GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

१८. येशू परमेश्वरजस्तै देखिनुहुन्छ (मत्ती १७:१–९)



पृष्टभूमि: यो घटनामा भन्दा सयौं वर्ष अघि मोशा तथा एलियाले परमेश्वरलाई देख्न चाहन्थे, तर उनीहरूले सकेनन् । पुरानो नियमअनुसार, यदि एउटा पापीले पवित्र परमेश्वरलाई प्रत्यक्ष रूपमा उहाँको अनुहारमा हेर्ने हो भने, तत्कालै त्यो व्यक्ति मर्दथ्यो । यी दुई व्यक्तिहरूका मृत्युको सम्बन्धमा, व्यवस्था ३४:१–६ र २ राजाहरू २:११ लाई हेर्नुहोस् । स्वर्गारोहणको पर्वत भनेको सायद हर्मन पर्वत हुनुपर्दछ (२७६० मिटर) । नक्शामा हेर्नुहोला ।

१. पद १: उहाँसँग स्वर्गारोहण हुने पर्वतमा आउनको निम्ति, केवल येशूले यी तीन चेलाहरूलाई मात्र बोलाउनुहुँदा, तपाईंको विचारमा उनीहरूले कस्तो ठाने होलान ?
  • त्यतिबेला उपलब्ध हुने उपकरणहरूका साथ त्यति अग्लो पर्वततिर चढ्नु भनेको कस्तो हुन्थ्यो होला ?

    १. पद २: के तपाईंले परमेश्वरलाई देख्न पाए हुन्थ्यो भन्ने कहिल्यै इच्छा गर्नुभयो ? यदि त्यस्तो इच्छा गर्नुभएको भए, कुनचाहिँ परिस्थितिमा ?
  • येशूको अनुहार तथा वस्त्रहरू त्यसरी परिवर्तन भइरहेका थिए भन्नाले तपाईंले के बुझ्नुहुन्छ ?
  • किन परमेश्वरले आफ्नो पुत्रको यस्तो ईश्वरीय झलकलाई मानिसहरूसमक्ष त्यसरी प्रकट गर्न चाहनुभयो होला ?
  • पवित्र परमेश्वरलाई आमनेसामने देख्दा पनि किन ती चेलाहरू मरेनन् ?

    १. पद ३: यो अवसरमा किन पुरानो नियमको दुई प्रतिनिधिहरूलाई पनि त्यहाँ उपस्थित गराइयो ?
  • यो पर्वतमा हुनको लागि किन परमेश्वरले मोशा र एलियालाई मात्र छान्नुभयो ?
  • मसीहको आगमनबारे उनीहरूले अगमवाणी गरेका थिए र अब उनीहरूले प्रत्यक्ष उहाँलाई देख्दा, तिनीहरूले कस्तो महसुस गरे होलान ?

    १. पद ४: यो परिस्थितिमा कुन कुराले चेलाहरूलाई अति नै राम्रो महसुस गरायो ?
  • यदि तपाईंको जीवनमा पनि यस्तै आत्मिक जम्काभेटको कुनै अनुभव रहेको छ र त्यसपछि तपाईंले आफ्नो पुरानो जीवनमा फर्केर जान नचाहेको घटना रहेको छ भने, हामीसँग त्यस घटनाबारे बाँड्नुहोस् ।
  • त्यसबेलादेखि उसो उक्त पर्वतमा रहने योजना पत्रुसले कसरी सोच्न थाले ?

    १. पद ५: त्यस परिस्थितिमा त्यहाँ देखा परेको बादलले के बुझाउँथ्यो होला ?
  • किन परमेश्वरले “उहाँको आज्ञा मान्नु” भनी भन्नुभएन, तर “उहाँलाई सुन” भनी भन्नुभयो ?
  • यो घटनालाई, सिनाइ पर्वतमा परमेश्वरले उहाँका मानिसहरूलाई ढुङ्गाको पाटीमा व्यवस्था लेखेर दिनुभएको परिस्थितिसँग तुलना गर्नुहोस् । के भिन्नता रहेको छ ?

    १. पद ६: आफूले एकदमै राम्रो महसुस गरेको कुरा पत्रुसले भर्खरै भनेका मात्र थिए । तर उनी अब कुन कुराका लागि डराइरहेका थिए त ?
  • जब कुनै व्यक्तिले आफैलाई पवित्र परमेश्वरको नजीक भएको पाउँदछ, त्यतिबेला उसले/उनले राम्रो/नराम्रो कस्तो अनुभव गर्छ/गर्छिन् होला ?
  • सिकर्मीको वस्त्र पहिरिएको येशू वा धार्मिकताको सेतो वस्त्र पहिरिएको येशू, कुनचाहिँसँग संचार गर्न तपाईंलाई सजिलो पर्दछ होला ? आफ्ना राय व्यक्त गर्नुहोस् ।

    १. पद ७–९: येशूले आफ्ना चेलाहरूलाई छुनुको महत्व के रहेको छ ?
  • मोशा र एलिया त्यहाँबाट अचानक हराएको देख्दा तपाईंको विचारमा चेलाहरूले कस्तो महसुस गरे होलान ?
  • किन येशूले आफ्नो स्वर्गारोहणबारे बाँकी रहेका ९ चेलाहरूलगायत अरू कसैले पनि थाहा पाएको चाहनुभएन ?

    खुशीको सन्देश: स्वर्गारोहणको पर्वतबाट येशू अर्को पर्वततिर अर्थात् गलगथ्थातिर आफ्नो यात्रालाई तय गर्नुहुन्छ । धार्मिकताको सेतो वस्त्र हामीलाई दिनको निम्ति, येशूले हाम्रा पापका सबै लाजहरूलाई बोक्नुभयो र नाङ्गिनो भयो ।

       
    Downloads    
    Contact us    
    Webmaster