला ? आफ्नो राय प्रकट गर्नुहोस् ।
  • मद्दतको निम्ति आफ्नो वेदनामा रोइरहेको देख्दा पनि कहिलेकाहीँ किन येशू चूपचाप रहनुहुन्छ ?
  • किन हामी सबैको विश्वासको जाँच गरिनुपर्दछ ?

    १. येशूले केवल दुई जना मानिसहरूको विश्वासको मात्र प्रशंसा गर्नुभयो । यस स्त्रीमा भएको महान् विश्वासको जतिसक्दो धेरै चरित्रहरू पत्तो लगाउनुहोस् (पद २८) ।
    २. सामान्यतया एउटा व्यक्तिको महान् विश्वास भनेको हृदयमा हुने गर्दछ भनी किन सोचिन्छ ?

  • अगुवाले मर्कूस ७:३० पढिदिनुहोस् । आफूले अच्चमको काम देख्नुभन्दा नै पहिले यस गैरयहूदी आमाको विश्वास महान् थियो । कसरी ?
  • कुन परिस्थितिमा हामीलाई महान् विश्वासको आवश्यकता पर्दछ ?

    १. येशूको स्वर्गारोहणीय एउटै मात्र यात्राको उद्देश्य के थियो ?

    खुशीको सन्देश: त्रूmसमा रहँदा येशू चूपचाप रहनु भए तापनि, उहाँले परमेश्वरमा विश्वास गर्नु परेको थियो, सन्दर्भ, भजन २२:१–२, २४ । त्यतिबेला येशूको विश्वास पनि त्यस कनानी स्त्रीको विश्वासजस्तै नै थियो । उनीहरूबीचको परिस्थितिमा एउटै मात्र ठूलो भिन्नता रहेको थियो: येशूको सन्दर्भमा, परमेश्वरको क्रोधको कारण उहाँ शान्त भएर बस्नुभयो, तर प्रेमको कारणले होइन ।








       
    Downloads    
    Contact us    
    Webmaster