GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२६. दश कन्याहरू (मत्ती २५:१–१३)



पृष्टभूमि: यस दृष्टान्तमा भएको “तेल” भन्ने शब्दलाई तीन विभिन्न तरिकाले अनुवाद गर्दै आएको छ । क) त्यसले पवित्र आत्मालाई बुझाउँछ । ख) त्यसले येशूमा राख्ने विश्वासलाई बुझाउँछ । ग) त्यसले बाइबललाई बुझाउँछ । दुलहाले येशूलाई र विवाहले स्वर्गलाई सङ्केत गर्दछ भने, त्यसपछि उहाँको दोस्रो आगमन हुनेछ ।

१. “जागारुक रहने इसाई” भनेका कस्ता हुन्छन् ?

२. दृष्टान्त

  • विवाहभोजका यी स्त्रीहरूका काम भनेको अन्ध्यारोमा दुलहाको लागि बाटो देखाइदिनु थियो । त्यतिबेला घडीहरू नभएका हुनाले, ढीलाइ हुने कुरा भनेको कुनै अपवादीय कुरा थिएन, तर सामान्य कुरो नै । हरेक परिस्थितिमा पर्याप्त मात्रामा तेल होस् भनेर किन मूर्ख कन्याहरूले पहिलेबाट नै योजना बनाएनन् ?
  • विभिन्न कारणहरूबारे सोच्नुहोस्: आफ्नो साथीको विवाह राम्रो होस् वा नहोस् भनेर कुनै पनि चिन्ता नै नगर्ने एउटा व्यक्ति (जानीजानी वा अन्जानमा) ।
  • बुद्धिमानी कन्याहरूको दुलहासँगको सम्बन्ध अन्य मूर्खहरूसँगको भन्दा कसरी फरक थिए ?
  • किन बुद्धिमानी कन्याहरू पनि मध्यरातसम्म जागारुक रहन सकेनन् (पद ५–७) ?
  • बुद्धिमानी स्त्रीहरूले आफ्ना साथीहरूसँग आफ्नो तेल नबाँड्नुको कारण के थियो होला (पद ८–१०) ?
  • दश कन्याहरूलाई दुलहाले पहिलेदेखि नै चिनेका हुनुपर्दछ । तब किन उनले ती मूर्ख स्त्रीहरूलाई कदापि पनि नचिनेको कुरा बताए (पद ११–१२) ?

    १. अनुवाद
  • बुद्धिमानी कन्याहरू भनी येशूले कसलाई भन्न खोज्नुभएको थियो ?
  • मूर्खहरू भनी येशूले कसलाई सङ्केत गर्न खोज्नुभएको थियो होला ?
  • यिनै तीन अनुवादहरूमध्ये एउटामा आधारित हुँदै तपाईंको विचारमा येशूको दोस्रो आगमनबारे हामीले कस्ता तयारीहरू गर्नुपर्दछ होला त ? (सन्दर्भ, “पृष्टभूमि” लाई हेर्नुहोला)
  • येशूको दोस्रो आगमनको निम्ति तयार रहने व्यक्तिको विश्वास र तयार नहुने व्यक्तिबीचको विश्वासमा कस्तो भिन्नता रहेको हुन्छ होला ?
  • के तपाईंले येशूको दोस्रो आगमनको लागि पर्याप्त मात्रामा तयारी गरिरहनुभएको छ होला ?
  • प्रतिक्षाको समयमा दशैजना कन्याहरूलाई सुत्ने बनाइदिनुभयो र त्यसबाट उहाँले हामीलाई के शिक्षा दिन चाहनुभएको छ होला (पद ५, १३) ?
  • कहिले र कसरी येशूले आफ्नै मानिसहरूलाई चिन्न थाल्नुभयो (पद १२) ?
  • स्वर्गमा हुने विवाहलाई हामीले कुन परिस्थितिमा सरहाना गर्न सिक्छौं ?
  • पद १३ ले तपार्इंलाई व्यक्तिगततौरमा के सिकाउँछ ?

    खुशीको सन्देश: एउटा व्यक्तिले आफ्नो जीवनको दु:खलाग्दो परिस्थितिको बारेमा समेत हामीलाई प्रकट नगरेसम्म हामीले उसको बारेमा केही पनि सिक्दैनौं । त्यसरी नै यदि हामीले हाम्रा पापहरू उहाँलाई बताएदिएर उहाँबाट क्षमादान नमागेसम्म, हाम्रो परिस्थितिलाई उहाँले केही पनि गर्न सक्नुहुन्न ।

       
    Downloads    
    Contact us    
    Webmaster