GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

२९. गेत्सेमनीमा सङ्घर्ष (मत्ती २६:३६–४६)



पृष्टभूमि: बाइबलमा कचौरा भन्नाले परमेश्वरको क्रोधले भरिएको कचौरा भन्ने प्राय: बुझिन्छ र त्यसलाई पापीहरूले निल्नुपर्ने हुन्छ (पद ३९) ।

१. जब तपाईं साँच्चिनै बेखुशीमा रहनुहुन्छ, तब तपाईंको वरिपरि कतिका मानिसहरू होऊन भन्ने तपाईंले चाहनुहुन्छ होला ? (किन गेत्सेमनीमा येशू एक्लै जानुभएन ?)
  • यी तिनैओटा चेलाहरू मछुवालाहरू थिए र रातभरि नै काम गरिरहे । किन उनीहरू अब एकै घण्टाको लागि भए पनि ननिदाइरहन सकेनन् होला ?

    १. उहाँको आफ्नै दु:ख र कष्टबारे येशूले एकै पटक मात्र अर्थात् यहाँ मात्र चर्चा गर्नुभयो (पद ३८) । यो परिस्थितिमा उहाँको लागि अति नै पीडादायिक कुरा के रहेको थियो ?
  • यदि तपार्इंले आफ्नो वेदनामा कहिल्यै आफैलाई मरेतुल्य ठान्नुभएको भए, कस्तो परिस्थितिमा तपाईंले त्यसरी महसुस गर्नुभएको थियो होला ?

    १. धेरै मानिसहरूले कुनै पनि डर वा भय नै बिना आफ्ना मृत्युलाई सामना गरेका छन् । किन येशूले चाहिँ त्यो गर्नुभएन ? (यदि येशू त्यसरी मर्नुभएको भए, त्यसले हामीलाई के सङ्केत गर्दथ्यो होला ?)
  • के कुराले एउटा व्यक्तिलाई मुख छोपेर भूईंमा लम्पसार पार्ने बनाउँछ होला (पद ३९) ?

    १. किन येशूले आफ्नो निम्ति प्रार्थना गरिदिनु भनी चेलाहरूलाई भन्नुभएन (पद ४०–४१) ?
  • पद ४१ मा येशूले कस्तो किसिमको परीक्षाबारे चर्चा गर्नुहुन्छ ?

    १. पद ३९ मा भएको येशूको प्रार्थनालाई हेर्नुहोस् । के त्यतिबेला आफ्नो पिताको झैं इच्छामा उहाँमा पनि थियो ?
  • यो प्रार्थनाको पहिलो अंश किन महत्वपूर्ण थियो ? किन दोस्रो खण्ड पनि उत्तिकै महत्वपूर्ण रहेको छ ?
  • यदि हामीले त्यस प्रार्थनाको आधा खण्डलाई मात्र प्रार्थना गन्यौं भने, के हुन्छ ?

    १. जब येशूले दोस्रो पटक प्रार्थना गर्नुभयो, तब किन उहाँको प्रार्थना परिवर्तन भयो (पद ३९, ४२) ?
  • एक–दुई पटक प्रार्थना गरिसकेपछि किन येशू रोक्किनुभएन (पद ३९, ४२, ४४) ?

    १. के उहाँले प्रार्थना गरिरहेको समयमा, येशूको आफ्नै इच्छा परिवर्तन भयो ? यदि भएको थियो भने, कसरी ?

  • आफूलाई अति नै प्रेम गर्ने व्यक्तिले आवश्यक परेको खण्डमा आफैलाई पनि त्याग्न सकोस् भनी के तपाईंले कहिल्यै प्रार्थना गर्नुभएको छ ? आफ्ना तर्कहरू दिनुहोस् ।
  • परमेश्वरको क्रोधको कचौरा यदि येशूले पिउन इन्कार गर्नुभएको भए के हुने थियो होला ?

    १. पद ४५–४६ मा तपाईंले येशूको बारेमा जस्तो प्रभाव पाउनुहुन्छ, पहिलेको तुलनामा त्यो कसरी फरक रहेको छ ? (यसबेलादेखि उहाँको मृत्युसम्म किन उहाँ शान्त भएर रहनुभयो ?)

    २. यो सङ्घर्षबिना नै यदि येशू त्रूmसमा मर्नुभएको भए, के हुने थियो होला ?
  • गलगथ्थाभन्दा पहिले किन हाम्रो आफ्नै गेत्समनीको अनुभव हुनु महत्वपूर्ण हुन्छ ?

    खुशीको सन्देश: त्यसबेलादेखि उसो पितासँग भएको आफ्नो गहिरो सम्बन्ध तोडिनेछ भन्ने कुराले येशू सा¥है चिन्तित हुनुहुन्थ्यो । येशूले हाम्रो निम्ति पिउनुभइसकेको कारणले हामीले परमेश्वरको क्रोधको कचौराबाट अब उसो पिउनुपर्दैन ।









       
    Downloads    
    Contact us    
    Webmaster