GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२४. को पाखण्डी हो ? (मत्ती २३:१–१२)



पृष्टभूमि: जब येशूले फरिसी तथा व्यवस्थाको शिक्षकलाई सार्वजनिक रूपमा आलोचना गर्नुभयो, तब त्यो हिजोआजका प्रख्यात धार्मिक अगुवाहरूको पाखण्डीपनको पर्दाफास भएको घटनालाई हामीले टिभीमा हेरेको जस्तै नै हो । “मोशाको आसनमा बस्नु” भन्नाले मोशाको व्यवस्था अर्थात् पुरानो नियमलाई सिकाउन (पद २) योग्य थिए भनेर भनिएको हो ।

१. येशूको समयमा देखिने पाखण्डीपनाको चरित्रहरू कस्ता हुन्थे (पद २–७) ?
  • फरिसी तथा व्यवस्थाको शिक्षकहरूका विरुद्धमा येशूको के आरोप थियो ? एउटै वाक्यमा बताउनुहोस् ।

    १. हाम्रा समयमा देखिने पाखण्डीहरूका चरित्रहरू के होलान ?
  • हाम्रा समयमा फरिसीहरूलाई हामी कहाँ भेट्छौं ?
  • कस्ता किसिमका शिक्षाले हाम्रो इसाई सङ्गतिहरूमा फरिसीहरूका सङ्ख्यालाई प्रबद्र्धन गरिरहेको हुन्छ ?

    १. येशूको समयमा फरिसीहरूले कस्तो मापनद्वारा मानिसहरूलाई वर्गीकरण गर्दथे ?
  • हिजोआजका पाखण्डीहरूले कसरी मानिसहरूलाई वर्गीकरण गर्छन् ?

    १. किन मानिसहरूले हिजोआज उपाधि तथा प्रमाणपत्रलाई त्यतिधेरै मान्यता दिन्छन् (पद ७–१०) ?
  • तपाईंको इसाई सङ्गतिमा उपाधि तथा प्रमाणपत्रको मान्यता कतिको रहेको छ ?
  • येशूका अनुसार उपाधि तथा प्रमाणपत्रमा केन्द्रीत हुनु किन गलत हो ?

    १. किन इसाईहरूलाई समेत अरूका सेवकहरू हुन् कहिलेकाहीँ कठिन हुने गर्दछ (पद ११) ?
  • सेवक हुनु (पद ११ मा येशूले त्यस शब्दलाई जुन अर्थमा प्रयोग गर्नुभएको छ, त्यसैअनुसार) तथा हीनताबोध भएर बस्नुबीच के भिन्नता रहेको छ ?
  • पद ११ लाई गम्भीर प्रकारले लिने इसाई अगुवाबारे वर्णन गर्नुहोस् ।

    १. व्यवहारिकतामा पद १२ ले के बुझाउँछ ?
  • पद १२ कसरी तपाईंको जीवनमा सत्य साबित हुन आएको छ, आफ्नो अनुभवबाट बताउनुहोस् ।

    १. येशूको समयका धार्मिक अगुवाहरूभन्दा उहाँ कसरी फरक हुनुहुन्थ्यो ?
  • यस संसारमा येशूले पाउनुपर्ने सम्मान तथा ओहदा अरू कसैले पनि पाउन सक्दैनन् थिए, तरैपनि, उहाँले ती कुराहरूको माग गर्नुभएन । किन होला ?
    १. व्यक्तिगततौरमा यो खण्डको सबैभन्दा महत्वपूर्ण शिक्षा के होला ? तपाईंको इसाई सङ्गतिको बारेमा के भन्ने नी ?
    खुशीको सन्देश: येशूले कहिल्यै पनि अरूले बोकूनँ भनेर अति नै भारी बोझ बोकाइदिनुभएन । बरु, त्यसको ठीक विपरीत, सबै मानिसजातिका पापको बोझलाई उहाँ आफैले उठाउनुभयो र त्रूmसमा टाँगिदिनुभयो ।

       
    Downloads    
    Contact us    
    Webmaster