GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali

३०. किन तिमीले मलाई त्याग्यौं (मत्ती २७:३३–५४)



पृष्टभूमि: त्रूmसमा चढेको व्यक्तिलाई बोल्न तथा कहिलेकाहीँ त सास फेर्न समेत अति नै कठिन हुन्थ्यो । अगमवक्ता एलिया (पद ४९) ८०० वर्ष अघि अस्तित्वमा थिए । मन्दिरको पर्दा पछाडि रहेको महापवित्रस्थानमा कुनै पनि सामान्य मानिसले प्रवेश गर्न पाउँदैन थियो (पद ५१) ।

१. मृत्युदण्डको अधिकार भनेको त्यस क्षेत्रका शासनअधिकारीहरूका हात रहेका हुन्थ्यो । पद ३३–३६ मा आधारित हुँदै, जब रोमी सेनाहरूले मान्छेलाई जिउँदै नै त्रूmसमा चढाउने आदेश दिँदा कस्तो महसुस भयो होला ?
  • त्रूmसमा चढाइएकाहरूलाई आफ्ना पीडा कम गर्नको लागि मद्य दिइने गरिन्थ्यो । किन सेनाहरूले त्यसमा पित्तरस मिसाए ताकि त्यसलाई पिउन झन् असम्भव होस् (पद ३४) ?
  • अर्काे व्यक्ति तड्पिएको देख्नु कुनै नौलो कुरा नमानी, कहिलेकाहीँ त त्यसमा आनन्द मनाउनेसम्म एउटा व्यक्ति कसरी बन्न सक्छ होला ? (सिनेमाहरू तथा भिडियो गेमहरूमा देखिने हिँसात्मक कुराहरूले हामीलाई कतिको हदसम्म प्रभाव पारेको हुन्छ ?)

    १. येशूका शत्रुहरूले उहाँको निन्दा गरे वा खिल्ली उडाए भन्ने कुरामा छक्क पर्नुपर्ने कुरा के रहेको छ (पद ३९–४४) ?
  • यदि तपाईंले त्यतिखेर येशूलाई देख्नुभएको भए, उहाँ नै परमेश्वर हुनुहुन्थ्यो भन्ने के तपाईंले विश्वास गर्न सक्नुहुन्थ्यो होला र ?

    १. अन्तिम शब्दहरूस्वरूप येशूले अब उसो के बोल्नुहुनेछ होला भनी उहाँका शत्रुहरूले ठानेका थिए ?
  • किन परमेश्वरले येशूलाई त्याग्नुभयो (पद ४६) ?
  • यदि परमेश्वरले तपाईंलाई त्याग्नुभयो भनी तपाईंले कहिल्यै महसुस गर्नुभएको भए, कुनचाहिँ परिस्थितिमा त्यो भएको थियो होला ?

    १. येशूलाई अन्तिम घडीसम्म पनि परमेश्वरका रूपमा स्वीकार गरिरहेका मानिसहरूलाई देख्दा, त्यहाँ उपस्थित भएका मानिसहरूले कस्तो महसुस गरे होलान ?
  • पद ४६ मा भएको शब्दहरू भनेका भजन २२:१ बाट लिइएको उद्दरण हो । किन येशूले आफ्नै शब्दहरू अभिव्यक्त नगरी, बाइबलका वचनद्वारा नै आफ्ना वेदनालाई प्रकट गर्नुभयो ?
  • यस पृथ्वीमा तपाईंको अन्तिम शब्द के हुनेछ होला ?

    १. मर्नेबेला कतिपय मानिसहरू किन रुने गर्छन् (पद ५०) ?
  • मृत्युबारे येशूको क्रन्दनले के प्रकट गर्छ ?

    १. त्यतिबेला गलगथ्थाको वातावरण कसरी परिवर्तन भयो (पद ५१–५४) ?
    २. परमेश्वर तथा मानिसहरूले त्यागिदिएका यो व्यक्ति नै परमेश्वरको पुत्र रहेछ भनी कसरी रोमी अधिकृतहरू (जसलाई बाइबलको बारेमा केही थाहा थिएन) ले विश्वास गरे होलान (पद ५४) ?
  • रोमी अधिकारीले येशूको मृत्युलाई जसरी देखे, त्योभन्दा फरक तरिकाले किन यहूदीहरूले देखे ?

    १. येशू सताइनुभएको कुरा एकदमै महान् थियो किनकि संसारको पापको बोझलाई उहाँले आफैमाथि लिनुभएको थियो । यदि तपाईंको पापको लागि मात्र उहाँ त्रूmसमा चढ्नुभएको भए, के उहाँको मृत्यु त्यति महान् हुने थियो होला र ? आफ्ना तर्कहरू दिनुहोस् ।

    खुशीको सन्देश: जब तपाईंले यो खण्डलाई हेर्नुहुन्छ तपाईंले एउटा कुरा स्पष्टसँग देख्नुहुन्छ । जस्तै: येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा ।

       
    Downloads    
    Contact us    
    Webmaster