GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२८. भेड़ा र बाख्राहरू (मत्ती २५:३१–४६)



पृष्टभूमि: यो दृष्टान्तलाई सामान्यतया तीन तरिकाले अनुवाद गरिन्छ । येशूको एकदमै टाढाको भाइ भनेको क: सङ्कष्टमा परेका इसाईहरू ख: सङ्कष्टमा परेका यहूदीहरू ग: संसारमा भएका सबै मानिसहरू हुन् ।

१. अन्तिम न्यायको दृष्टान्तमा, तपाईंलाई कुन कुरादेखि अति नै डरलाग्छ ?
  • यस दृष्टान्तमा तपाईंले कुन कुरालाई अति नै सान्त्वनामय पाउनुहुन्छ ?
  • यदि तपार्इंको विरुद्धमा कसैले गलत गरेका छन् र परमेश्वरले त्यस व्यक्तिलाई दण्ड दिनुहुन्न भने, तपाईंले परमेश्वरबारे के ठान्नुहुन्छ होला ?

    १. स्वर्ग र नरकबारे यो दृष्टान्तले हामीलाई के सिकाउँछ (पद ३४, ४१, ४६) ?
  • सामान्य तर्कमा आधारित हुँदै कस्ता किसिमका मानिस नरकमा पुग्छन् होला त ?
  • यस दृष्टान्तअनुसार, एउटा व्यक्तिलाई नरकमा फ्याँकिने किसिमको पाप भनेको के होला ?
  • किन हिजोआज नरकको बारेमा थोरै मात्र चर्चा गरिन्छ भने, त्यसबारेमा विश्वास गर्ने पनि थोरै मात्र रहेका छन् ?

    १. यो दृष्टान्तमा “नगन्य भाइहरू” भनी कतिओटा समूहका मानिसहरूलाई सङ्केत गरेको देखिन्छ (पद ३५–३६, ४२–४३) ?
  • यीमध्ये तपाईंले कतिजनालाई मद्दत गर्नुभएको छ ?
  • यीमध्ये कुन छओटा समूहका मानिसहरूलाई मद्दत गर्न अति नै कठिन पाउनुभएको छ ?

    १. किन विशेष गरी भोकाएकाहरू, तिर्खाएकाहरू, नाङ्गाहरू, बिमारीहरू तथा बन्धनमा रहेकाहरूमा येशूलाई देख्न अति नै कठिन हुन्छ ?
  • यी प्रत्येक समूहमा भएका मानिसहरूलाई मद्दत गर्न तपाईंको इसाई सङ्गतिका मानिसहरूले के गर्छन् होला ?

    १. कसरी “बाख्राहरूले” सायद तिनीहरूका आफ्ना बानीको प्रतिरक्षा गरे होलान ? किन उनीहरूले यी छ समूहहरूलाई मद्दत गरेनन् ?
  • पारित न्यायलाई सुनेर बाख्राहरू साँच्चिनै छक्क परे । किन उनीहरूले फरक कुराको अपेक्षा गरिरहेका थिए (पद ४४) ?

    १. राजाको शब्दहरूलाई सुनेर किन “भेडाहरू” पनि छक्क परे (पद ३८–३९) ?
  • प्रेम पाउन योग्य नभएका मानिसहरूलाई पनि प्रेम गर्न सक्ने सामथ्र्य “ती भेडाहरूले” कहाँबाट पाए ?

    १. माथि उल्लेखित कुनचाहिँ अनुवाद तपाईंको विचारमा सही छ होला ?
  • यी प्रत्येक अनुवादले हाम्रा बानीहरूमा कस्तो परिणाम ल्याउँदछन् होला ?

    १. अन्तिम समयको न्यायको दृष्टान्तले केवल हाम्रा कार्यहरूलाई मात्र व्यवहार गरेको देखिन्छ ? त्यसो भए, यस तस्विरमा विश्वासले कहाँनेर प्रवेश पाएको छ त ? (पहिलो चरणमा, मानिसहरूलाई कसरी बाख्रा र भेडाहरूमा विभाजन गरिएको छ?)

    २. आफ्ना यस्ता नगन्य भाइहरूका दुभाग्र्यलाई येशू आफैले पनि अनुभव गर्नुपन्यो । जस्तै: भोक, तीर्खा, घरविहीनता, नाङ्गोपना, बिमरी तथा बन्दी अवस्था । उहाँले ती कुराहरू कहिले अनुभव गर्नुपन्यो ?
  • पद ४१ मा भएको बाख्राहरूलाई सम्बोधन गरिएको वाक्य नै किन येशूको निम्ति पनि गरियो ?

    खुशीको सन्देश: मानिसजातिको सम्पूर्ण इतिहासमा, दुईओटा जाँचहरू अति नै महत्वपूर्ण थिए: येशूको जाँच तथा अन्तिम न्याय । हामी प्रत्येकले नै यीमध्येका यी नगन्य भाइहरूलाई हामीले कसरी व्यवहार गन्यौं भनी यी दुईमध्य एउटा जाँचमा हिसाब बुझाउनुपर्ने हुन्छ । येशूको जाँचमा तपाईंका पनि सबै पापहरूलाई खण्डन गरियो भनेर जबसम्म तपाईं निश्चित भएर भर पर्नुहुन्छ, तबसम्म तपाईंले आफ्ना पापहरू क्षमा भइसकेको निश्चयतामा जिउन सक्नुहुनेछ र अन्तिम समयमा तपाईं दोषी ठहरिनुहुने छैन ।

       
    Downloads    
    Contact us    
    Webmaster