GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२३. राजकुमारको विवाहभोज (मत्ती २२:१–१४)



पृष्टभूमि: येशूको समयमा, विवाह भनेको प्रमुख तथा महत्वपूर्ण प्रचलन हुने गर्दथ्यो । प्रकाशित पुस्तकमा कहिलेकाहीँ स्वर्गलाई “विवाह” भनेर सम्बोधन गरिएको पाउँछौं । यस दृष्टान्तमा निम्तो दिइएका मानिसहरू सामान्यतया यहूदीहरू थिए, तर हिजोआज त्यसले मण्डलीद्वारा निम्तो दिइएको तर उनीहरूले गम्भीर रूपमा नलिएको कुनै पनि मानिसहरूलाई बुझाउन सक्दछ ।

१. तपाईंले टिभीमा देख्नुभएको राजकीय विवाह समारोहलाई स्मरण गर्नुहोस् । कस्ता मानिसहरू बोलाइएका थिए ? पद ३–५ मा वर्णन गरिएअनुसारका मानिसहरू हिजोआज को हुन सक्छन् ?

१. निम्तो पाएका मानिसहरूले राजाबारे कस्तो विचार गर्छन् होला ?
  • त्यस्ता निम्तोहरूलाई पहुनाहरूले कसरी सजिलैसँग इन्कार गर्न सक्छन् होला ?
  • त्यसरी इन्कार गर्दा कस्तो परिणाम निस्कन्छ होला भन्ने कुरोमा किन पहुनाहरू डराएनन् ?

    १. उहाँका सेवकहरू तथा बाइबलको माध्यमद्वारा परमेश्वरले पनि हामीलाई उहाँको स्वर्गीय विवाहभोजमा निम्तो दिनुहुन्छ । दृष्टान्तमा निम्तो पाएका मानिसहरूझैं किन अधिकाँश मानिसहरूले त्यसरी प्रतिउत्तर दिन्छन् होला (पद ३–५) ?

    २. अन्य कुराहरूमा व्यस्त रहेको बेलामा, यदि तपाईंलाई मण्डलीमा, बाइबल अध्ययन आदि कुराहरूमा बोलाइयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?

  • परमेश्वरको निम्तोप्रति तपाईंको प्रवृत्तिमा आधारित हुँदै, तपाईंले स्वर्गीय विवाहभोजलाई कतिको मान्यता दिनुहुन्छ होला ?

    १. पद ६ मा भएझैं परमेश्वरको सेवकहरूलाई किन कहिलेकाहीँ मानिसहरूले त्यसरी व्यवहार गर्छन् होला ? पद ७ कहिले पूरा भयो ? त्यो कहिले पूरा हुन्छ होला ?

    १. विवाहभोजमा निम्तो दिइएका पहिलो तथा दोस्रो समूहका मानिसहरूको दैनिकी जीवनलाई तुलना गर्नुहोस् (पद ५, १०) ।
  • आजको हाम्रो दिनमा “सडकका कुनाकाप्चाहरू” बाट स्वर्गको राज्यमा आउने मानिसहरू को होलान (पद ९–१०) ?
  • राजाको निम्तोलाई गम्भीर प्रकारले लिनुपर्दछ भन्ने कुरालाई ती सामान्य मानिसहरूले कसरी विश्वास गर्न सक्दथे होलान ?
  • परमेश्वरको स्वर्गीय विवाहभोजको निम्ति कसको लागि निरासको सट्टामा आनन्द हुन्छ होला ?

    १. त्यस्ता सडकका कुनातिरबाट आएका प्रत्येक मानिसहरूका लागि राजाले वस्त्र तयार पार्नुभएको थियो भनी सामान्य प्रकारले सोचिन्छ । तर एउटा पहुनाले यो वस्त्रलाई लगाउन इन्कार गरे (पद ११–१२) । किन होला ?
  • बाइबलमा वैवाहिक वस्त्रले पापीलाई परमेश्वरले लगाइदिनुहुने उहाँको धार्मिक वस्त्रलाई प्राय: सङ्केत गर्ने गर्दछ । “आफ्नै वस्त्रहरू” लगाएर स्वर्गतिर जान सक्छन् भन्ने मानिसहरूका विश्वास कस्ता हुन्छन् होला ?

    १. यो दृष्टान्तको प्रकाशमा पद १४ ले के बुझाउँदछ ?
  • परमेश्वरको राजकीय विवाहभोजको निम्ति कसले अहिलेसम्म पाएका छैनन् होला ?
  • कसलाई चुनिएको छैन ? पाठमा सीमित रहनुहोस् ।

    १. विवाहभोजको वस्त्र नभएको व्यक्तिको झैं उही दुभाग्र्यलाई किन येशूले पनि अनुभव गर्नुपन्यो (पद १३) ?

    खुशीको सन्देश: अगुवाले प्रकाश ७:१३–१४ पढिदिनुहोस् ।

       
    Downloads    
    Contact us    
    Webmaster