GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२१. कहिल्यै पनि ढीलो हुँदैन (मत्ती २०:१–१६)



पृष्टभूमि: येशूको समयमा दैनिक ज्यालादारी गर्ने मानिसहरूका जीवनको कमाइ निश्चित हुँदैन थियो । हिजोआज हामीले वार्षिक रूपमा कति कमाउँछौं होला ? त्यसलाई ३०० भागमा विभाजन गर्नुहोस् र त्यसपछि तपाईंले एक दिनारीको मूल्यलाई थाहा गर्न सक्नुहुनेछ । बिहानको छ बजेदेखि समय सुरु हुन्छ । दृष्टान्तको मालिकले परमेश्वर र दाखबारीले उहाँको राज्यलाई प्रतिनिधित्व गर्छ ।



१. दृष्टान्त
  • दाखबारीको मालिकले आफ्नो दाखबारीका लागि खेतलाहरू खोज्नको निम्ति दिनमा कति पटक जाने गर्दछ (पद १–६) ?
  • किन मालिकले केवल पहिलो समूहलाई मात्र उनीहरूले कतिको ज्याला पाउनेछन् भनी बताइदिए (पद २,४) ?
  • बिहानको छ बजेतिर बजारमा कतिपय मजदूरहरू आइपुगेका थिएनन् । किन होला ?
  • किन मालिकले केवल शिपालु मजदूरलाई मात्र खोजेनन् तर उपलब्ध भएका कसैलाई पनि काममा लगाए ?
  • किन ढीलो आएका मानिसहरूलाई कसैले काममा लगाउन मान्दैनन् (पद ६–७) ? विभिन्न कारणहरू दिनुहोस् ।
  • बिहान समयमा आइपुगेका मानिसहरूलाई अन्तिम पहरामा आएका मानिसहरूसँग तुलना गर्नुहोस् (पद ७, १२) । कोसँग काम गर्न रोचक हुने थियो होला ?
  • अन्तिम समूहमा पाँचजना मानिसहरू भएको कल्पना गर्नुहोस् । यदि मालिकले अन्तिम पहरामा आएका ती मजदूरहरूलाई काममा नलगाएको भए, सायद कति पैसा जोगाउने थिए होलान ?
  • अन्तिम पहरामा काममा लिइएका मानिसहरूलाई किन मालिकले पहिले ज्याला दिए (पद ८) ?
  • पहिलो पहरामा आएका मानिसहरूले जति पाउनुपर्ने हो, त्यति नै पाए, तापनि किन उनीहरूले उजुरी गरे ?
  • मालिकले त्यसरी ज्याला दिनु उचित हुन्थ्यो होला र ? आफ्ना तर्कहरू दिनुहोस् ।
  • किन मालिकले सबैलाई उत्तिनै ज्याला दिन चाह ? तपाईंले पाउने जत्तिको व्याख्या र कारणहरूलाई प्रस्तुत गर्नुहोस् ।

    १. दृष्टान्तको व्याख्या
  • किन परमेश्वरले उहाँको राज्यमा सबैले काम गरोस् भन्ने चाहनुहुन्छ ?
  • “ज्याला” भन्नाले यो दृष्टान्तबाट के बुझिन्छ ?
  • परमेश्वरको राज्यमा किन सबैले उत्तिनै ज्याला पाउँछन् ?
  • परमेश्वरको राज्यमा तपाईं दिनको कुन पहरामा बोलाइनुभएको छ ?
  • कोचाहिँ सौभाग्यशाली हो: परमेश्वरको राज्यमा जीवनभरि नै काम गर्ने व्यक्ति वा अन्तिम घडीमा बाँचेको व्यक्ति ? आफ्नो तर्क दिनुहोस् ।
  • तपाईंले अरूभन्दा धेरै काम गर्नुभयो तर मण्डलीलाई कुनै अरूनै व्यक्तिले प्रशंसा पायो भने, तपाईंलाई कस्तो हुन्छ होला ?
  • यदि तपाईंलाई पनि मानौं प्रेरित पावलको झैं ज्याला दिनुभयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?
  • यो दृष्टान्तको प्रकाशमा पद १६ ले के भन्न खोजेको छ ?
  • येशूले तपाईंलाई आज यसरी भनिरहनुभएको छ: “तिमी पनि गएर मेरो बारीमा काम गर !” तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुनेछ होला ?



    खुशीको सन्देश: परमेश्वरको राज्यमा येशू आफैलाई कठोर परिश्रम गर्नुभयो । वास्तवमा भन्नुपर्दा, उहाँले सबै मानिसहरूका लागि अन्त्यको दिनमा दिन सकिने एक–एक दिनारी कमाइदिनुभएको छ ।

       
    Downloads    
    Contact us    
    Webmaster