GTBS on Matthew's Gospel

Note: In the fourth column are the rankings of the questions. The easiest ones are marked with one *, fairly easy ones with ** and somewhat difficult ones with ***.

1. १. योसेफ– परमेश्वरको पुत्रको झड्केलो पिता (मत्ती १:१८–२५) **
2. २. पूर्वका बुद्धिमानी मानिसहरू (मत्ती २:१–१२) **
3. ३. येशूले बप्तिस्मा लिनुभयो (मत्ती ३:१३–१७) ***
4. ४. येशूलाई पाप गराउने परीक्षामा पार्ने कोसिस गरियो (मत्ती ४:१–११) ***
5. ५. डाँड़ाको उपदेशबाट (मत्ती ५:२१–३२) **
6. ६. चिन्तित नहुनुहोस् (मत्ती ६:२५–३४) **
7. ७. झूटा अगमवक्ताहरू (मत्ती ७:१५–२३) ***
8. ८. विदेशी अधिकारी (मत्ती ८:५–१३) *
9. ९. मत्तीको बोलावट (मत्ती ९:९–१३) *
10. १०. सतावटमा दृढता (मत्ती १०:१६–३१) ***
11. ११. गरिबहरूका लागि असल सन्देश (मत्ती ११:१–६) **
12. १२. हलुका बोझ (मत्ती ११:२८–३०) **
13. १३. व्यर्थको कुरा (मत्ती १२:३३–३७) ***
14. १४. गहुँ र सामा (मत्ती १३:२४–३० र ३६–४३) ***
15. १५. पत्रुस पानीमा हिँड्छन् (मत्ती १४:२२–३४) *
16. १६. ठूलो दु:ख तथा ठूलो विश्वास (मत्ती १५:२१–२८) *
17. १७. सिमोन चट्टान बन्छन् (मत्ती १६:१३–२३) **
18. १८. येशू परमेश्वरजस्तै देखिनुहुन्छ (मत्ती १७:१–९) ***
19. १९. अकृपालु नोकर (मत्ती १८:२१–३५) **
20. २०. विवाह, सम्बन्धविच्छेद तथा पुनर्विवाह (मत्ती १९:१–१२) ***
21. २१. कहिल्यै पनि ढीलो हुँदैन (मत्ती २०:१–१६) ***
22. २२. गधामा चढेर राजा आफ्नो सहरतर्फ आउनुहुन्छ (मत्ती २१:१–११) **
23. २३. राजकुमारको विवाहभोज (मत्ती २२:१–१४) **
24. २४. को पाखण्डी हो ? (मत्ती २३:१–१२) ***
25. २५. स्वर्ग र पृथ्वी बितेर जानेछ (मत्ती २४:२९–४४) ***
26. २६. दश कन्याहरू (मत्ती २५:१–१३) ***
27. २७. सम्पत्ति लगानी गर्नु (मत्ती २५:१४–३०) ***
28. २८. भेड़ा र बाख्राहरू (मत्ती २५:३१–४६) **
29. २९. गेत्सेमनीमा सङ्घर्ष (मत्ती २६:३६–४६) **
30. ३०. किन तिमीले मलाई त्याग्यौं (मत्ती २७:३३–५४) **
31. ३१. चिहानलाई पहरा दिनु (मत्ती २७:६२–२८:१५) **
32. ३२. महान् आज्ञा (मत्ती २८:१६–२०) ***

Print all lessons

© 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


१. योसेफ– परमेश्वरको पुत्रको झड्केलो पिता (मत्ती १:१८–२५)



पृष्टभूमि: लूका १:२६–३८ लाई अगुवाले छोटो गरी व्याख्या गर्न सक्छन् । मोशाको व्यवस्थाअनुसार मगनी भनेको विवाहझैं बाध्यकारी हुने गर्दथ्यो भने, यदि अविश्वासनीय ठहरिएमा त्यस्ताहरूलाई ढुङ्गाले हानेर मारिन्थ्यो । विवाहभन्दा अघि यौनसम्पर्क राख्नु हुँदैन थियो (व्यवस्था २२) ।

१. मरियमले योसेफलाई छल गरेझैं कुन कुराले हामीलाई देखाउँछ (पद १८–१९) ?

  • त्यो परिस्थितिमा योसेफको लागि सबैभन्दा कठिन कुरा के थियो ?
  • स्वर्गदूतले मरियमलाई भेट गर्नुभएको कुरा के मरियमले योसेफसँग चर्चा गरेकी थिइन् होला ? यदि थिइनन् भने, किन ? यदि गरेका थिए भने, किन योसेफले तिनलाई विश्वास गरेनन् ?

    १. व्यवस्थाअनुसार योसेफले मरियमलाई आफूमाथि गरिएको अन्यायको खातिर उनी तथा उनका परिवारमाथि मुद्दा लगाउन सक्ने थिए, तरैपनि, योसेफले प्रतिशोध लिन चाहेनन् । किन होला ?
  • पद १८–१९ मा, वर्णन गरेको परिस्थितिअनुसार, योसेफले मरियमप्रति कस्तो धारणा राखेको अनुमान लाग्छ ?
    १. परमेश्वरले मरियमसमक्ष पठाउनुभएको त्यही स्वर्गदूतलाई किन योसेफसमक्ष पनि उही दिनमा पठाउनुभएन ? (योसेफको प्रेमलाई किन त्यसरी कठोर प्रकारले जाँच गरियो?)

    २. कन्याबाट जन्मिएको भन्नाले मरियमको गर्भमा यस ब्रह्माण्डभन्दा बाहिरबाट वीर्य आएको थाहा लाग्छ । उक्त घटनाभन्दा अघि विश्व इतिहासमा कहिल्यै पनि त्यस प्रकारको कन्याबाट बच्चा जन्मिने कार्य भएको थिएन (पद २०–२३) । त्यसो भए कुनचाहिँ आधारमा योसेफले कन्या गर्भवती भएको कुरालाई विश्वास गर्न सक्दथे होला ?
  • हाम्रो मूल पाठमा भएको कुनचाहिँ विशेषताले हामीलाई कन्याबाट बच्चा जन्मिएको कुरा बनावटी कथा होइन भन्ने प्रमाणित गर्छ ?

    १. थुप्रै ईश्वरशास्त्रीहरूका लागि पनि कन्याबाट बच्चा जन्मिएको कुरालाई विश्वास गर्न अति नै कठिन सिद्धान्त भएको देखिन्छ । किन होला ?
  • कन्या जन्ममा विश्वास गर्न तथा परमेश्वरसम्बन्धी हाम्रा धारणा दुवै नै किन एउटै किसिमका विषयवस्तु हुन् ?

    १. यदि येशू योसेफ र मरियमका मात्र पुत्र हुनुहुन्थ्यो भने, उहाँले मानिसहरूका पापबाट उनीहरूलाई बचाउन किन कठिन हुन्थ्यो होला ?
  • आफूले गरेको पापको कारण तपाईंलाई आफ्नो विवेकले दोष्याइरहेको कुनै घटना वा पापलाई स्मरण गर्नुहोस् । त्यसपछि “उहाँका मानिसहरू” भन्ने ठाउँमा आफ्नो नाउँ राखी, पद २१ लाई पुन: पढ्नुहोस् । त्यसरी पढ्ने क्रममा, त्यो पद साँचो हो भनी के तपाईंले विश्वास गर्न सक्नुहुन्छ ?

    १. एउटै छानोमुनी योसेफ र मरियम रहे तापनि, किन उनले मरियम आफ्नो मङ्गेतरलाई छुने समेत कार्य पनि गरेनन् (पद २५) ?

    २. मरियमको गर्भमा भएको बच्चा योसेफको हो भनी सायद मानिसहरूले सोच्न थालेका थिए होलान । के योसेफले आफैलाई आफ्नै तथा मरिमयका आफन्तहरूका आरोपहरूबाट बचाउन खोजेका थिए जस्तो लाग्छ ?
  • आफ्नो पुत्रको लागि झड्केलो पिता बनाउने क्रममा परमेश्वरले किन योसेफलाई नै छान्नुभयो ?

    खुशीको सन्देश: येशूले आफ्नो सार्वजनिक सेवकाइलाई थालनी गर्नुभन्दा पहिले नै योसेफ मरेका हुन सक्छन् । तर आफ्नो झड्केलो पुत्रको बारेको प्रमुख कुरा तिनलाई थाहा थियो: उहाँले संसारका मानिसहरूलाई बचाउनुहुने थियो र त्यसमा आफू पनि समावेश भएको कुरा तिनलाई थाहा थियो ।



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २. पूर्वका बुद्धिमानी मानिसहरू (मत्ती २:१–१२)



    पृष्टभूमि: धेरै यहूदीहरू निवार्सनको ५०० वर्षपछि पनि पर्सिया (प्राचीन बेबिलोन) मा नै बस्दै आइरहेका थिए । यी बुद्धिमानी मानिसहरू यहूदीहरूका भन्दा विभिन्न फरक धर्महरूबाट आएका ज्योतिषीहरू र ज्ञानी मानिसहरू थिए । पर्सिया र प्यालेष्टाइनबीचको दूरी भनेको झण्डै १०००–१५०० किलोमिटरसम्म रहेको थियो ।

    १. यदि ऊँट प्रत्येक दिन ३० किलोमिटरको दरले यात्रा गर्दथ्यो भने, यी बुद्धिमानी मानिसहरूले उक्त दूरी कतिको समयमा पार गरेका थिए होलान ?
  • यी बुद्धिमानी मानिसहरूका मालिकहरू, पत्नीहरू तथा छिमेकीहरूले यो यात्राबारे केही कुरा सोचेका थिए होलान जस्तो तपाईंलाई लाग्छ ?

    १. आफ्नै राजालाई आराधना गर्नुको सट्टामा, यी बुद्धिमानी मानिसहरूले किन यहूदीहरूका राजालाई आराधना गर्न चाहे ?
  • यहूदीहरूका नयाँ राजालाई यी बुद्धिमानी मानिसहरूले किन बहुमूल्यको उपहारहरू दिन चाहे होलान (पद ११) ?

    १. झण्डै ६०० वर्षसम्म यहूदीहरूका कुनै राजा थिएनन् । हेरोद त केवल रोमीहरूका जागिरे मात्र थिए । जन्मिएको नयाँ राजाबारे सुन्ने क्रममा, हेरोद तथा यरूशलेमका मानिसहरूले किन अप्ठेरो महसुस गरे (पद ३) ?
  • हेरोदले किन पद ४, १६ मा विश्वास गरे ? (हेरोदले किन पद ४, १६ मा विश्वास गरे ? (बाइबल, मसीह तथा परमेश्वरको योजनाको सम्बन्धमा, उनले आफ्नै सामथ्र्यबारेमा के विश्वास गरेका थिए ?)

    १. ताराले कुन ठाउँदेखि कुन ठाउँसम्म ती बुद्धिमानी मानिसहरूलाई डोन्यायो ? (पद २ र ९मा हेर्नुहोस्)

  • किन परमेश्वरले ती मानिसहरूलाई सिधैँ बेतलेहमतिर डोन्याउन तारालाई अनुमति दिनुभएन ? किन यरूशलेम हुँदो उनीहरूलाई लगियो ? (परमेश्वरको लिखित वचनसँगको सम्पर्कमा आउनको लागि यी मानिसहरूका निम्ति किन महत्वपूर्ण थियो ?)
  • तपाईंलाई येशूसमक्ष डोन्याउनको निम्ति, परमेश्वरले कस्तो किसिमको “तारा” तपार्इंको जीवनमा पठाउनुभयो ?
    १. बेबिलोनीहरूले बाबेलको धराहरा बनाए, करारको सन्दुकलाई खोसे अनि मन्दिरलाई नष्ट गरे । बुद्धिमानी मानिसहरू भनेको उनीहरूका सन्तानहरू थिए । किन परमेश्वरले उहाँको आफ्ना शत्रुहरूलाई राजाको रूपमा जन्मिनुभएको यस नयाँ पुत्रको दर्शन गराउन उनीहरूलाई पुन्याउनुभयो ?

    २. बेथलेहेममा जन्मिनुभएको नयाँ राजाको बारेको होहल्लालाई यरूशलेममा भएका मानिसहरूले सुनेका थिए र केवल १२ किलोमिटर मात्र भए तापनि, किन त्यहाँबाट कुनै मानिसहरू त्यहाँ गएनन् ?

    ३. यो नयाँ राजाबारेमा मानिसहरूले सायद अघिबाटै कल्पना गरेका कुराभन्दा कसरी उहाँ फरक हुनुहुन्थ्यो ?
  • बुद्धिमानी मानिसहरूमा भएका विश्वास कसरी हाम्रो लागि उदाहरण भएको छ ?

    १. बुद्धिमानी मानिसहरूले शिशू येशूलाई बहुमूल्यको उपहारहरू दिनुभयो । बदलामा उहाँबाट तिनीहरूले के पाए ?

  • योसेफको परिवारमा, यो उपहार किन अति नै आवश्यक थियो (पद १३) ?
  • यो वर्ष जन्म दिनको उपहारस्वरूप तपाईंले येशूलाई के दिन चाहनुहुन्छ ?

    १. मूर्तिपूजा तथा त्यस्ता धर्महरू मान्ने पर्सियामा यी बुद्धिमानी मानिसहरूका जीवन कस्ता थिए होलान् ?

    खुशीको सन्देश: आफ्नो जीवनकालभरि नै येशूलाई कहिल्यै पनि राजाको रूपमा हेरिएन । उहाँको जीवनको सुरुआततिर नै यी बुद्धिमानी मानिसहरूले उहाँलाई आराधना गरे अनि रोमी राज्यपाल पिलातसले त्यो उपाधि उहाँ चढ्नुभएको त्रूmसमाथि लेखिदिनुभएको थियो । येशू यस्तो राजा हुनुहुन्छ कि उहाँले आफ्ना शत्रुहरूलाई पनि आएर उहाँको आराधना गर्ने अनुमति दिनुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३. येशूले बप्तिस्मा लिनुभयो (मत्ती ३:१३–१७)



    पृष्टभूमि: यर्दन नदीको नजीक झण्डै तीस वर्ष पुगेका दुई व्यक्तिहरूले एक–अर्कालाई भेट गर्छन् । उनीहरू भतिजाहरू थिए । एउटाले अनौठो किसिमको वस्त्र पहिरिएका थिए । त्यतिबेलासम्म येशूचाहिँ गालीलतिर र यूहन्नाचाहिँ यहूदियाको मरुभूमितिर बस्दै आएका थिए । उनीहरूले एक–अर्कालाई पहिले कहिल्यै भेटेका थिए कि थिएनन् भन्नेबारेमा हामीलाई केही पनि बताइएको छैन । (मत्ती ३:१–१२मा बताइएको कुरालाई अगुवाले छोटकारीमा साराँशित पार्नुपर्ने हुन्छ ।)

    १. यी दुई व्यक्तिहरूको बाल्यवस्था तथा जवानवस्थाबीच कस्ता भिन्नताहरू रहेका थिए ?
  • येशू नै परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा यूहन्नाले कहिले बुझेका थिए भन्ने तपाईंले ठान्नुहुन्छ ?
  • किन लोकप्रियता तथा ख्यातिले यूहन्नालाई बिगारेनन् ?

    १. येशू तथा बप्तिस्मा लिन चाहेका अन्य मानिसहरूबीच कस्तो भिन्नता रहेको थियो ?
  • किन यूहन्नाले येशूलाई बप्तिस्मा दिन चाहेनन् ?
  • यूहन्नाको बप्तिस्मा भनेको पापीहरूका लागि मात्र भए तापनि, किन येशूले त्यो बप्तिस्मालाई लिन चाहनुभयो ?

  • पद १५ मा भएको येशूको शब्दहरूले के बुझाउँछन् ?
  • अगुवाले यूहन्ना १९:३० लाई पढिदिनुपर्नेछ । कसरी येशूले सबै धार्मिकतालाई पूरा गर्नुभयो ?

    १. येशू र परमेश्वरबीचको सम्बन्धबारे यो खण्डले हामीलाई के बताउँछ ?
  • त्रित्वको बारेमा यो खण्डले हामीलाई के बताउँछ ?
  • पवित्र आत्मा येशूको जीवनमा सधैँ नै हुनुहुन्थ्यो । येशूले बप्तिस्मा लिने समयमा मात्र उहाँ किन दृश्य प्रकारले प्रकट हुनुभयो ?

    १. पद १७ मा भन्नुभएको कुरालाई किन परमेश्वरले सबै मानिसहरूसमक्ष घोषणा गर्न चाहनुहुन्थ्यो ?
  • गत महिना तपाईंलाई के भएको थियो, सो स्मरण गर्नुहोस् । पद १७ मा येशूको बारेमा परमेश्वरले जे पनि भन्नुभयो, त्यही कुरा तपाईंको बारेमा पनि भन्नुहुन्छ जस्तो तपाईंलाई लाग्छ ?

    १. आफ्ना पापहरू स्वीकार गरिसकेपछि मात्र यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए र त्यसैले गर्दा उनको बप्तिस्मालाई पश्चातापको बप्तिस्मा भनेर भनिएको हो । इसाईको बप्तिस्मा तथा यूहन्नाको बप्तिस्माबीच के भिन्नता रहेको छ ? (प्रेरित २:३८) ।

    २. आफ्नो पुत्रलाई उहाँले जे भन्नुभएको थियो (पद १७), त्यही नै शब्दहरू बप्तिस्माको समयमा परमेश्वरले इसाईहरूका बारेमा पनि भन्नुहुन्छ । यी शब्दहरूलाई कुन आधारमा पापीहरूका निम्ति परमेश्वरले भन्नुहुन्छ ?

    ३. कसरी अब्राहामले आफ्नो पुत्रलाई परमेश्वरसमक्ष चढाए भन्ने कुरालाई अगुवाले छोटकारीमा वर्णन गरिदिनुपर्दछ (उत्पत्ति २२) । पद १७ मा भएको शब्दहरू भनेका परमेश्वरले उत्पत्ति २२:२ मा भन्नुभएको शब्दहरूको बाँकी रहेका भागहरू हुन् । अब्राहाम तथा परमेश्वरले आफ्ना पुत्रहरूलाई बलिदान गर्न समेत दिएका थिए र यी दुई बीच रहेको सामान्य कुरा भनेको के हो ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ४. येशूलाई पाप गराउने परीक्षामा पार्ने कोसिस गरियो (मत्ती ४:१–११)



    पृष्टभूमि: शैतानले हब्बालाई स्वर्गरूपी बगैँचामा परीक्षामा पान्यो र तिनलाई पापमा पतन गरायो । त्यसरी नै त्यसले परमेश्वरका मानिसहरूका चालीस वर्षीय मरुभूमिको यात्रामा उनीहरूलाई परीक्षामा पान्यो र त्यसरी घरीघरी उनीहरूलाई पाप गर्न लगायो । शैतानले हामी सबैलाई परीक्षा गन्यो र धेरै पटक पापमा पान्यो । येशूलाई पनि परीक्षामा उसले पार्ने चेष्टा गन्यो किनकि उहाँ तपाईं हामीजस्तै मान्छे हुनुभएको थियो र उहाँ साँच्चिकैको मान्छे हुनुभएको हुनाले उहाँ मानिसहरूका प्रतिनिधि पनि हुनुहुन्थ्यो ।

    १. एक्कैछिन् कल्पना गर्नुहोस् कि तपाईं एक महिनाको लागि मरुभूमिमा हुनुहुन्छ र तपाईंले खाना पाउनुभएको छैन र कसैलाई पनि भेट गर्न पाउनुभएको छैन । त्यो परिस्थितिमा तपाईंको लागि एकदमै दु:खलाग्दो अवस्था भनेको कस्तो हुन्छ होला ? सोच्नुहोस् ।

  • ४० दिनको उपवासपछि येशूको आत्मिक तथा शारीरिक अवस्था कस्तो भएको थियो होला ?
  • तपाईंको आफ्नो जीवनमा आइपरेको परीक्षालाई येशू ख्रीष्टको परीक्षासँग तुलना गर्नुहोस् । कस्तो भिन्नता रहेको छ ?

    १. पवित्र आत्माबारे हामीले प्राय: विश्वासीलाई जीवनको पूर्णतामा डोन्याउनुहुने व्यक्तिको रूपमा हेर्दछौं । त्यसो भए उहाँले किन येशूलाई चाहिँ मरुभूमितिर शैतानद्वारा परीक्षित हुनलाई डोन्याइनुभयो (पद १) ?
  • किन पवित्र आत्माले हामीलाई पनि दुष्टद्वारा परीक्षित हुने परिस्थितितिर डोन्याउनुहुन्छ ?

    १. पहिलो परीक्षाले हाम्रा आधारभूत आवश्यकताहरूसँग सरोकार राख्दछ: भोक, तीर्खा, यौनजन्य आवश्यकताहरू, सुरक्षा आदि इत्यादि (पद ३–४) । यदि ढुङ्गालाई रोटीमा परिणत गरी येशूले खाने चेष्टा गर्नुभएको भए, किन त्यो पाप हुने थियो ?

    २. यी आधारभूत आवश्यकताहरूलाई परिपूर्ति नगरी केवल परमेश्वरको वचनद्वारा मात्र मानिसहरू बाँच्न सक्नेछन्/छैनन् । तपाईंको राय के छ ? कृपया ईमानदार उत्तर दिनुहोस् आफ्नो कारणहरूलाई पनि उल्लेख गर्नुहोस् ।

    ३. दोस्रो परीक्षाले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई सरोकार राख्दछ (पद ५–७) । यदि येशूले पवर्तको चुचुरोबाट हामफाल्नुभएको भए र त्यस कार्यलाई पूरा गर्नुभएको के हुने थियो होला ?
  • दोस्रो परीक्षा हाम्रो जीवनमा कस्तो रूपमा आउँछ ?

    १. तेस्रो परीक्षाले हाम्रो विश्वासको आधारसँग सरोकार राख्दछ । के पद ९ मा शैतानले सत्य कुरा बोलेको हो ? आफ्नो कारणहरू दिनुहोस् ।
  • यदि शैतानले भनेझैं येशूले गर्नुभएको भए, संसारले अस्थायी रूपमा के पाउने थियो होला ?
  • जीवित परमेश्वरबाहेक यदि हामीले यस संसारका ईश्वरहरू तथा गुरुहरूलाई आराधना गर्ने हो भने, हामीले पनि अस्थायी प्रकारले सायद के प्राप्त गर्न सक्नेछौं होला ?

    १. दुष्टसँग युद्ध गर्ने क्रममा येशूको हतियार के थियो ?
  • परीक्षाहरू तथा पापहरूका विरुद्धमा युद्ध गर्ने क्रममा, तपाईंको हतियार के हुनेछ ?

    १. शैतानको विरुद्ध येशूले युद्ध जित्नुभयो । त्यसो भए आफ्ना युद्धहरूलाई गुमाउनेहरूका निम्ति मात्र सिफारिस गरिएको मृत्यु दण्डद्वारा किन उहाँले भोग्नु पन्यो ?
  • यदि उहाँलाई परीक्षा नगरिएको भए, येशू कस्तो किसिमको परमेश्वर हुनुहुने थियो होला ?
  • यदि तपाईंलाई कहिल्यै पनि परीक्षा नगरिएको भए, तपाईं कस्तो किसिमको इसाई बन्नुहुने थियो होला ?

    खुशीको सन्देश: अगुवाले हिब्रू २:१८ लाई पढिदिनेछ ।





    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ५. डाँड़ाको उपदेशबाट (मत्ती ५:२१–३२)



    पृष्टभूमि: सिनाइ पर्वतबाट जसरी मोशाले मानिसहरूलाई उहाँको व्यवस्था दिनुभयो, त्यसरी नै येशू, “नयाँ मोशा” ले पनि । पुरानो आज्ञाहरूमा येशूले नयाँ बुझाइलाई थप्नुभयो ।

    १. हत्यारासँग रिसाहको कुन कुरा मिल्दोजुल्दो छ (पद २१–२२) ?
  • के तपाईंलाई कहिल्यै यसरी भनियो, “कुनै पनि कुराको लागि योग्य छैनौं” वा “मूर्ख” ? त्यसले तपाईंलाई कस्तो महसुस गरायो ?
  • यदि कुनै एउटा बच्चालाई निरन्तर त्यसरी भनियो भने, त्यसको असर कस्तो रहन्छ होला ?

    १. पद २१–२२ मा समावेश गरिएका पापहरूका निम्ति तपाईं आफैले कस्तो दण्ड दिनुहुने थियो होला ?
  • तपाईं आफूले प्रेम गर्ने कुनै व्यक्तिमाथि त्यस्ता प्रकारको पापहरू गरिएको भए, कस्तो दण्ड तपाईंले दिनुहुने थियो होला ?

    १. हाम्रा धार्मिक जिम्मेवारीहरूलाई प्रदर्शन गर्नुभन्दा पहिले किन हामी अन्य मानिसहरूसँग पुनर्मिलनमा आएको हुनुपर्दछ (पद २३–२४) ?
  • झगडामा को दोषी छ भन्ने कुरामा येशूले रुचि राख्नुहुन्न, तर पाठकहरूलाई उहाँले आफ्ना भाइहरूसँग पुनर्मिलनमा आउनको निम्ति पहिलो कदम चाल्ने आज्ञा दिनुहुन्छ (पद २३–२५) । किन ?
  • यी पदहरूमा येशूले आज्ञा दिनुभएझैं गरी यदि तपाईंले आफ्ना परिवारमा/स्कूलमा/ तथा कार्यस्थलमा प्रतिक्रिया देखाउन थाल्नुभयो भने, के हुनेछ होला ?

    १. यदि येशूले यसरी भन्नुभयो भने के हुन्छ: “यदि तपाईंको विरुद्धमा तपाईंको भाइको केही कुरा छ भने, त्यसलाई बिर्सनुहोस् र त्यसबारेमा नसोच्नुहोस् ।” यस प्रकारको कुरालाई पछ्याउन सजिलो हुन्छ कि उहाँले दिनुभएको आज्ञालाई ?
  • उसलाई/उनलाई चोट पार्ने व्यक्तिलाई कहिल्यै क्षमा नदिने एउटा व्यक्तिको जीवनमा के हुन्छ होला ?
  • आज येशूले त्यो कुन व्यक्तिलाई तपाईंले क्षमा दिएको चाहनुहुन्छ होला ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ) ।

    १. एउटा व्यक्तिले आफ्नो कल्पनामा गर्ने पाप भनेको पनि उसले वास्तविक जीवनमा गर्ने पाप जत्तिकै डरलाग्दो हुन्छ भनी किन येशूले ठान्नुहुन्छ (पद २७–२८) ?
  • तपाईंका आँखाहरू वा हातहरूले तपाईंलाई पाप गर्न लगाएको त्यो क्षणलाई एक्कैछिन् स्मरण गर्नुहोस् । कसरी तपाईंले त्यस्ता पाप गर्नबाट आफैलाई बचाउन सक्नुहुन्थ्यो होला (पद २९–३०) ?

    १. पारपाचुकेबारे येशूले के सिकाउनुहुन्छ (पद ३१–३२) ? मूल पाठमा केन्द्रीत हुनुहोस् ।
  • विवाहित पुरुष तथा स्त्रीको तेस्रो व्यक्तिसँगको सम्बन्ध रहेको परिस्थितिलाई एक्कैछिन् कल्पना गर्नुहोस् । यदि यो व्यक्तिले येशूको आज्ञालाई पछ्याउने निधो गर्दछ भने, त्यसले यसमा सङ्लग्न भएका सबै मानिसहरूका जीवनमा कस्तो भलाइ उत्पन्न गर्दछ होला ?

    २. यदि आज्ञाहरूअनुसार जिइरहेको दाबी गर्ने एउटा व्यक्तिलाई तपाईंले यो खण्ड कसरी वर्णन गरिदिनुहुन्छ होला ? ती आज्ञाहरूअनुसार हिँड्न नसकिरहेका व्यक्तिलाई चाहिँ कसरी व्याख्या गरिदिनुहुनेछ होला ?

    खुशीको सन्देश: यो पाठमा भएको सबै दण्डहरूलाई येशूले पनि भोग्नुभयो । न्यायदेखि नरकको आगोसम्मको अनुभव । हाम्रो ऋणलाई चुकाउनको निम्ति उहाँले अन्तिम दाम पनि चुकाउनुभयो । हामीले उहाँको आज्ञाहरूलाई पूरा गर्न नसकेको कारण हाम्रो परमेश्वरप्रति नै हामी ऋणी भएका थियौं । (पद २६) ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ६. चिन्तित नहुनुहोस् (मत्ती ६:२५–३४)



    पृष्टभूमि: धार्मिकता भनेको चिन्तनहरूमा, वचनहरूमा तथा कार्यहरू सबैमा नै पूर्ण रूपले शुद्ध हुनु हो । परमेश्वरले केवल धर्मी व्यक्तिलाई मात्र स्वीकार गर्न सक्नुहुन्छ र स्वर्ग जान दिनुहुन्छ ।

    १. यो खण्डमा येशूले हामीलाई कुन कुराहरूमा चिन्तित नहुने आज्ञा दिनुहुन्छ ? त्यसलाई आफ्नै शब्दहरूमा लेख्नुहोस् ।
  • यो खण्डमा भएको कुनचाहिँ कुराले तपाईंलाई अति नै चिन्तित तुल्याउँछ ?
  • यो खण्डमा समावेश कुराहरूमा यदि तपाईंले चिन्ता गर्न छोड्नुभयो भने, त्यसले कसरी तपाईंको जीवनलाई परिवर्तन गरिदिनेछ होला ?

    १. यदि परिवारको एउटा सदस्य सधैँ नै पैसा, स्वास्थ्य, भविष्य आदि जस्ता कुराहरूका लागि सधैँ नै चिन्तित हुने हो भने, त्यस्तो परिवारलाई के हुनेछ होला ?
  • चिन्ताले हाम्रो शरीरमा के गर्दछ होला ?

    १. विश्वासको कमी तथा चिन्तित हुनुबीच के समानता रहेको छ ?
  • हाम्रो जीवनमा विश्वासको कमी तथा चिन्ताको मात्रालाई घटाउनको निम्ति हामीले के गर्न सक्छौं होला ?

    १. यो खण्डमा येशूले आफ्ना चेलाहरूलाई दिनुभएको सबै प्रतिज्ञाहरू पत्तो लगाउनुहोस् ।
  • यीमध्ये कुनचाहिँ प्रतिज्ञाहरू तपाईंलाई विश्वास गर्न सजिलो लाग्छ ? कुनचाहिँ अति नै कठिन लाग्छ ?

    १. पद ३१–३२ लाई पढ्नुहोस् । कुनचाहिँ कुरा आज तपाईंको लागि अति नै आवश्यक छ जस्तो लाग्छ ? (मनमनै जवाफ दिन सक्नुहुनेछ) ।
  • तपाईंलाई आज साँच्चिनै के आवश्यक छ भन्ने कुरा तपाईंको स्वर्गीय पितालाई थाहा छ भन्ने कुराद्वारा के तपाईं विश्वस्त हुनुहुन्छ ? आफ्ना कारणहरू दिनुहोस् ।
    १. पहिले परमेश्वरको राज्यको खोजी गर भन्ने कुरालाई अभ्यास गर्नु भनेको के हो (पद ३३) ?
  • परमेश्वरको राज्यलाई खोजी गर्नुको सट्टामा, किन मानिसहरूले पहिले भौतिक खुशीलाई खोज्ने गर्दछन् ?
  • तपाईंले सर्वप्रथम कुन कुरालाई खोज्नुहुनेछ होला ? (मनमनै जवाफ दिनुहोस्)



    १. आफ्नै होइन तर पहिले परमेश्वरको राज्य र धार्मिकताको खोजी गर भन्नाले के बुझिन्छ (पद ३३ख) ?
  • आफ्नै धार्मिकताको सट्टामा परमेश्वरको धार्मिकताको खोजी गर्नेतर्फ बढ्नुभएको यदि तपाईंको कुनै अनुभव रहेको छ भने, आफ्ना अनुभवहरू अरूसँग बाँड्नुहोस् ।

    १. पद ३४ को अर्थ के होला ?
  • भविष्यको कुनै कुरालाई लिएर चिन्तन भइरहेको कुनै घटनालाई स्मरण गर्नुहोस् । चिन्ताको सट्टामा तपाईंले के गर्न सक्नुहुन्थ्यो होला ?
  • तपाईंको वर्तमान परिस्थितिहरूलाई जानेर येशूले अझै पनि पद ३३–३४ का वचनहरू तपाईंसँग बोल्नुहुन्छ । तपाईंले कसरी उत्तर दिनुहुन्छ होला ?

    खुशीको सन्देश: सबै कुराहरूमा सधैँ नै येशूले परमेश्वरको राज्यलाई प्राथमिकता दिनुभयो । तरैपनि, यो खण्डमा प्रतिज्ञा गरिएको एउटै पनि असल कुरा उहाँलाई दिइएन, तर त्रूmस दिइयो । हाम्रा चिन्ता तथा परमेश्वरमाथि विश्वास गर्न नसकेका दण्डलाई उहाँले बोक्नुभयो । त्यसैकारणले केवल थोरै मात्र विश्वास भएका मानिसहरूलाई पनि उहाँले स्वीकार गर्नुहुन्छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ७. झूटा अगमवक्ताहरू (मत्ती ७:१५–२३)



    पृष्टभूमि: अगमवक्ताहरू भनेका ती मानिसहरू थिए जसले परमेश्वरको वचन उहाँका मानिसहरूसमक्ष घोषणा गर्ने गर्दथे । एउटा व्यक्ति पाष्टर वा अगुवा वा प्रचारक नभए तापनि, उसले/उनले परमेश्वरको वचन अन्य मानिसहरूसमक्ष घोषणा गर्न सक्दछ/सक्दछिन् भन्ने सिद्धान्तलाई हामीले यो खण्डबाट निकाल्न सक्छौं ।

    १. साँचो अगमवक्ताबाट झूटा अगमवक्ताहरूलाई छुट्टयाउन किन गाह्रो हुन्छ भन्ने सम्भावित विभिन्न कारणहरूलाई पत्तो लगाउनुहोस् ।
  • यो खण्डअनुसार, झूटा अगमवक्ताहरूले मण्डलीभित्रबाट वा बाहिरबाट कार्य गर्छन् होला ?

    १. भेडाको भेषमा रहेका व्वाँसाहरूरूपी झूटा अगमवक्ताहरूले मण्डलीमा रहेर के गरिरहेका हुन्छन् होला ? (पद १५) ?
  • के झूटा शिक्षकहरूले भेडाको भेषमा रहेका व्वाँसाहरू हुन् भनी आफैलाई चिनिरहेका हुन्छन् ? आफ्ना कारणहरू दिनुहोस् ।
  • एउटा अगमवक्ता साँचो वा झूटो हो भन्ने कुरा कुन फलद्वारा तपाईंले चिन्न सक्नुहुन्छ (पद १६–२०) ? केही ठोस उदाहरणहरू दिनुहोस् ।

    १. पद २२ मा वर्णन गरिएको घटनाहरू (अगमवाणीहरू, भूतात्मा भगाउने तथा अच्चमका कामहरू) हिजोआज कहाँ भएको देखिन्छन् ?
  • उहाँको नाउँमा महान् प्रकारले अच्चमका कामहरू गर्ने मानिसहरूलाई समेत येशूले कुन कुराको निम्ति आलोचना गरिरहनुभएको छ (२२) ?

  • इसाई मण्डलीहरूमा प्रदर्शनी हुने अच्चमका कामहरू गर्ने मानिसहरूलाई कुनचाहिँ मापनद्वारा हामीले जाँच गर्नुपर्दछ ?

    १. झूटा अगमवक्ताहरूले कुनै पनि धर्मको उद्देश्य के हो भनी ठान्छन् ?
  • अच्चमका कामहरू भएका ठाउँमा मात्र जाने मानिसहरूबारे कल्पना गर्नुहोस् । त्यस्ता मानिसहरूका विश्वासबाट अझै पनि कुन कुराको कमी झल्किरहेको हुन्छ ?

    १. पापप्रति झूटा अगमवक्ताहरूका स्वभाव कस्तो रहेको हुन्छ (पद २१,२३) ?
  • यस्ता झूटा अगमवक्ताहरूले आफू दुष्ट काम गर्ने मानिसहरू भएको कुरालाई किन अझैसम्म पनि स्वीकार गर्दैनन् ?

    १. यस्ता झूटा अगमवक्ताहरूले येशूको नाउँलाई कसरी प्रयोग गर्छन् होला ? त्यसबारे एक्कैछिन् ध्यान दिनुहोस् । के को निम्ति उनीहरूले त्यो प्रयोग गर्छन् ?
  • अगुवाले रोमी १०:१३ पढिदिन सक्छन् । येशूको नाउँलाई कसरी प्रयोग गरिनुपर्दछ भन्नेबारेमा माथिको पदमा पावलले कुन कुरालाई सङ्केत गरिरहेका छन् ? झूटा र साँचो अगमवक्ताहरूबीच कस्तो भिन्नता रहेको छ ?

    १. कसरी येशूले आफ्नै मानिसहरूलाई पहिचान गर्नुहुन्छ (पद २३) ?
  • उहाँको नाउँमा महान् कार्यहरूसमेत गर्ने यी मानिसहरूलाई किन येशूले पटक्कै चिन्नुहुन्न ?
  • समयको अन्त्यतिर येशूले हामीलाई स्वीकार गर्नुहुन्छ कि हुँदैन भन्नेबारेमा कसरी हामीले आज नै जान्न सक्नेछौं ?

    १. पापीहरू तथा असफल व्यक्तिहरू अनि यस संसारमा खुशीलाई गुमाउने तथा मृत्यु शैयालाई सामना गरिरहेका मानिसहरूका लागि साँचो अगमवक्ताहरूसँग कस्तो सन्देश रहेको छ ?
  • झूटा अगमवक्ताहरूका बारेमा इसाईहरूलाई सचेत गराउने जिम्मेवारी आज कसलाई दिइएको छ ?

    खुशीको सन्देश: शैतान कहिल्यै पनि परमेश्वरको थुमा, येशूझैं हुन सक्दैन, किनकि उसको देहमा हाम्रो निम्ति कुनै घाउहरू त्यसले बोकेको छैन । झूटा अगमवक्ताहरूका समस्या भनेको यही रहेको छ कि उनीहरूले आफ्ना पापहरूलाई स्वीकार गर्दैनन् र परिणामस्वरूप, उनीहरूलाई त्रूmसको कुनै अर्थ भएन । त्यसैकारणले उनीहरूले कहिल्यै पनि येशूलाई आफ्नो मुक्तिदाताको रूपमा लिन सिकेका हुँदैनन् ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ८. विदेशी अधिकारी (मत्ती ८:५–१३)



    पृष्टभूमि: कप्तान भनेको रोमी अधिकारी थिए जसले शक्ति पेशागत रूपमा सेनामा भएका मानिसहरूलाई प्रतिनिधित्व गर्दथ्यो । हात हतियारद्वारा तथा सजायँ दिएर उनले धेरै मानिसहरूलाई मारेको हुन सक्ने सम्भावना ज्यादै नै रहेको छ । रोमी सेनाहरूको धर्म भनेको सम्राटीय आराधना थियो । अब्राहाम, इसाहक तथा याकूबबारे प्रमुख यथार्थहरूलाई अगुवाले छोटकारीमा वर्णन गरिदिनुपर्दछ ।

    १. यहूदी नोकरबाट उनले साँचो परमेश्वरको बारेमा सुनेको हुन सक्ने कुरालाई हामी पाठको खण्डबाट थाहा पाउँछौं । रोमी अधिकारी तथा कप्तान किन तिनीसँग त्यति घनिष्ट भए भन्ने सम्भाव्य कारणहरू सोच्नुहोस् (पद ५–६) ।

    २. यहूदीहरू परदेशीहरूका घरमा सामान्यतया जाने गर्दैनन् थिए किनकि त्यसले उनीहरूलाई विधिवत् रूपले अशुद्ध बनाउँथ्यो । आफ्नो घरमा येशू आउनको लागि आफू त्यति योग्य नभएको कप्तानले ठाने । त्यसका विभिन्न सम्भाव्य कारणहरू के के होलान (पद ७–८) ?

    ३. येशूसमक्ष आउने क्रममा, कप्तानको विश्वास कस्तो थियो वर्णन गरिदिनुहोस् ।
  • येशूको एउटै मात्र शब्दद्वारा आफ्ना सबै समस्याहरू समाधान हुनेछ भनी के तपाईंले विश्वास गर्न सक्नुहुन्छ (पद ८) ?

    १. येशूसँग कुन कुरा मिल्दोजुल्दो रहेको कप्तानले देखे (पद ९) ?
  • कसैले देख्न नसकेका येशूको अदृश्य सेनाहरूलाई कसरी कप्तानले देख्न सके ?
  • तपाईंले भर्खरै प्रार्थना गरिदिनुभएको व्यक्तिको निम्ति मद्दत गर्न येशूले आफ्नो अदृश्य स्वर्गदूतहरूलाई आज्ञा दिन सक्नुहुन्छ भनी के तपाईंले विश्वास गर्न सक्नुहुन्छ ? तपाईंको आफ्ना तर्कहरू दिनुहोस् ।

    १. येशूले कसैको विश्वासलाई प्रशंसा गर्नुभएको केवल दुईओटा घटनाहरू मात्र सुसमाचारमा समावेश गरिएका छन् । कप्तानको विश्वासको के विशेषता रहेको छ (पद ८–१०) ? (अच्चमका कामहरूमा तथा येशूका वचनहरूमा विश्वास गर्नुबीच के भिन्नता रहेको छ ?)
  • तपाईंको विचारमा त्यो मान्छेको विश्वास ठूलो थियो भनी के उसलाई थाहा थियो होला र ?
  • उहाँको सहायता पाउनुभन्दा नै यदि तपाईंले येशूको वचनलाई विश्वास गरेको अनुभव छ भने, कृपया आफ्ना त्यो अनुभव हामीमाझ बाँड्नुहोस् ।

    १. सधैँ बाइबल जानिरहेको मान्छेले उहाँलाई विश्वास गर्नु जति कठिन मान्छन्, त्यति नै सजिलो अन्य धर्महरूबाट आएका मानिसहरूले मान्छन् भन्ने कुरा पद ११ र १२ मा बताइएको छ । किन त्यसो हुन्छ ?
  • परमेश्वरको राज्यमा को प्रवेश गर्न सक्छन् र कोचाहिँ अन्धकारको नरकमा फ्याँकिनेछन् भन्ने सीमाना के रहेको छ ?

    १. मसीह तथा भूमिको सम्बन्धमा अब्राहाम, इसाहक तथा याकूबलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो । यी तीन मानिसहरूका विश्वासले कसरी रोमी कप्तानको विश्वासलाई सङ्केत गर्दछ ?

    २. आफ्नो नोकरलाई के भएको थियो भन्ने कुरा कप्तानलाई थाहा थिएन । घरमा उसले के पाउने अपेक्षा गरेको थियो (१३) ?
  • पद १३ मा भएको शब्दहरूलाई येशूले आज तपाईंको जीवनमा व्यक्तिगत तौरमा बताउनुहुन्छ । तपाईंले उहाँलाई कसरी जवाफ दिनुहुन्छ ?

    खुशीको सन्देश: येशूलाई “परमेश्वरको राज्यबाट बाहिर अन्धकारमा फ्याँकियो र त्यहाँ दाह्रा किटने र रोदन मात्र थियो” (पद १२) । त्यसरी उहाँले रोमी सेनाहरू तथा हामी सबैको लागि परमेश्रको राज्यमा प्रवेश गर्ने नागरिकता तथा “स्वर्गजाने पासपोर्ट” तयार पारिदिनुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ९. मत्तीको बोलावट (मत्ती ९:९–१३)



    पृष्टभूमि: येशूको समयमा एकसाथ खाना खानु भनेको यहूदीहरूका मित्रताको चिन्ह थियो । धार्मिक शास्त्रीहरू तथा गुरुहरूले अन्य सामान्य मानिसहरूलाई अपहेलनाको दृष्टिकोणले हेर्ने गर्दथे किनकि उनीहरू पैसाको सम्बन्धमा ईमानदार थिएनन् । मत्तीले मत्तीको सुसमाचारको पुस्तकलाई लेखेका थिए भनेर सामान्यतौरमा हेरिन्छ ।

    १. कर उठाउने मत्तीको दैनिक जीवन कस्तो थियो होला, कल्पना गर्नुहोस् । उसको जीवनको राम्रा र नराम्रा पक्षहरू के के थिए ?
  • आफू कर उठाउने व्यक्ति नै भएर रहँदा, परमेश्वरसँगको उसको सम्बन्ध कस्तो थियो होला ?
  • जब येशू कर उठाउने मत्तीको कार्यालयमा आउनुभयो, तब उहाँले के कुरा भन्नुहुनेछ भनी तिनले अपेक्षा गरे ?

    १. किन येशूले मत्तीलाई यसरी सोध्नुभएन: “के तिमी मेरो चेला हुन चाहन्छौं ?”
  • आफ्नो प्रख्यात तथा अच्चमको काम गर्नुहुने गुरुले आफूलाई पछ्याउने अनुरोध गर्नुहुँदा मत्तीले कस्तो महसुस गरे होलान ?
  • विगतको कर उठाउने व्यक्ति मत्तीलाई किन येशूले आफ्नो चेला बनाउन चाहनुभयो, यद्यपि त्यसरी चेला बनाएकोमा उहाँ आफै आलोचित हुनुहुने थियो भन्ने उहाँलाई थाहा थियो ।
  • किन येशूले तपाईं पनि उहाँको चेला बनेको चाहनुहुन्छ ?

    १. आफ्नो कार्यालयको कोठालाई पनि राम्रोसँग सफासुग्घर नगरी मत्तीले आफ्नो कार्यलाई छोडेर हिँड्दा उनको सहकर्मीहरूले के विचार गरे होलान ?
  • आफ्नो पेशा र आयलाई छोडेर जान सक्नेसम्मको सहास मत्तीले कसरी पाए ?
  • येशूलाई पछ्याउने क्रममा मत्तीले सबै कुराहरूलाई गुमाए तापनि उनले के प्राप्त गर्न सके ?
  • “मलाई पछ्याऊ” भनी येशूले तपाईंलाई सायद पहिलो पटक वा सयौं पटकसम्म भनी सक्नुभएको होला । अब तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुन्छ होला ?

    १. मत्ती आफ्नो घरानाको पिता भएको हुनाले जब उनले परमेश्वरमा विश्वास गरे, तब त्यसले उनको पत्नी तथा छोराछोरीहरूका जीवनमा कस्तो परिवर्तन ल्याएको थियो होला ?
  • येशू तथा आफ्ना पहिलेका सहकर्मचारीहरूलाई किन मत्तीले भोज दिन चाहे (पद १०) ?

    १. समाजका भद्र भलाद्मी मानिसहरू समाजका कस्ता मानिसहरूसँग सङ्गति गर्न रुचाउँदैनन् ?
  • किन येशूले सबै किसिमका मानिसहरूसँग आफ्नो सम्बन्धलाई राख्न चाहनुभयो ?


    १. पद १२–१३ अनुसार येशूले के भन्न चाहनुभएको थियो ?

  • तपाईंले आफैलाई यी दुई समूहहरूमा कुनचाहिँ समूहको भएको जस्तो लाग्छ ? स्वास्थ्य वा बिमारी, धर्मी वा पापीहरू ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ) ।
  • यो पाठको प्रकाशमा, तपाईंले बिमारी तथा पापलाई आफ्नो जीवनमा कसरी अनुभव गर्नुभयो होला जस्तो लाग्छ ?
  • किन कहिलेकाहीँ परमेश्वरको निम्ति कुनै कुरा बलिदान गर्नु आफ्ना छिमेकीमा भएका कसैमाथि दया देखाउनुभन्दा सजिलो हुन्छ (पद १३) ?

    १. येशू “डाक्टर” हुनु भए तापनि, आफै नै घाउ नै घाउले भरिएको किन हुनु पन्यो ? एक मात्र धर्मीजन येशू हुनु भए तापनि, किन उहाँलाई नै पापीहरूमा मानिसहरूले गने त ?

    खुशीको सन्देश: परमेश्वरको निम्ति येशू सिद्ध बलिदान हुनुभयो । त्यसैले परमेश्वरले हामीबाट अन्य कुनै पनि बलिदानको अपेक्षा गर्नुहुन्न तर हाम्रा शक्ति र सामथ्र्यलाई हाम्रा छिमेकीको सेवामा प्रयोग गरेको चाहनुहुन्छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १०. सतावटमा दृढता (मत्ती १०:१६–३१)



    १. हाम्रो समाजमा इसाईहरूलाई कतिको हदसम्म निन्दा एवम् सतावटसम्म पनि दिइने गरिन्छ ?
  • हाम्रो समाजमा इसाईहरूलाई कुन कुराको निम्ति अति नै आलोचना गरिन्छ ?

    १. व्वाँसाहरूका माझमा भएका भेड़ाहरूलाई के हुन्छ होला (पद १६) ?
  • व्वाँसाहरूका माझमा चेलाहरूलाई भेड़ाझैं पठाउनेछु भनेर येशूले के भन्नुभएको हो ?
  • कसरी एउटा व्यक्ति सर्पजस्तो चनाखो र ढुकुरजस्तो निर्दोष हुन सक्छ ?

    १. येशूका चेलाहरूलाई जाँचको कठघरामा उभ्याउने क्रममा, उनीहरूलाई कस्तो अपराधको आरोप लगाइएको थियो (पद १७–२२) ?

  • यदि तपाईंको विश्वासको कारणले तपाईंलाई जाँचमा ल्याइनेछ भन्ने कुरा तपाईंलाई थाहा हुने हो भने, त्यतिबेला के भन्नुपर्दछ होला भन्ने कुरामा तपाईं चिन्तित हुनुहुनेछ होला (पद १९–२०) ?

    १. पद २१ मा वर्णन गरेको कुराहरूलाई, कस्तो किसिमका समाजका परिवारका सदस्यहरूले गर्नेछन् होला ?
  • यदि एउटा मान्छेसँग धेरै मानिसहरू असहमत हुन्छन् भने, उक्त व्यक्तिलाई आफ्नो विश्वासमा दृढ भएर रहनको निम्ति कुन कुराले सहायता गर्दछ होला (पद २२) ?
  • विश्वासको कारण यदि तपाईं सतावटमा पर्नुभयो भने, तपाईंले कसरी प्रतिक्रिया देखाउनुहुनेछ होला ?

    १. पद २३ कसरी हाम्रो समयमा लागु हुन सक्छ ?
    २. उसले/उनले झैं उहाँले पनि त्यस्तै किसिमको सतावटलाई अघिबाटै सहनुभइसक्यो भन्नाले एउटा चेलालाई के बुझाउँछ होला (२४–२५) ?
    ३. सतावटको माझमा दुईओटा व्यक्तिहरू छन् भन्ने कुरा कल्पना गर्नुहोस् । अन्त्यमा एकदिन झूट प्रकट हुनेछ र सत्य विजय हुनेछ भन्ने कुरा एकजनालाई थाहा छ । तर अर्को साथीचाहिँ त्यस कुरामा निश्चित छैन । यी दुई व्यक्तिहरूको परिस्थिति कसरी फरक रहेको छ (पद २६) ?
    ४. इसाईहरू सतावटहरूदेखि डराउनुपर्दैन भन्ने विभिन्न कारणहरूलाई यदि पदहरूबाट उल्लेख गर्नुहोस् (पद २६–३१) ।
  • सतावटको समयमा पनि एउटा इसाईले के गर्नुपर्दछ (पद २७) ?

    १. पद २८ मा येशूले परमेश्वर वा शैतान कसलाई सङ्केत गरिरहेका छन् ?
  • सतावटको समयमा समेत एक मात्र साँचो परमेश्वरको भय मान्ने एउटा इसाईले कसरी व्यवहार गर्नुपर्दछ ? शैतानको डर मान्ने इसाईको बारेमा चाहिँ के भन्नु नी ?
  • पद २८ अनुसार मानवजातिको जीवनमा रहेको एउटै मात्र साँचो दुर्भाग्य भनेको के हो ?

    १. एउटा इसाई पनि उसका शत्रुहरूद्वारा मारिन सक्छन् भन्ने कुरा येशूले स्वीकार गर्नुृभएको छ (पद २८) । बप्तिस्मा दिने यूहन्ना जसलाई मारिएको थियो भने, उनको जीवनमा पद २९–३१ कसरी लागुहुन्छ होला ?
  • सतावटद्वारा एउटा साँचो इसाई मण्डलीलाई पूर्ण रूपले निर्मूल पार्न असम्भव छ । किन होला ?
  • पद ३०–३१ मा भएको शब्दहरू आज येशूले तपाईंलाई भन्नुहुन्छ । तपाईंको वर्तमान परिस्थितिमा त्यसले कस्तो अर्थ दिन्छ होला ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ११. गरिबहरूका लागि असल सन्देश (मत्ती ११:१–६)



    पृष्टभूमि: यतिबेला ३० वर्ष पुगेका बप्तिस्मा दिने यूहन्नाले येशूलाई बप्तिस्मा दिएका थिए र स्वर्गबाट पवित्र आत्मा उहाँमाथि कसरी आउनुभएको थियो भन्ने तिनले देखेका थिए । यूहन्नालाई उत्तर दिने क्रममा, येशूले अगमवक्ता यशैयालाई उदृत गरेका थिए (यशैया ३५:५,६ र ६१:१) । अगुवाले यी पदहरू पढेर सुनाइदिनुहोला ।

    १. आफ्नो जल्दोबल्दो सेवकाइको बावजुद पनि बप्तिस्मा दिने यूहन्ना जेलमा पर्नु पन्यो किनकि उनले राजा हेरोदले गरेका व्यभिचारको आलोचना गरेका थिए । उनी जेलमा पर्ने क्रममा सबैभन्दा दु:खलाग्दो पक्षचाहिँ के रहेको थियो ?
  • येशूलाई पहिलो पटक भेट्ने क्रममा यूहन्नाले यसरी भनेका थिए: “हेर परमेश्वरको थुमा जसले संसारको पापलाई उठाएर लैजाउनुहुन्छ” (यूहन्ना १:२९) । उनको यस प्रकारको पहिलो निश्चयतालाई अब कुन कुराले शंकास्पद बनाइएको थियो होला ?

    १. यदि येशू साँच्चिनै ख्रीष्ट हुनुहुन्नथ्यो भने, यूहन्नाले आफ्नो जीवनको के निष्कर्ष निकालेका हुन सक्दथे ?
  • कतै येशू परमेश्वर हुनुहुन्न कि भनेर यदि तपाईंले कुनै समय शंका गर्नुभएको भए, जीवनको कुन परिस्थितिमा तपाईंले त्यसरी शंका गर्न पुग्नुभएको थियो ?
  • आफ्ना चेलाहरूलाई येशूकहाँ पठाउने क्रममा, के उनले येशू आउनुभएर अच्चम प्रकारले तिनलाई छुटकारा दिलाउनुहुनेछ भन्ने अपेक्षा यूहन्नाले गरेका थिए त (पद २–३) ? तपाईंले आफ्ना तर्कहरू दिनुहोस् ।
  • किन येशूले यूहन्नालाई जेलमा आएर भेट्नुभएन ?

    १. यूहन्नाको प्रश्नलाई येशूले सामान्यतौरमा किन यसरी उत्तर दिनुभएन: “तिमीले ठीकै भन्यौं किनकि पठाइएको म नै हुँ र अब कसैको खोजी गर्नुपर्दैन ।” (किन येशूले पुरानो नियमको खण्डलाई उदृत गर्दै उत्तर दिन मन पराउनुभयो ?)
  • तपार्इंका कष्टहरूका माझ यदि तपाईंले आफ्नो साथीबाट बाइबलको पद पाउनुभयो भने, तपाईंलाई कस्तो होला ?
  • यशैयाको पुस्तकबाट उदृत गर्ने क्रममा, येशूले मसीहद्वारा बन्धनमा भएकाहरूलाई छुटकारा दिनुहुनेछ भन्ने खण्ड किन उदृत गर्नुभएन ?

    १. येशूले दिनुभएको प्रतिउत्तरको कुनचाहिँ शब्दहरूलाई यूहन्नाले आफ्नो जीवनमा प्रयोग गर्न सक्दथे होला ?
  • “असल सन्देश” भन्ने वाक्याँशले सबै पापहरूबाट क्षमा दिइएको अवस्थाभन्दा पनि माथिल्लो अवस्था भन्ने हुन्छ (पद ५) । त्यो परिस्थितिमा यूहन्नाले परमेश्वरबाट कुनचाहिँ पापको क्षमादान पाउनु आवश्यक थियो ?
  • परमेश्वरले किन प्राय: आफ्ना विश्वासीहरूलाई बन्दी अवस्थामा रहेका यूहन्ना जत्तिकै “दयनीय” अवस्थामा राख्नुहुन्छ ?

    १. पद ६ मा भएको येशूको शब्दहरूले के बुझाउँछ ?
  • यदि प्रभु येशू ख्रीष्टले हाम्रा प्रियजनहरू तथा आफैलाई जस्तो प्रकारले व्यवहार गर्नुहुन्छ, त्यसबाट चोट पुग्यो भने, यो खण्डअअनुसार हामीले के गर्नुपर्दछ होला ?

    १. येशूको उत्तरबारे यूहन्नाले कस्तो महसुस गरे होलान ? (के उनले मर्नुभन्दा अघि आफ्नो हृदयमा शान्ति छाएको महसुस गर्न सके ?)
  • आफ्नो जीवनकालभरि नै यूहन्ना एउटा साँचो विश्वासी रहेका थिए । येशूसँग तिनको अन्तिम सम्पर्कले कसरी उनको विश्वासलाई परिवर्तन गन्यो होला ?
    १. जब हेरोदका नोकरहरूले यूहन्नाका टाउको काट्न आए, तब यूहन्नाले आफ्नो जीवन र मृत्युबारेमा के सोचेका थिए होलान ?

    खुशीको सन्देश: गरिबहरूलाई सुसमाचार सुनाउन, हृदय टुटेकाहरूलाई जोड्न तथा बन्धनमा भएकाहरूलाई स्वतन्त्र पार्नको लागि र रोइरहेका मानिसहरूलाई सान्त्वना दिनको लागि येशू यस संसारमा आउनुभयो भनी उहाँले भन्नुभयो (यशैया ६१:१–२) । अनि आज पनि उहाँको वचनद्वारा त्यही नै कुराहरूले निरन्तर गर्दै आउनुभएको छ र तपाईंसमक्ष पनि त्यही नै कुरा लिएर आउनुहुन्छ ।










    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १२. हलुका बोझ (मत्ती ११:२८–३०)



    पृष्टभूमि: जुवा भनेको काठको ढाँचा हो र त्यसले एकजोडा गोरुलाई एकसाथ बाँध्ने गर्दछ अनि तिनीहरूले एकसाथ खेत खन्ने वा भार तान्ने इत्यादि काम गर्दछन् ।

    १. हिजोआजका मानिसहरूले सामान्य प्रकारले काँधमा राखेर के कस्ता भारहरू बोक्ने गर्छन् ?
  • तपाईंको वर्तमान सङ्कष्टलाई एउटा ठोस भारका रूपमा चित्रण गर्नुहोस् । यदि गह्रौं भार भनेको १०० के.जी.को छ भने, तपाईंको वर्तमान बोझको भार के कति होला ?

    १. सङ्कष्टको बोझ भनेको कसरी पापको भारभन्दा फरक छ ? (सङ्कष्ट वा नराम्रो चिन्तन कुन कुराको बोझ अति नै कठिन भएको छ जस्तो तपाईंलाई लाग्छ ?)
    २. कुनै पनि बोझबिनाको जीवनलाई कल्पना गर्नुहोस् । त्यस्तो जीवनको राम्रो र नराम्रो पक्ष के हुन सक्छ ?
    ३. तपाईंको बोझलाई कस्तो व्यक्तिले तपाईंसँगै त्यसलाई उचाल्न सक्छ होला ?
  • आफ्नो बोझका साथ येशूसमक्ष जानुहोस् र आफ्ना बोझहरूलाई उहाँमा चढाउनुहोस् भन्नाले के बुझिन्छ ?
    १. पद २९ द्वारा येशूले के बताउन चाहनुभएको छ ?
  • के तपाईंले आफ्नो आत्मामा विश्राम पाउनुभएको छ ? (तपाईंले आफ्नो हृदयमा मनमनै जवाफ दिनुहोस्) ।
  • किन केवल नम्र व्यक्तिले मात्र उसको/उनको बोझबाट विश्राम पाउने गर्दछ ? (किन मानिसहरूले आफ्नो बोझलाई बोक्नुपर्दा तिक्तताले भरिन्छन् ?)
  • कसरी हामी येशूझैं नम्र र दीन हुन सक्छौं ?

    १. येशूले भन्नुभएको यस वचन: “मेरो जुवालाई बोक !” को अर्थ के होला ? (येशूको जुवा भनेको के होला ? कसरी त्यो हाम्रा आफ्नै बोझहरूभन्दा फरक छ ?)
  • यदि हामीले येशूसँगै हाम्रा आफ्ना भारलाई उठाउँछौं भने, कसरी हाम्रो परिस्थिति बद्लिन्छ होला ?

    १. उहाँको जुवा सजिलो र बोझ हलुका छ भनेर येशूले के भन्ने चाहनुभएको होला ? (पद ३०) ?
    २. आफ्ना बोझलाई येशूसमक्ष नलैजाने मानिसहरूले ती बोझहरूलाई के गर्छन् होला ?
  • किन इसाईहरूले समेत कहिलेकाहीँ आफ्ना बोझहरूलाई येशूसमक्ष लैजाँदैनन् ?

    १. यदि तपाईंका बोझहरूमा दोषी भावनाहरू रहँदैनन् र कसले गर्दा त्यो समस्या भएको हो भन्ने कुराबारे सोच्नु पर्दैन भने, तपाईंको बोझ कतिको हलुका हुने थियो होला ?
  • तपाईंका सबै बोझहरू येशूले लिएर तपाईंको सङ्कष्टलाई सबैको भलाइको निम्ति उत्तम कुराहरूमा परिवर्तन गरिदिनुहुनेछ भन्ने कुरा तपाईंले विश्वास गर्न सक्नुभयो भने, तपाईंले कतिको हलुका महसुस गर्नुहुन्थ्यो होला ?

    खुशीको सन्देश: अगुवाले यूहन्ना १९:१७ पढिदिन सक्नेछन् । येशूको त्रूmसमा हाम्रा सबै बोझहरू रहेका छन् र हाम्रा सङ्कष्ट तथा पापहरू सबै नै ।



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १३. व्यर्थको कुरा (मत्ती १२:३३–३७)



    पृष्टभूमि: छलफलभन्दा अघि, गत हप्ता तपाईंले कस्ता किसिमका कुराहरू बोल्नुभयो होला, एकैछिन् सम्झने चेष्टा गर्नुहोस् ।

    १. कस्तो किसिमको परिस्थितिमा तपाईंले आफ्नो जिब्रोमा लगाम लगाउन अति नै कठिन ठान्नुहुन्छ ?
  • यदि तपाईंले पुन: आफ्नो जीवनलाई सुरु गर्ने मौका पाउनुभयो भने, तपाईंले कोसँग आफूले पहिले जसरी बोल्नुभयो, अब ऊसँग फरक तरिकाले बोल्नुहुने थियो होला ? (तपाईंले मनमनै जवाफ दिन सक्नुहुनेछ) ।

    १. हाम्रा कार्यहरू परमेश्वरको नजरमा जति महत्वपूर्ण छन्, त्यति नै हाम्रा वचनहरू पनि । किन ?
  • कुन अर्थमा हाम्रो मुखका वचनहरूले रूखमा भएको फललाई सङ्केत गर्दछ (पद ३३) ?
  • कसरी खराब रूख असलमा परिणत हुन सक्छ ?
  • कसरी खराब मान्छे असल हुन सक्छ ?

    १. “सर्पका सन्तानहरू” भनी जब येशूले आफ्ना श्रोताहरूलाई भन्नुभयो, तब उहाँले अति नै कठोर वचनलाई प्रयोग गर्नुभएको थियो । दुष्ट वचनहरू बोल्ने एउटा व्यक्ति, कसरी एउटा विषालु सर्पसँग मिल्दोजुल्दो हुन्छ (पद ३४) ?
  • “हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्” भनी येशूले के भन्न खोज्नुभएको होला (पद ३४) ?
  • पद ३४ को वचनले आफैलाई जाँच गर्नुहोस् । तपाईंको हृदय केसले भरिएको छ ? (तपाईंले मनमनै जवाफ दिन सक्नुहुन्छ) ।

    १. प्रत्येकको हृदयमा उसको/उनको कुनै कुरा साँचेर राख्ने कोठा हुन्छ भनी पद ३५ ले बताउँछ । मानिसहरूले आफ्ना हृदयका यस्ता कोठाहरूलाई कुन कुराले भरेका हुन्छन् त ?
  • तपाईंले येशूबारे के चर्चा गर्नुहुन्छ वा उहाँसँग कस्तो कुरा गर्नुहुन्छ होला, एकैछिन्, चिन्तन गर्नुहोस् । उहाँसँगको तपाईंको सम्बन्धबारे तपाईंको शब्दहरूले के देखाउँछन् होला ? शब्दहरूको कमीले चाहिँ के देखाउँछ होला ?

    १. “व्यर्थका कुराहरू” (पद ३६) भनेका के होलान ?
  • “व्यर्थका कुराहरू” का विपरीत के हुन्छन् होला ?
  • प्रत्येक “खराब” कुराहरूको सट्टामा प्रत्येक व्यर्थका कुराहरूका निम्ति किन हामीले न्यायको दिनमा हिसाब दिनुपर्दछ होला ?
  • यो खण्डमा आधारित हुँदै न्यायको दिनमा तपाईंलाई के हुन्छ होला ? सोच्नुहोस् ।

    १. तपाईंको हृदयमा भएको कुरालाई लामो समयसम्म अरूबाट लुकाएर राख्न सक्नुहुन्छ होला जस्तो तपाईंलाई लाग्छ ? यदि तपाईंको हृदय घृणा र तिक्ततालाई पूरा भरिएका छन् भने, केवल मीठो कुराहरू मात्र बोल्न सम्भव होला ?

  • कुनै पनि व्यर्थका कुरा नबोलियोस् भनेर जतिसक्दो थोरै मात्र बोल्ने व्यक्ति तपाईंको विचारमा कस्तो हुन्छ होला ?

    १. आजबाट उसो तपाईंले येशूको यो शिक्षालाई पछ्याउनुहुनेछ भन्ने सम्भावना कतिको रहेको छ ?
    २. येशू बोट हुनुभएको र चेलाहरूचाहिँ हाँगाहरू भएका कुरा एक पटक येशूले भन्नुभयो (१५:१) । हाम्रा हृदयमा खराब भए तापनि, कसरी हामीले असल फल फलाउन सक्छौं होला ?

    खुशीको सन्देश: येशूको हृदयमा भएको सञ्चय गरेर राख्ने ठाउँ केवल असल कुराहरूले मात्र भरिएका भए तापनि, उहाँको वचनको खातिर उहाँलाई मानिसहरूले ईश्वरनिन्दा गर्ने व्यक्ति भनेर दोष्याए । हाम्रा व्यर्थका कुराहरूको तीता फलहरूलाई उहाँले त्रूmसमा बोक्नुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १४. गहुँ र सामा (मत्ती १३:२४–३० र ३६–४३)



    पृष्टभूमि: सामाले त्यस्तो बोटलाई सङ्केत गर्दछ जुन सानो छँदा दुरुस्तै गहुँजस्तै देखिन्छ । अनि त्यस्ता बोटका बिऊहरू अति नै बिषाक्त हुने भएको हुनाले, फसलको समयमा त्यसलाई गहुँबाट होसियारीका साथ अलग राख्नुपर्ने हुन्छ ।

    १. दृष्टान्त (पद २४–३०)

  • गहुँ मात्र फलाउने खेत तथा गहुँ र सामा दुवै फलाउने खेतबीच के भिन्नता रहेको छ ?
  • आफ्ना छिमेकीको गहुँको बारीमा सामाहरू रोप्ने व्यक्तिको आशय के हुन सक्छ होला ?
  • त्यसरी नै यदि कसैले तपाईंको कामलाई तहसनहस गरिदियो भने के हुन्छ होला ?
  • त्यसरी आफ्नो खेतलाई तहसनहस गरेको खेतको मालिकबारे अच्चमलाग्दो कुरा के रहेको छ (पद २८–३०) ?
  • किसानलाई गहुँको बाला किन त्यतिको महत्वपूर्ण लागेको थियो (पद २९) ?
  • बिऊ तथा त्यसले फलाउने फलबीचको सम्बन्ध कस्तो रहेको छ ?

    १. दृष्टान्तको व्याख्या (पद ३६–४३) । “मैदान” भन्ने शब्दको दुईओटा अर्थहरू रहेका छन् भन्ने कुरा ध्यान दिनुहोस् । जस्तै: “संसार” (पद ३८) र “मान्छेको पुत्रको राज्य” (पद ४१) अर्थात् इसाई मण्डली ।
  • सुरुतिर येशूले परमेश्वरको वचनलाई बिऊ भनी भन्नुभएको थियो । किन अहिले उहाँले मानिसहरूलाई बिऊ भनी भन्नुभयो (पद ३८) ?
  • कसले मानिसहरूलाई रोप्ने काम गर्छन् र कसरी (पद ३७,३९) ?
  • दुष्टले जस्तो प्रकारले काम गरिरहेको छ, त्यो कुरालाई कसरी यो दृष्टान्तले सिकाउँछ ?
  • सबै ठाउँहरूमा भएका मण्डलीहरूमा शैतानले आफ्ना सन्तानहरू रोप्नुको लक्ष्य के होला ?
  • यदि मण्डलीहरूमा त्यस्ता भेड़ाका भेषमा रहेका ब्वाँसाहरू हुँदैनन् भने, ती कस्ता देखिन्थे होलान् ?
  • कोचाहिँ परमेश्वरको र कोचाहिँ शैतानको पुत्र हो भन्ने कुरा किन हामीले जान्न सक्दैनौं ?
  • अन्तिम न्यायभन्दा अघिनै “दुष्टका सन्तानहरू” लाई किन मण्डलीबाट बाहिर फ्याँक्ने अनुमति दिइँदैन ?
  • तपाईंको आफ्नै इसाई सङ्गतिमा यो दृष्टान्तको सन्देश कसरी लागुहुन्छ होला ?
  • तपाईंले आफैलाई गहुँ वा सामा कुन ठान्नुहुन्छ ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ)
  • यो दृष्टान्तअनुसार, के एउटा व्यक्ति आधा गहुँ र आधा सामा हुन सम्भव होला ? आफ्नो तर्क दिनुहोस् ।
  • संसारको अन्त्य कस्तो होला (पद ४१–४३) ?
  • यो संसारबाट परमेश्वरले कस्तो फसलको अपेक्षा गरिरहनुभएको छ ?

    १. धर्मी (पद ४३)
  • आफ्नो दृष्टान्तलाई व्याख्या गर्ने क्रममा येशूले अचानक “धर्मी” भन्ने शब्दलाई किन प्रयोग गर्नुभयो ?
  • अगुवाले रोमी ४:५ पढ़िदिनुहोस् । कसरी हामी धर्मी हुन सक्छौं ?

    १. साराँशित प्रश्नहरू
  • साँचो विश्वासी तथा झूटो विश्वासीबीच रहेको सामान्य भिन्नता के रहेको छ ?
  • यो दृष्टान्तद्वारा येशूले तपाईंलाई व्यक्तिगततौरमा के भन्न चाहनुभएको छ ?

    खुशीको सन्देश: पृथ्वीमा रहेको असल गहुँहरूमा येशूजस्तो कोही पनि थिएनन् र पनि उहाँलाई सामाझैं “उखेलेर आगोको भट्टीमा फ्याँकियो ।” त्यसैले उहाँले अब सामाहरूलाई गहुँमा परिणत गर्न सक्नुहुन्छ र यस युगको अन्त्यमा ती सबैलाई उहाँको राज्यमा गोड्न सक्नुहुन्छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १५. पत्रुस पानीमा हिँड्छन् (मत्ती १४:२२–३४)



    पृष्टभूमि: गालील समुद्र भित्रबाट २०×१२ किलोमिटर रहेको छ । पहाडतिरबाट आएको अचानकको हावाको झोँकाले कहिलकाहीँ यस समुद्रमा डरलाग्दो आँधीतुफान ल्याउने गर्दछ । चौथो पहरा भनेको झण्डै बिहानको तीन बजेको समय थियो (पद २५) । त्यतिबेलासम्म चेलाहरू अघिबाटै उक्त समुद्रमा नौं घण्टासम्म बसिसकेका थिए ।

    १. उनीहरूलाई त्यहाँ के हुने थियो भन्ने कुरा उहाँले निश्चित रूपमा जानिसकेको भए तापनि, उहाँले चेलाहरूलाई त्यहाँ पठाउनुभयो (पद २२) ?
  • किन येशूले कहिलेकाहीँ हामीलाई पनि “आँधीबेहरी” मा पठाउने गर्नुहुन्छ ?

    १. त्यस समुद्रमा घटौंसम्म आँधीबेहरी आइरहेको देख्दा, चेलाहरूले कस्तो महसुस गरे र प्रतिक्रियास्वरूप उनीहरूले के गरे होलान ? कल्पना गर्नुहोस् (पद २४) ।
  • आफूहरूसँग डुङ्गामा येशूलाई नआएको देख्दा उनीहरूले उहाँबारे कस्तो बिचार गरे होलान ?
  • आफ्ना साथीहरू मृत्युमय खतरामा भइरहेको बेलामा, येशूले के कुराको लागि प्रार्थना गरिरहनुभएको थियो होला (पद २३) ?

    १. येशू पानीमा हिँड्न सक्नुहुन्छ भन्ने कुरा चेलाहरूले कल्पनासमेत पनि गर्न सकेका थिएनन् । त्यो परिस्थितिमा तिनीहरूले उहाँबाट के कुराको अपेक्षा गरे होलान ?
  • आशाविहीन परिस्थितिमा तपाईंले येशूबाट के कुराको अपेक्षा गर्नुहुन्छ होला ?
  • किन चेलाहरूले येशूलाई भूतझैं ठानेँ (पद २६) ?
    १. तपाईंले अहिले अनुभव गरिरहनुभएको “आँधीतुफान” को माझमा येशूले खड़ा भएर येशूले यसरी भनिरहनुभएको: “सहासिलो हौं ! त्यो म हुँ । नडराऊ” देख्दा तपाईंलाई कस्तो लाग्छ (पद २८) ?

    “म हुँ” भन्ने शब्द वास्तवमा हिब्रू भाषामा रहेको परमेश्वरको यहोवा नाउँ हो । त्यो परिस्थितिमा किन येशूले यी शब्दहरू प्रयोग गरेको चाहनुभयो ?

    १. अँध्यारोमा डुङ्गा त्यसरी तलमाथि गरेर डरलाग्दो छालले हल्लाइरहेको भए तापनि, किन पत्रुस त्यहाँ हिँड्न चाहन्थे होला ? धेरैभन्दा धेरै कारणहरू पत्तो लगाउने प्रयास गर्नुहोस् (पद २७) ।
  • त्यस्तो परिस्थितिमा के तपाईंले सहासिक कदमलाई अघि सार्न चाहनुहुने थियो होला र ?
  • किन पत्रुसको अवलोकन सफल भएन (पद ३०) ?

    १. त्यतिबेला पत्रुसत्रको विश्वासमा अझ के कमी भइरहेको थियो (पद ३१) ?
  • पद ३१ मा भएको शब्दहरू यदि येशूले तपाईंलाई नै भन्नुभएको भए तपाईंले कसरी उत्तर दिनुहुने थियो होला ?
  • हाम्रो विश्वासलाई वास्तविक नजरले हेर्नु हाम्रो लागि किन महत्वपूर्ण होला ?
  • आफूसँग अति नै थोरै मात्र विश्वास भएको जान्ने मानिसहरूलाई यो खण्डले कस्तो सान्त्वना प्रदान गर्छ होला ?

    १. बिहानको तीन नबजुन्जेलसम्म येशूले आफ्ना साथीहरूलाई मद्दत गर्नको निम्ति किन आउनुभएन ? यदि उहाँले तिनीहरूलाई त्योभन्दा अघि नै बचाउनुभएको भए, चेलाहरूले कुन महत्वपूर्ण पाठलाई गुमाउनुपर्ने थियो होला ? सन्दर्भ, ३१–३३)
  • किन येशू हामीलाई बचाउनको निम्ति हाम्रो अपेक्षाको समयभन्दा निक्कै पछि मात्र आउनुहुन्छ ?

    खुशीको सन्देश: जब येशूस्वयम् नै आँधीको मध्य भाग (परमेश्वरको क्रोध) मा हुनुहुन्थ्यो, कसैले पनि सहायता दिन आएनन् । हाम्रो विश्वासको कमीको दाम उहाँले त्यो नै चुकाउनु परेको थियो । त्यसैकारणले त उहाँले अब थोरै विश्वास हुनेहरूलाई पनि आफ्नो बचावको हात बढाउन सक्नुहुन्छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १६. ठूलो दु:ख तथा ठूलो विश्वास (मत्ती १५:२१–२८)



    पृष्टभूमि: कनानीहरू भनेका यहूदीहरूका पुराना प्रमुख शत्रुहरू थिए । टायर र सिदोन गालीलबाट झण्डै ४५–६० किलोमिटर टाढा रहेका थिए । विदेशतिरको यो यात्राबारे कसैले पनि थाहा पाउन भनी येशूले चाहनुभएन (मर्कूस ७:२४) । अगुवाले राजा दाऊद बारेको प्रमुख यथार्थहरू बताइदिनुपर्दछ (पद २२) ।

    १. यस आमाको दिनाचार्य कस्तो थियो होला ? विशेष गरी अरू मानिसहरूसँग तिनको सम्बन्धको बारेमा । (तिनको छोरी, पति, अरू सन्तानहरू, छिमेकीहरू इत्यादि) ।
  • आफैलाई तिनले सायद कसरी दोष्याइरहेकी थिइन होला ?
  • यस स्त्रीले झैं आफ्नो हृदयमा कष्टलाई बोकिरहेकी आजका हाम्रा आमाहरू को होलान ?

    १. अधिकाँश यहूदीहरूलाई थाहा नभएको कुरा कनानी स्त्रीहरूलाई अघिबाटै थाहा भइसकेको थियो । जस्तै: येशू दाऊदका पुत्र (पद २२) । यो यथार्थलाई थाहा पाउँदा तिनलाई कस्तो भएको थियो होला ?
  • किन आमाले आफ्नै निम्ति दयाको अनुरोध गरिनँ (पद २२) ?

    १. यस आमाले मद्दतको निम्ति गरेको गुहारमा, येशूले देखाउनुभएको पहिलो तीनओटा प्रतिक्रियाहरू के थिए (पद २३–२६) ?
  • सामान्यतया येशूले सङ्कष्टमा भएका मानिसहरूलाई आफैतिर डाक्नुहुन्छ । त्यसो भए किन उहाँले यस स्त्रीलाई चाहिँ त्यसरी बेवास्ता गर्नुभयो ?
  • यदि येशूले यस स्त्रीलाई गर्नुभएको जस्तै व्यवहार तपाईंलाई पनि गर्नुभएको भए, तपाईंले कसरी प्रतिउत्तर दिनुहुने थियो होला ?

    १. कनानी स्त्री र सम्पूर्ण परिस्थितिबारे चेलाहरूले कस्तो महसुस गरे (पद २३) ?
    २. येशूको देखावटी इन्कारप्रति कनानी आमाले कसरी प्रतिक्रिया देखाइनँ होला (पद २३, २५, २७) ?
    ३. कष्टमा परिरहेकी आमाको अघि येशू चूपचाप बसिरहेको देख्दा, उहाँको हृदयमा के भएको थियो होला ? आफ्नो राय प्रकट गर्नुहोस् ।
  • मद्दतको निम्ति आफ्नो वेदनामा रोइरहेको देख्दा पनि कहिलेकाहीँ किन येशू चूपचाप रहनुहुन्छ ?
  • किन हामी सबैको विश्वासको जाँच गरिनुपर्दछ ?

    १. येशूले केवल दुई जना मानिसहरूको विश्वासको मात्र प्रशंसा गर्नुभयो । यस स्त्रीमा भएको महान् विश्वासको जतिसक्दो धेरै चरित्रहरू पत्तो लगाउनुहोस् (पद २८) ।
    २. सामान्यतया एउटा व्यक्तिको महान् विश्वास भनेको हृदयमा हुने गर्दछ भनी किन सोचिन्छ ?

  • अगुवाले मर्कूस ७:३० पढिदिनुहोस् । आफूले अच्चमको काम देख्नुभन्दा नै पहिले यस गैरयहूदी आमाको विश्वास महान् थियो । कसरी ?
  • कुन परिस्थितिमा हामीलाई महान् विश्वासको आवश्यकता पर्दछ ?

    १. येशूको स्वर्गारोहणीय एउटै मात्र यात्राको उद्देश्य के थियो ?

    खुशीको सन्देश: त्रूmसमा रहँदा येशू चूपचाप रहनु भए तापनि, उहाँले परमेश्वरमा विश्वास गर्नु परेको थियो, सन्दर्भ, भजन २२:१–२, २४ । त्यतिबेला येशूको विश्वास पनि त्यस कनानी स्त्रीको विश्वासजस्तै नै थियो । उनीहरूबीचको परिस्थितिमा एउटै मात्र ठूलो भिन्नता रहेको थियो: येशूको सन्दर्भमा, परमेश्वरको क्रोधको कारण उहाँ शान्त भएर बस्नुभयो, तर प्रेमको कारणले होइन ।









    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १७. सिमोन चट्टान बन्छन् (मत्ती १६:१३–२३)



    पृष्टभूमि: नयाँ नियममा भएको “ख्रीष्ट” भन्ने शीर्षक पुरानो नियमको “मसीह” अर्थात् अभिषिक्त जनसँग बराबरी रहेको छ । राजाहरू तथा उच्च पूजाहारीहरूले आफ्ना ओहदालाई सम्हाल्नुभन्दा पहिले उनीहरूलाई अभिषेक गर्ने चलन थियो ।

    १. “प्रत्येक उसको आफ्नै विश्वासद्वारा बचाइनेछ” (पद १३–१७) भन्ने भनाइलाई यो खण्डको प्रकाशमा तपाईंले कसरी लिनुहुन्छ होला ?
  • इसाईत्वमा, विश्वासको उचित स्वीकार किन महत्वपूर्ण हुन्छ होला ?

    १. यीमध्ये कुनचाहिँ कुरा तपाईंलाई विश्वास गर्न सजिलो हुन्छ: येशू अगमवक्ता एलिया थिए (उहाँ ८०० वर्ष अघि मर्नुभयो) वा अगमवक्ता यर्मिया (जो ६०० वर्ष अघि मरेका थिए) वा बप्तिस्मा दिने यूहन्ना (जोचाहिँ केही वर्ष अघि मात्र मारिएका थिए) वा उहाँ जीवित परमेश्वरको पुत्र हुनुहुन्थ्यो (पद १४–१६) ?
  • तपाईंको विचारमा, येशूको प्रश्नलाई जवाफ दिने पद १४ मा भएका मानिसहरूलाई इसाई भन्न सकिन्छ होला ? आफ्ना राय प्रकट गर्नुहोस् ।

    १. येशूले प्रदर्शन गर्नुभएको सबै अच्चमका कामहरूको बावजुद पनि, किन उहाँका अधिकाँश समकालिनीहरूले पुरानो नियममा अगमवाणी गरिएका उहाँ नै मसीह हुनुभएको कुरालाई महसुस गरेनन् ?
    २. यो खण्डअनुसार कसरी हामी साँचो विश्वासमा आउन सक्छौं (पद १७) ?
    ३. यदि कसैले तपाईंलाई “चट्टान” भनेर भन्यो भने, तपाईंलाई कस्तो लाग्छ होला ?
  • येशूले पत्रुसलाई “तिमी चट्टान हौं” भनेर भन्नुहुँदा उसलाई कस्तो लाग्यो होला ?
  • “चट्टान” भनेर पत्रुसलाई एउटा व्यक्ति भएको संज्ञा दिइएको हो भनी कतिपय मानिसहरूले सोच्ने गर्छन् । अन्य कतिपयले चाहिँ पत्रुसले पद १६ मा स्वीकार गरेको कुरालाई नै उहाँले बताउनुभएको हो भनी ठान्छन् । तपाईंले चाहिँ के ठान्नुहुन्छ ?

    १. तपाईंको विचारमा पद १९ को अर्थ के होला ? (स्वर्गको राज्यका चाबीहरू के होलान ? हिजोआज ती कसका हातहरूमा छन् होला ?)
    २. पद २१ मा भएको जस्तो कुरा कहिल्यै पनि येशूलाई हुन सक्छ होला भनी किन पत्रुसले विश्वास गर्न सकेनन् ?
  • पद १७ र २३ लाई तुलना गर्नुहोस् । पत्रुसका वचनहरू कुन स्रोतबाट आउँछन् ?
  • स्वीकार गरिसकेपछि पनि पत्रुसको विश्वासमा के कमजोरी देखियो त ?

    १. कसरी येशूले पत्रुसलाई एक पटक “चट्टान” भन्नुभयो र अर्को पटक “शैतान” ?
  • त्यतिबेला पत्रुस दुष्टात्माको प्रभावमा थिएनन् भन्ने कुरालाई केसले प्रमाणित गर्छ होला ?
  • पत्रुसद्वारा शैतानले कुन कुरा पूरा गर्ने चेष्टा गरेको थियो ?
  • कस्ता परिस्थितिहरूमा उनीहरूले प्रेम गर्ने मानिसहरूका जीवनमा समेत कहिलेकाहीँ इसाईहरूले शैतानको काम गर्न पुग्छन् त ?


    १. पद २३ मा समावेश दुई किसिमका चिन्तनबीच के भिन्नता रहेको छ ?
  • इसाई मण्डलीभित्र कस्ता किसिमका चिन्तन सामान्य रहेको छ ?
  • अरू मानिसहरूका जीवनमा शैतानको काम गरिरहेका मानिसहरूलाई येशूले कसरी हेर्नुहुन्छ होला ?

    खुशीको सन्देश: “पत्रुसको तथा हाम्रा पापहरूका कारणले” भन्ने शब्दहरूसाथ पद २१ लाई पढ्नुहोस् ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १८. येशू परमेश्वरजस्तै देखिनुहुन्छ (मत्ती १७:१–९)



    पृष्टभूमि: यो घटनामा भन्दा सयौं वर्ष अघि मोशा तथा एलियाले परमेश्वरलाई देख्न चाहन्थे, तर उनीहरूले सकेनन् । पुरानो नियमअनुसार, यदि एउटा पापीले पवित्र परमेश्वरलाई प्रत्यक्ष रूपमा उहाँको अनुहारमा हेर्ने हो भने, तत्कालै त्यो व्यक्ति मर्दथ्यो । यी दुई व्यक्तिहरूका मृत्युको सम्बन्धमा, व्यवस्था ३४:१–६ र २ राजाहरू २:११ लाई हेर्नुहोस् । स्वर्गारोहणको पर्वत भनेको सायद हर्मन पर्वत हुनुपर्दछ (२७६० मिटर) । नक्शामा हेर्नुहोला ।

    १. पद १: उहाँसँग स्वर्गारोहण हुने पर्वतमा आउनको निम्ति, केवल येशूले यी तीन चेलाहरूलाई मात्र बोलाउनुहुँदा, तपाईंको विचारमा उनीहरूले कस्तो ठाने होलान ?
  • त्यतिबेला उपलब्ध हुने उपकरणहरूका साथ त्यति अग्लो पर्वततिर चढ्नु भनेको कस्तो हुन्थ्यो होला ?

    १. पद २: के तपाईंले परमेश्वरलाई देख्न पाए हुन्थ्यो भन्ने कहिल्यै इच्छा गर्नुभयो ? यदि त्यस्तो इच्छा गर्नुभएको भए, कुनचाहिँ परिस्थितिमा ?
  • येशूको अनुहार तथा वस्त्रहरू त्यसरी परिवर्तन भइरहेका थिए भन्नाले तपाईंले के बुझ्नुहुन्छ ?
  • किन परमेश्वरले आफ्नो पुत्रको यस्तो ईश्वरीय झलकलाई मानिसहरूसमक्ष त्यसरी प्रकट गर्न चाहनुभयो होला ?
  • पवित्र परमेश्वरलाई आमनेसामने देख्दा पनि किन ती चेलाहरू मरेनन् ?

    १. पद ३: यो अवसरमा किन पुरानो नियमको दुई प्रतिनिधिहरूलाई पनि त्यहाँ उपस्थित गराइयो ?
  • यो पर्वतमा हुनको लागि किन परमेश्वरले मोशा र एलियालाई मात्र छान्नुभयो ?
  • मसीहको आगमनबारे उनीहरूले अगमवाणी गरेका थिए र अब उनीहरूले प्रत्यक्ष उहाँलाई देख्दा, तिनीहरूले कस्तो महसुस गरे होलान ?

    १. पद ४: यो परिस्थितिमा कुन कुराले चेलाहरूलाई अति नै राम्रो महसुस गरायो ?
  • यदि तपाईंको जीवनमा पनि यस्तै आत्मिक जम्काभेटको कुनै अनुभव रहेको छ र त्यसपछि तपाईंले आफ्नो पुरानो जीवनमा फर्केर जान नचाहेको घटना रहेको छ भने, हामीसँग त्यस घटनाबारे बाँड्नुहोस् ।
  • त्यसबेलादेखि उसो उक्त पर्वतमा रहने योजना पत्रुसले कसरी सोच्न थाले ?

    १. पद ५: त्यस परिस्थितिमा त्यहाँ देखा परेको बादलले के बुझाउँथ्यो होला ?
  • किन परमेश्वरले “उहाँको आज्ञा मान्नु” भनी भन्नुभएन, तर “उहाँलाई सुन” भनी भन्नुभयो ?
  • यो घटनालाई, सिनाइ पर्वतमा परमेश्वरले उहाँका मानिसहरूलाई ढुङ्गाको पाटीमा व्यवस्था लेखेर दिनुभएको परिस्थितिसँग तुलना गर्नुहोस् । के भिन्नता रहेको छ ?

    १. पद ६: आफूले एकदमै राम्रो महसुस गरेको कुरा पत्रुसले भर्खरै भनेका मात्र थिए । तर उनी अब कुन कुराका लागि डराइरहेका थिए त ?
  • जब कुनै व्यक्तिले आफैलाई पवित्र परमेश्वरको नजीक भएको पाउँदछ, त्यतिबेला उसले/उनले राम्रो/नराम्रो कस्तो अनुभव गर्छ/गर्छिन् होला ?
  • सिकर्मीको वस्त्र पहिरिएको येशू वा धार्मिकताको सेतो वस्त्र पहिरिएको येशू, कुनचाहिँसँग संचार गर्न तपाईंलाई सजिलो पर्दछ होला ? आफ्ना राय व्यक्त गर्नुहोस् ।

    १. पद ७–९: येशूले आफ्ना चेलाहरूलाई छुनुको महत्व के रहेको छ ?
  • मोशा र एलिया त्यहाँबाट अचानक हराएको देख्दा तपाईंको विचारमा चेलाहरूले कस्तो महसुस गरे होलान ?
  • किन येशूले आफ्नो स्वर्गारोहणबारे बाँकी रहेका ९ चेलाहरूलगायत अरू कसैले पनि थाहा पाएको चाहनुभएन ?

    खुशीको सन्देश: स्वर्गारोहणको पर्वतबाट येशू अर्को पर्वततिर अर्थात् गलगथ्थातिर आफ्नो यात्रालाई तय गर्नुहुन्छ । धार्मिकताको सेतो वस्त्र हामीलाई दिनको निम्ति, येशूले हाम्रा पापका सबै लाजहरूलाई बोक्नुभयो र नाङ्गिनो भयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १९. अकृपालु नोकर (मत्ती १८:२१–३५)



    पृष्टभूमि: यो दृष्टान्तमा राजाले परमेश्वरलाई सङ्केत गर्दछ भने, सेवकहरू हामी मानिसलाई र ऋणले हाम्रा पापहरू तथा जेलले नरकलाई सङ्केत गर्दछ । एउटा सिक्का भनेको १७ वर्षको ज्याला (पद २४) बराबरको हुन्छ । १०० दिनारी भनेको तीन महिनाको ज्याला बराबरी हुन्छ (पद २८) ।

    १. तपाईंको विरुद्धमा निरन्तर गलत कार्य गरिरहने एउटा व्यक्तिलाई कति पटकसम्म क्षमादान दिन सकिन्छ होला (पद २१) ?
    २. दृष्टान्त
  • हाम्रो आजको पैसाअनुसार १०,००० सिक्का भनेको कति होला (पद २३–२४) ?
  • एउटा व्यक्तिले त्यतिको धेरै पैसालाई गुमाउन कतिको सम्भव होला र ?
  • तपाईंको विचारमा, राजाले सुनाएको फैसला उचित थियो कि थिएन (पद २५) ? आफ्ना तर्कहरू दिनुहोस् ।
  • उक्त नोकरले आफ्नो राजालाई आफ्नो ऋण क्षमा दिनुहोस् भनेर किन अनुरोध गरेनन् (पद २६) ?
  • आफ्नो ऋण चुकाउनको लागि यस नोकरले १०,००० सिक्का कमाउनुपर्दथ्यो । तपाईंको विचारमा उसले त्यो कसरी कमाउन सक्दथ्यो होला (पद २६) ?
  • आफ्नो ऋण क्षमा भएकोमा उक्त नोकर खुशी पनि भएन र धन्यवादी पनि भएन (पद २७–२८) ? किन होला ?
  • एउटा व्यक्तिले तीन महिनाको ज्याला बराबरको रकमलाई जम्मा गर्नको निम्ति दिनहुँ कति बचाउनुपर्ला (पद २९) ?
  • दोस्रो नोकरलाई क्षमादान दिनको निम्ति पहिलो नोकरको जीवनमा के भएको हुनुपर्दथ्यो होला त (२९) ?

    १. दृष्टान्तको प्रयोग
  • ऋण तथा पापबीच के समानता छ ?
  • प्रत्येक पटक तपाईंले पाप गर्दा, तपाईं परमेश्वरको ऋणी भएको कल्पना गर्नुहोस् । एउटा झूटले ५० डलर, फोहोरी चिन्तन १०० डलर, एउटा व्यक्तिलाई घृणा गर्नु १००० डलर इत्यादि । त्यतिबेलासम्म तपाईंले उहाँलाई कतिको ऋण चुकाउनु परिसक्यो होला त ?
  • जब हाम्रा छिमेकीहरूको पापलाई हामीले क्षमादान दिन चाहँदैनौं, तब सामान्यतया हामीले कसरी आफैलाई बचाइरहेका हुन्छौं ?
  • पद २६ मा भएको शब्दहरू परमेश्वरलाई भन्ने व्यक्तिको विश्वास कसरी गलत हुन्छ ?

    १. साराँश
  • पहिलो सेवकले इसाई वा गैरइसाईलाई सङ्केत गर्दछ ? तपाईंले आफ्ना तर्कहरू दिनुहोस् ।
  • क्षमादान दिन नचाहने तथा नसक्ने दुई कुराबीच के भिन्नता रहेको छ ?
  • यो दृष्टान्तअनुसार कसरी हामीले क्षमादानको हृदय पाउँछौं (पद ३२–३३) ?
  • येशूले ती व्यक्तिहरूका लागि प्रार्थना गरिदिनुभयो जसले उहाँलाई त्रूmसमा चढाएका थिए । यो दृष्टान्तमा भएको अकृपालु सेवकझैं किन उहाँलाई दण्ड दिइयो त (पद ३४–३५) ?

    खुशीको सन्देश: येशूले हामीलाई अकृपालु सेवकहरूका स्थानलाई लिनुभयो । उहाँले हाम्रो तथा संसारको एक्कै पैसा पनि नरहने गरी ऋण तिरिदिनुभयो । अनि त्यसरी ऋण तिर्नलाई प्रयोग गर्नुभएको पैसा नता सुन थियो नता चाँदी नै, बरु उहाँले आफ्नै रगत बगाउनु परेको थियो (१ पत्रुस १:१८–१९) ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २०. विवाह, सम्बन्धविच्छेद तथा पुनर्विवाह (मत्ती १९:१–१२)



    १. सम्बन्धविच्छेद १–९

  • किन फरिसीहरू सम्बन्धविच्छेदको प्रश्नलाई लिएर अल्झिरहे (पद ३) ?
  • हिजोआज सम्बन्धविच्छेदको सम्बन्धमा मानिसहरूले के सोच्छन् ?
  • येशूका अनुसार जब दुई व्यक्तिहरूले विवाह गर्छन्, तब के हुन्छ (पद ४–५क) ?
  • अगुवाले व्यवस्था २४:१ पढिदिनुहोस् । मोशाले के आज्ञा दिए र उनले यो खण्डमा के अनुमति दिए ? उनका शब्दहरूलाई फरिसीले कसरी अनुवाद गरे, तलुना गर्नुहोस् (पद ७) ।
  • येशूका अनुसार जीवनकालिन विवाह (पद ४,५,६,८,९) का निम्ति रहेका तर्कहरू के के होलान ?
  • येशूले सम्बन्धविच्छेदलाई एउटै मात्र कारणले स्वीकार गर्नुहुन्छ र त्योचाहिँ अविश्वासनीय साबित हुनु हो । किन (पद ९) ?
  • सम्बन्धविच्छेद झन् झन् सामान्य भएर गइरहेको यस समुदायमा के हुनेछ होला ?

    १. पुनर्विविाह ९–१०

  • पद ८–९ लाई मत्ती ५:३२ सँग तुलना गर्नुहोस् । सम्बन्धविच्छेद भएको व्यक्ति जीवितै रहने क्रममा, पुनर्विवाह गर्ने सम्बन्धमा येशूले के सिकाउनुहुन्छ ? शास्त्रमा केन्द्रीत हुनुहोस् ।
  • अगुवाले १ कोरिन्थी ७:१०–११ र रोमी ७:२–३ पढिदिनुहोस् । अघिल्लो दाम्पत्ति जीवित नै रहिरहेको खण्डमा पुनर्विवाह गर्ने व्यक्तिलाई पावलले के सिकाउँछन् ?
  • येशूको शिक्षामा उनीहरूले प्रतिज्ञा देखाएझैं किन चेलाहरूले प्रतिक्रिया देखाए (पद १०) ?
  • पुनर्विवाहको सम्बन्धमा, त्यो मरेतुल्य हुनुजस्तै नै हो भनी येशू र पावलले सिकाउनुभयो, तरैपनि, हिजोआजका मण्डलीमा ती व्यापक प्रकारले देखिन्छन्, किन होला ?

    १. एकलपना ११–१२

  • कुनै व्यक्ति “नपुँसकका” रूपमा जन्मिन्छन् भन्नाले के बुझिन्छ ?
  • एउटा व्यक्तिलाई अन्य मानिसहरूले कसरी विवाह गर्न नसक्ने बनाउँछन् होला ?
  • स्वर्गको राज्यको खातिर कतिपय मानिसहरूले विवाहलाई पनि इन्कार गर्छन् भन्नाले के बुझिन्छ ?

    १. साराँश
  • यौनजन्य सन्तुष्टिबिना नै एउटा व्यक्तिले असल जीवन बिताउन सक्छ होला जस्तो लाग्छ ? तपाईंका विचारहरू प्रकट गर्नुहोस् ।
  • व्यक्तिगत खुशीभन्दा पनि एउटा इसाईको लागि कुन कुरा ठूलो हुन्छ भनी येशूले भन्नुभयो ?
  • विपरीत लिङ्गसँग सम्बन्ध स्थापित गर्ने क्रममा, येशूले कड़ा नीति बनाउनुभयो । त्यो कसको भलाइको निम्ति थियो ?
  • येशूले यो खण्डमा दिनुभएको आज्ञाहरूलाई पालन नगर्ने व्यक्तिले के गर्नुपर्दछ होला ?
  • यो खण्डमा येशूले दिनुभएको शिक्षाको मान्यतालाई इन्कार गर्ने एउटा व्यक्तिले बाइबलप्रति कस्तो धारणा राख्छ होला ? आफ्नो तर्क पेश गर्नुहोस् ।

    खुशीको सन्देश: अगुवाले यूहन्ना ८:४–११ पढिदिनुपर्दछ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २१. कहिल्यै पनि ढीलो हुँदैन (मत्ती २०:१–१६)



    पृष्टभूमि: येशूको समयमा दैनिक ज्यालादारी गर्ने मानिसहरूका जीवनको कमाइ निश्चित हुँदैन थियो । हिजोआज हामीले वार्षिक रूपमा कति कमाउँछौं होला ? त्यसलाई ३०० भागमा विभाजन गर्नुहोस् र त्यसपछि तपाईंले एक दिनारीको मूल्यलाई थाहा गर्न सक्नुहुनेछ । बिहानको छ बजेदेखि समय सुरु हुन्छ । दृष्टान्तको मालिकले परमेश्वर र दाखबारीले उहाँको राज्यलाई प्रतिनिधित्व गर्छ ।



    १. दृष्टान्त
  • दाखबारीको मालिकले आफ्नो दाखबारीका लागि खेतलाहरू खोज्नको निम्ति दिनमा कति पटक जाने गर्दछ (पद १–६) ?
  • किन मालिकले केवल पहिलो समूहलाई मात्र उनीहरूले कतिको ज्याला पाउनेछन् भनी बताइदिए (पद २,४) ?
  • बिहानको छ बजेतिर बजारमा कतिपय मजदूरहरू आइपुगेका थिएनन् । किन होला ?
  • किन मालिकले केवल शिपालु मजदूरलाई मात्र खोजेनन् तर उपलब्ध भएका कसैलाई पनि काममा लगाए ?
  • किन ढीलो आएका मानिसहरूलाई कसैले काममा लगाउन मान्दैनन् (पद ६–७) ? विभिन्न कारणहरू दिनुहोस् ।
  • बिहान समयमा आइपुगेका मानिसहरूलाई अन्तिम पहरामा आएका मानिसहरूसँग तुलना गर्नुहोस् (पद ७, १२) । कोसँग काम गर्न रोचक हुने थियो होला ?
  • अन्तिम समूहमा पाँचजना मानिसहरू भएको कल्पना गर्नुहोस् । यदि मालिकले अन्तिम पहरामा आएका ती मजदूरहरूलाई काममा नलगाएको भए, सायद कति पैसा जोगाउने थिए होलान ?
  • अन्तिम पहरामा काममा लिइएका मानिसहरूलाई किन मालिकले पहिले ज्याला दिए (पद ८) ?
  • पहिलो पहरामा आएका मानिसहरूले जति पाउनुपर्ने हो, त्यति नै पाए, तापनि किन उनीहरूले उजुरी गरे ?
  • मालिकले त्यसरी ज्याला दिनु उचित हुन्थ्यो होला र ? आफ्ना तर्कहरू दिनुहोस् ।
  • किन मालिकले सबैलाई उत्तिनै ज्याला दिन चाह ? तपाईंले पाउने जत्तिको व्याख्या र कारणहरूलाई प्रस्तुत गर्नुहोस् ।

    १. दृष्टान्तको व्याख्या
  • किन परमेश्वरले उहाँको राज्यमा सबैले काम गरोस् भन्ने चाहनुहुन्छ ?
  • “ज्याला” भन्नाले यो दृष्टान्तबाट के बुझिन्छ ?
  • परमेश्वरको राज्यमा किन सबैले उत्तिनै ज्याला पाउँछन् ?
  • परमेश्वरको राज्यमा तपाईं दिनको कुन पहरामा बोलाइनुभएको छ ?
  • कोचाहिँ सौभाग्यशाली हो: परमेश्वरको राज्यमा जीवनभरि नै काम गर्ने व्यक्ति वा अन्तिम घडीमा बाँचेको व्यक्ति ? आफ्नो तर्क दिनुहोस् ।
  • तपाईंले अरूभन्दा धेरै काम गर्नुभयो तर मण्डलीलाई कुनै अरूनै व्यक्तिले प्रशंसा पायो भने, तपाईंलाई कस्तो हुन्छ होला ?
  • यदि तपाईंलाई पनि मानौं प्रेरित पावलको झैं ज्याला दिनुभयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?
  • यो दृष्टान्तको प्रकाशमा पद १६ ले के भन्न खोजेको छ ?
  • येशूले तपाईंलाई आज यसरी भनिरहनुभएको छ: “तिमी पनि गएर मेरो बारीमा काम गर !” तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुनेछ होला ?



    खुशीको सन्देश: परमेश्वरको राज्यमा येशू आफैलाई कठोर परिश्रम गर्नुभयो । वास्तवमा भन्नुपर्दा, उहाँले सबै मानिसहरूका लागि अन्त्यको दिनमा दिन सकिने एक–एक दिनारी कमाइदिनुभएको छ ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २२. गधामा चढेर राजा आफ्नो सहरतर्फ आउनुहुन्छ (मत्ती २१:१–११)



    पृष्टभूमि: येशू नै राजा हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रमाणसाथ मानिसहरूले अपेक्षा गरिरहेका थिए अनि अगमवाणी गरिएअनुसा उहाँ गधामा चढेर आउनुभयो (जकरिया ९:९) । वास्तवमा भन्नुपर्दा, येशू राजा दाऊदका ३० औं पुस्ताका पुत्र राजा थिए ।

    १. विजयी प्रवेश
  • विजयसाथ सहरमा प्रवेश गर्ने राजाबाट हामीले सामान्यतया के अपेक्षा गर्छौं ?
  • चेलाहरूले येशूबाट गरेको अपेक्षा तथा भीडहरूको प्रतिक्रियाबीच के भिन्नता रहेको थियो ?
  • येशू अन्तिम पटक यरूशलेममा आउनुहुँदा, कस्तो प्रकारको प्रक्रियालाई एकनास देखियो, ध्यान दिनुहोस् । कसले स्वागत गर्ने योजना बनाएको थियो ? ती सबै कसरी सुरु भए ? किन मानिसहरूले उनीहरूका वस्त्रलाई सडकमा बिछ्याए ? किन सम्पूर्ण सहर नै उर्लिएको थियो ?
    १. राजा
  • किन येशू गधामा आउनुभयो तर घोडामा होइन ?
  • येशू नै दाऊदका पुत्र हुनुहुन्थ्यो भनेर कसरी मानिसहरूले जान्न सके (मत्ती २०:३१) ?
  • येशूको कुनचाहिँ आचारणले उहाँ राजकीय भएको देखायो ?
  • रोमी सेनाहरूले येशू नै राजा हुनुहुन्छ भनी मानिसहरूले कराएको पटक्कै मन नपराए तापनि, किन मानिसहरू बिना डर चिच्याइरहे ?
  • यतिबेलासम्म येशू नै राजा हुनुहुन्थ्यो भन्ने कुरालाई येशूले लुकाइराख्नुभएको थियो । अहिलेचाहिँ किन उहाँले त्यसलाई निर्धक्कसाथ स्वीकार गर्नुभएको थियो ?
  • यस संसारको राजाहरू तथा यस परिस्थितिको येशूबीच के भिन्नता रहेको छ ?
  • किन येशूचाहिँ राजाको रूपमा मर्नुभयो ?

    १. मानिसहरू
  • त्यसरी अचानक उहाँलाई भव्य स्वागत गर्दा किन येशूले खुशीसाथ त्यसलाई स्वीकार गर्नुभयो होला ? आफ्ना राय प्रकट गर्नुहोस् ।
  • पाँच दिनपछि “येशूलाई त्रूmसमा चढाओ” भनी चिच्याउने मानिसहरूमध्ये कति प्रतिशत यस भीडबाट आएका थिए होलान ?
  • उहाँलाई दुव्र्यवहार गरिँदा किन भीडबाट एउटै पनि व्यक्तिले उहाँको पक्ष लिएर बोलेनन् होला ?
  • यदि तपाईंका सबै साथीहरू तपाईंसँग असहमतिमा छन् र तपाईं मात्र उभिन पर्दा तपाईंलाई कस्तो लाग्छ होला ?



    १. होसन्ना (जसको अर्थ, “हे प्रभु हामीलाई बचाउनुहोस्/मद्दत गर्नुहोस् !”) भन्ने हुन्छ ।
  • पद ९ मा भएको मानिसहरूका क्रन्दनले साँच्चिनै के भन्न खोजिरहेको छ ? सन्दर्भ, “होसन्ना” को अर्थलाई खोज्नुहोला ।
  • “हुर्रे” भनेर चिच्याउनुभन्दा राजा येशू मलाई “मद्दत गर्नुहोस्” भन्नु किन उचित होला ?
  • पद ११ बारे कुन कुरा छक्कपर्दो रहेको छ ?
  • येशूको भविष्यलाई यस घटनाले कस्तो असर पान्यो ?

    १. तिमी र म

  • कुन कुराले तपाईंलाई यसरी चिच्याउने बनाउँछ: “होसन्ना, मलाई मद्दत गर्नुहोस् ?” अन्तिम समयतिर वा उहाँको आगमनतिर ?
  • किन यो चिच्याहट क्रिस्मसको निम्ति उत्तम तयारी हुन पुग्यो ?
  • खुशीको सन्देश: पद ५ लाई पुन: पढ्नुहोस् र “सियोनका छोरी” भन्ने ठाउँमा तपाईंको आफ्नै नाउँ राख्नुहोस् ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २३. राजकुमारको विवाहभोज (मत्ती २२:१–१४)



    पृष्टभूमि: येशूको समयमा, विवाह भनेको प्रमुख तथा महत्वपूर्ण प्रचलन हुने गर्दथ्यो । प्रकाशित पुस्तकमा कहिलेकाहीँ स्वर्गलाई “विवाह” भनेर सम्बोधन गरिएको पाउँछौं । यस दृष्टान्तमा निम्तो दिइएका मानिसहरू सामान्यतया यहूदीहरू थिए, तर हिजोआज त्यसले मण्डलीद्वारा निम्तो दिइएको तर उनीहरूले गम्भीर रूपमा नलिएको कुनै पनि मानिसहरूलाई बुझाउन सक्दछ ।

    १. तपाईंले टिभीमा देख्नुभएको राजकीय विवाह समारोहलाई स्मरण गर्नुहोस् । कस्ता मानिसहरू बोलाइएका थिए ? पद ३–५ मा वर्णन गरिएअनुसारका मानिसहरू हिजोआज को हुन सक्छन् ?

    १. निम्तो पाएका मानिसहरूले राजाबारे कस्तो विचार गर्छन् होला ?
  • त्यस्ता निम्तोहरूलाई पहुनाहरूले कसरी सजिलैसँग इन्कार गर्न सक्छन् होला ?
  • त्यसरी इन्कार गर्दा कस्तो परिणाम निस्कन्छ होला भन्ने कुरोमा किन पहुनाहरू डराएनन् ?

    १. उहाँका सेवकहरू तथा बाइबलको माध्यमद्वारा परमेश्वरले पनि हामीलाई उहाँको स्वर्गीय विवाहभोजमा निम्तो दिनुहुन्छ । दृष्टान्तमा निम्तो पाएका मानिसहरूझैं किन अधिकाँश मानिसहरूले त्यसरी प्रतिउत्तर दिन्छन् होला (पद ३–५) ?

    २. अन्य कुराहरूमा व्यस्त रहेको बेलामा, यदि तपाईंलाई मण्डलीमा, बाइबल अध्ययन आदि कुराहरूमा बोलाइयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?

  • परमेश्वरको निम्तोप्रति तपाईंको प्रवृत्तिमा आधारित हुँदै, तपाईंले स्वर्गीय विवाहभोजलाई कतिको मान्यता दिनुहुन्छ होला ?

    १. पद ६ मा भएझैं परमेश्वरको सेवकहरूलाई किन कहिलेकाहीँ मानिसहरूले त्यसरी व्यवहार गर्छन् होला ? पद ७ कहिले पूरा भयो ? त्यो कहिले पूरा हुन्छ होला ?

    १. विवाहभोजमा निम्तो दिइएका पहिलो तथा दोस्रो समूहका मानिसहरूको दैनिकी जीवनलाई तुलना गर्नुहोस् (पद ५, १०) ।
  • आजको हाम्रो दिनमा “सडकका कुनाकाप्चाहरू” बाट स्वर्गको राज्यमा आउने मानिसहरू को होलान (पद ९–१०) ?
  • राजाको निम्तोलाई गम्भीर प्रकारले लिनुपर्दछ भन्ने कुरालाई ती सामान्य मानिसहरूले कसरी विश्वास गर्न सक्दथे होलान ?
  • परमेश्वरको स्वर्गीय विवाहभोजको निम्ति कसको लागि निरासको सट्टामा आनन्द हुन्छ होला ?

    १. त्यस्ता सडकका कुनातिरबाट आएका प्रत्येक मानिसहरूका लागि राजाले वस्त्र तयार पार्नुभएको थियो भनी सामान्य प्रकारले सोचिन्छ । तर एउटा पहुनाले यो वस्त्रलाई लगाउन इन्कार गरे (पद ११–१२) । किन होला ?
  • बाइबलमा वैवाहिक वस्त्रले पापीलाई परमेश्वरले लगाइदिनुहुने उहाँको धार्मिक वस्त्रलाई प्राय: सङ्केत गर्ने गर्दछ । “आफ्नै वस्त्रहरू” लगाएर स्वर्गतिर जान सक्छन् भन्ने मानिसहरूका विश्वास कस्ता हुन्छन् होला ?

    १. यो दृष्टान्तको प्रकाशमा पद १४ ले के बुझाउँदछ ?
  • परमेश्वरको राजकीय विवाहभोजको निम्ति कसले अहिलेसम्म पाएका छैनन् होला ?
  • कसलाई चुनिएको छैन ? पाठमा सीमित रहनुहोस् ।

    १. विवाहभोजको वस्त्र नभएको व्यक्तिको झैं उही दुभाग्र्यलाई किन येशूले पनि अनुभव गर्नुपन्यो (पद १३) ?

    खुशीको सन्देश: अगुवाले प्रकाश ७:१३–१४ पढिदिनुहोस् ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २४. को पाखण्डी हो ? (मत्ती २३:१–१२)



    पृष्टभूमि: जब येशूले फरिसी तथा व्यवस्थाको शिक्षकलाई सार्वजनिक रूपमा आलोचना गर्नुभयो, तब त्यो हिजोआजका प्रख्यात धार्मिक अगुवाहरूको पाखण्डीपनको पर्दाफास भएको घटनालाई हामीले टिभीमा हेरेको जस्तै नै हो । “मोशाको आसनमा बस्नु” भन्नाले मोशाको व्यवस्था अर्थात् पुरानो नियमलाई सिकाउन (पद २) योग्य थिए भनेर भनिएको हो ।

    १. येशूको समयमा देखिने पाखण्डीपनाको चरित्रहरू कस्ता हुन्थे (पद २–७) ?
  • फरिसी तथा व्यवस्थाको शिक्षकहरूका विरुद्धमा येशूको के आरोप थियो ? एउटै वाक्यमा बताउनुहोस् ।

    १. हाम्रा समयमा देखिने पाखण्डीहरूका चरित्रहरू के होलान ?
  • हाम्रा समयमा फरिसीहरूलाई हामी कहाँ भेट्छौं ?
  • कस्ता किसिमका शिक्षाले हाम्रो इसाई सङ्गतिहरूमा फरिसीहरूका सङ्ख्यालाई प्रबद्र्धन गरिरहेको हुन्छ ?

    १. येशूको समयमा फरिसीहरूले कस्तो मापनद्वारा मानिसहरूलाई वर्गीकरण गर्दथे ?
  • हिजोआजका पाखण्डीहरूले कसरी मानिसहरूलाई वर्गीकरण गर्छन् ?

    १. किन मानिसहरूले हिजोआज उपाधि तथा प्रमाणपत्रलाई त्यतिधेरै मान्यता दिन्छन् (पद ७–१०) ?
  • तपाईंको इसाई सङ्गतिमा उपाधि तथा प्रमाणपत्रको मान्यता कतिको रहेको छ ?
  • येशूका अनुसार उपाधि तथा प्रमाणपत्रमा केन्द्रीत हुनु किन गलत हो ?

    १. किन इसाईहरूलाई समेत अरूका सेवकहरू हुन् कहिलेकाहीँ कठिन हुने गर्दछ (पद ११) ?
  • सेवक हुनु (पद ११ मा येशूले त्यस शब्दलाई जुन अर्थमा प्रयोग गर्नुभएको छ, त्यसैअनुसार) तथा हीनताबोध भएर बस्नुबीच के भिन्नता रहेको छ ?
  • पद ११ लाई गम्भीर प्रकारले लिने इसाई अगुवाबारे वर्णन गर्नुहोस् ।

    १. व्यवहारिकतामा पद १२ ले के बुझाउँछ ?
  • पद १२ कसरी तपाईंको जीवनमा सत्य साबित हुन आएको छ, आफ्नो अनुभवबाट बताउनुहोस् ।

    १. येशूको समयका धार्मिक अगुवाहरूभन्दा उहाँ कसरी फरक हुनुहुन्थ्यो ?
  • यस संसारमा येशूले पाउनुपर्ने सम्मान तथा ओहदा अरू कसैले पनि पाउन सक्दैनन् थिए, तरैपनि, उहाँले ती कुराहरूको माग गर्नुभएन । किन होला ?
    १. व्यक्तिगततौरमा यो खण्डको सबैभन्दा महत्वपूर्ण शिक्षा के होला ? तपाईंको इसाई सङ्गतिको बारेमा के भन्ने नी ?
    खुशीको सन्देश: येशूले कहिल्यै पनि अरूले बोकूनँ भनेर अति नै भारी बोझ बोकाइदिनुभएन । बरु, त्यसको ठीक विपरीत, सबै मानिसजातिका पापको बोझलाई उहाँ आफैले उठाउनुभयो र त्रूmसमा टाँगिदिनुभयो ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २५. स्वर्ग र पृथ्वी बितेर जानेछ (मत्ती २४:२९–४४)



    पृष्टभूमि: जब येशू फर्केर आउनुहुन्छ, तब थुप्रै कुराहरू विभिन्न प्रकारले घट्ने छन् भन्ने विषयमा विभिन्न किसिमका इसाई सिद्धान्तहरू रहेका छन् । बाइबल अध्ययनमा हामी घटना क्रमलाई हेर्दैनौं तर घटनाहरूका विषयमा अध्ययन गर्छौं । अगुवाले नूह तथा उनको समयबारे छोटकारीमा वर्णन गरिदिनुपर्दछ (पद ३७–३९ सन्दर्भ, उत्पत्ति ६–७) ।
  • येशू आजनै आउनुहुन्छ भन्ने कुरा सुन्नुभयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?
  • येशूको प्रतिक्षा गर्नु भनेको मृत्युको प्रतिक्षा गर्नुभन्दा कसरी फरक छ ?

    १. येशूको आगमनभन्दा अघि ब्रह्माण्ड र यस संसारमा कस्ता कुराहरू परिवर्तन भएका देखिनेछन् होला ? आधुनिक शब्दहरूमा यी कुराहरूलाई वर्णन गर्ने प्रयास गर्नुहोस् (पद २९) । (पृथ्वीबाट हेर्ने क्रममा, सूर्य र चन्द्रलाई अन्ध्यारो देखिनेछ भनेर भनिएको छ । कुन कुराले त्यसलाई त्यस्तो बनाउँछ होला ? नूहको समयलाई पनि ध्यान दिनुहोस् ।)

  • यहाँ उल्लेख गरिएको कस्ता किसिमका परिवर्तनहरू अझ पूरा हुन् बाँकी नै छन् (पद २९) ?

    १. येशूको दोस्रो आगमन कसरी पहिलोभन्दा फरक हुनेछ होला ? सम्भव भएसम्म सक्दो भिन्नताहरूलाई पत्तो लगाउने प्रयास गर्नुहोस् (पद ३०) ।
  • येशको आगमनमा सम्पूर्ण मानिसहरूले के कुराको लागि विलाप गर्नेछन् (पद ३०) ?

    १. येशूको आगमनमा इसाईहरूलाई के हुनेछ होला (पद ३१) ?
  • पद ३१ मा भएको घटनालाई के तपाईंले देख्न चाहनुहुनेछ होला ? आफ्ना तर्कहरू दिनुहोस् ।

    १. अञ्जीरको रूख (पद ३२–३४) बाट येशूले आफ्नो आगमनबारे के सिकाउन चाहनुहुन्छ होला ? (के यो दृष्टान्तले आधुनिक इस्राएलको बारेमा चर्चा गरेको छ होला जस्तो तपाईंलाई लाग्छ ? यदि गर्दछ भने, कसरी ?)

    २. येशूले अन्तिम पुस्ताको इसाईहरूका लागि बोल्नुभएको वचन (बाइबल) को अर्थ के होला (पद ३५) ?

  • यस संसारमा त्यस्ता कुराहरू छन् जुन कहिल्यै पनि टलेर जाने छैन भनी उहाँले के बताउन चाहनुभएको होला ?

    १. येशूको दोस्रो आगमनबारे किन उहाँलाई समेत थाहा छैन र उहाँबाट पनि गोप्य राखिएको छ (पद ३६) ?
  • यदि येशू कहिले आउनुहुनेछ भन्नेबारेमा तपाईंले थाहा पाउनुभयो भने, त्यसले तपार्इंको जीवनलाई कसरी परिवर्तन गर्छ होला ?

    १. नूहको समयको मानिसहरूले कसरी आजका हाम्रा समयको मानिसहरूलाई सङ्केत गर्दछ होला (पद ३८–३९) ? (कुन कुराहरूमा उनीहरूले रुचि राख्दथे र कुन कुराहरूमा राख्दैनन् थिए ?)
    २. पद ४०–४१ ले के बुझाउँछन् ? ती कुराहरू नूहको समय तथा पद ३१ सँग तुलना गर्नुहोस् ।
  • जब यी पदहरू (पद ४०–४१) मा अगमवाणी गरिएको कुराहरू देखा पर्न थाल्छन्, तब संसार कस्तो हुन्छ होला ? कल्पना गर्नुहोस् ।

    १. कसको निम्ति येशूको आगमन घर फोर्नको निम्ति चोर आएजस्तै नै हुनेछ होला (पद ४३–४४) ? अनि कसका लागि चाहिँ आफ्नो प्रिय मित्रको अपेक्षित भेटघाटजस्तै हुनेछ होला ?
  • व्यवहारमा पद ४२ र ४४ ले हामीलाई के सल्लाह दिन्छ ?
  • येशूको आगमन कसरी हाम्रो निम्ति डरको चिन्तनभन्दा पनि बढी सान्त्वना हुनेछ होला ?









    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २६. दश कन्याहरू (मत्ती २५:१–१३)



    पृष्टभूमि: यस दृष्टान्तमा भएको “तेल” भन्ने शब्दलाई तीन विभिन्न तरिकाले अनुवाद गर्दै आएको छ । क) त्यसले पवित्र आत्मालाई बुझाउँछ । ख) त्यसले येशूमा राख्ने विश्वासलाई बुझाउँछ । ग) त्यसले बाइबललाई बुझाउँछ । दुलहाले येशूलाई र विवाहले स्वर्गलाई सङ्केत गर्दछ भने, त्यसपछि उहाँको दोस्रो आगमन हुनेछ ।

    १. “जागारुक रहने इसाई” भनेका कस्ता हुन्छन् ?

    २. दृष्टान्त

  • विवाहभोजका यी स्त्रीहरूका काम भनेको अन्ध्यारोमा दुलहाको लागि बाटो देखाइदिनु थियो । त्यतिबेला घडीहरू नभएका हुनाले, ढीलाइ हुने कुरा भनेको कुनै अपवादीय कुरा थिएन, तर सामान्य कुरो नै । हरेक परिस्थितिमा पर्याप्त मात्रामा तेल होस् भनेर किन मूर्ख कन्याहरूले पहिलेबाट नै योजना बनाएनन् ?
  • विभिन्न कारणहरूबारे सोच्नुहोस्: आफ्नो साथीको विवाह राम्रो होस् वा नहोस् भनेर कुनै पनि चिन्ता नै नगर्ने एउटा व्यक्ति (जानीजानी वा अन्जानमा) ।
  • बुद्धिमानी कन्याहरूको दुलहासँगको सम्बन्ध अन्य मूर्खहरूसँगको भन्दा कसरी फरक थिए ?
  • किन बुद्धिमानी कन्याहरू पनि मध्यरातसम्म जागारुक रहन सकेनन् (पद ५–७) ?
  • बुद्धिमानी स्त्रीहरूले आफ्ना साथीहरूसँग आफ्नो तेल नबाँड्नुको कारण के थियो होला (पद ८–१०) ?
  • दश कन्याहरूलाई दुलहाले पहिलेदेखि नै चिनेका हुनुपर्दछ । तब किन उनले ती मूर्ख स्त्रीहरूलाई कदापि पनि नचिनेको कुरा बताए (पद ११–१२) ?

    १. अनुवाद
  • बुद्धिमानी कन्याहरू भनी येशूले कसलाई भन्न खोज्नुभएको थियो ?
  • मूर्खहरू भनी येशूले कसलाई सङ्केत गर्न खोज्नुभएको थियो होला ?
  • यिनै तीन अनुवादहरूमध्ये एउटामा आधारित हुँदै तपाईंको विचारमा येशूको दोस्रो आगमनबारे हामीले कस्ता तयारीहरू गर्नुपर्दछ होला त ? (सन्दर्भ, “पृष्टभूमि” लाई हेर्नुहोला)
  • येशूको दोस्रो आगमनको निम्ति तयार रहने व्यक्तिको विश्वास र तयार नहुने व्यक्तिबीचको विश्वासमा कस्तो भिन्नता रहेको हुन्छ होला ?
  • के तपाईंले येशूको दोस्रो आगमनको लागि पर्याप्त मात्रामा तयारी गरिरहनुभएको छ होला ?
  • प्रतिक्षाको समयमा दशैजना कन्याहरूलाई सुत्ने बनाइदिनुभयो र त्यसबाट उहाँले हामीलाई के शिक्षा दिन चाहनुभएको छ होला (पद ५, १३) ?
  • कहिले र कसरी येशूले आफ्नै मानिसहरूलाई चिन्न थाल्नुभयो (पद १२) ?
  • स्वर्गमा हुने विवाहलाई हामीले कुन परिस्थितिमा सरहाना गर्न सिक्छौं ?
  • पद १३ ले तपार्इंलाई व्यक्तिगततौरमा के सिकाउँछ ?

    खुशीको सन्देश: एउटा व्यक्तिले आफ्नो जीवनको दु:खलाग्दो परिस्थितिको बारेमा समेत हामीलाई प्रकट नगरेसम्म हामीले उसको बारेमा केही पनि सिक्दैनौं । त्यसरी नै यदि हामीले हाम्रा पापहरू उहाँलाई बताएदिएर उहाँबाट क्षमादान नमागेसम्म, हाम्रो परिस्थितिलाई उहाँले केही पनि गर्न सक्नुहुन्न ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २७. सम्पत्ति लगानी गर्नु (मत्ती २५:१४–३०)



    पृष्टभूमि: एक सिक्का बराबर १७ वर्षको ज्याला हुन्छ । यस दृष्टान्तअनुसार सिक्काहरूलाई प्राप्त गर्नु भनेको के हो त भन्नेबारेमा तीनओटा तरिकाले व्याख्या गर्न सकिन्छ । क) तिनीहरूले हाम्रा आत्मिक क्षमताहरू तथा वरदानहरूलाई प्रतिनिधित्व गर्छन् । ख) तिनीहरूले परमेश्वरको अनुग्रहलाई प्रतिनिधित्व गर्छन् (सुसमाचार) सन्दर्भ, एफिसी ४:७ । ग) तिनीहरूले अनुग्रहको माध्यम अर्थात् बाइबल, बप्तिस्मा तथा प्रभुभोजलाई प्रतिनिधित्व गर्छन् ।

    १. आजको हाम्रो मुद्रामा एक सिक्का भनेको कति हुन्छ होला ? दुई सिक्का ? अनि पाँच सिक्का (पद १४–१५) ?
  • आज हामीले एक सिक्का बराबरको रकम के कुरामा लगानी गर्दा उत्तम हुन्छ ?
  • त्यसलाई दोब्बर बनाउनको लागि कति वर्षको समय लाग्छ होला ?
  • अरूको पैसालाई लगानी गर्न किन सधैँ नै सजिलो हुँदैन ?

    १. धनी मानिसले आफ्नो पैसा कुन शर्तअनुसार सबैलाई बाँडिदियो (पद १५) ?
  • क, ख र ग अनुवादअनुसार, नोकरहरूले विभिन्न रकमहरू पाए भन्नाले के बुझिन्छ ?
  • तपाईंले आफ्नो सिक्का परमेश्वरबाट कहिले र कसरी पाउनुभयो ?

    १. नोकरहरूका मालिकप्रतिको भावनाले कसरी उनीहरूका व्यवहारलाई प्रभाव पान्यो ?
  • मालिक छिट्टै नआउने कुरा थाहा पाएर नोकरहरूले पाएको सिक्कालाई के गरे (पद १९क) ?
  • कसरी एउटा व्यक्तिले उसको आत्मिक वरदानहरूलाई (क) लगानी गर्नुपर्दछ होला ? परमेश्वरको अनुग्रह (ख) लाई एउटा व्यक्तिले कसरी लगानी गर्नुपर्दछ ? (ग) अनुग्रहको माध्यमबारे के भन्नुहुन्छ (ग) (पद १६) ?
  • कसरी एउटा व्यक्तिले आफ्नो आत्मिक वरदानलाई जमिनमा गाडेर राख्न सक्छ ? सुसमाचारलाई नी ? अनुग्रहको माध्यमलाई नी (पद १८) ?
  • यीमध्ये कुनचाहिँ अनुवाद सही होला ?

    १. पद २६ ले परमेश्वरबारे हामीलाई के सिकाउँछ ?
  • परमेश्वर कठोर परमेश्वर हुनुहुन्छ र कुन परिस्थितिमा उहाँले तपाईंबाट असम्भव कुराको माग गर्नुहुन्छ होला (पद २४) ?
  • दृष्टान्तमा भएको तेस्रो नोकर (पद २४–२७) को विश्वासमा कुन कुरा गलत छ ?

    १. कहिले एउटा अल्छेसँग भएको एउटै मात्र सिक्का पनि ऊबाट खोसिन्छ (पद २८) होला ?
  • क, ख र ग अनुवादको प्रकाशमा पद २९ ले के भन्न खोजेको छ ?

    १. आफ्नो मालिकको पैसालाई उसले जताभावी तरिकाले नोक्सानी नगरे तापनि (पद ३०), किन तेस्रो नोकरलाई कठोर दण्ड दिइयो ? यी तिनैओटा अनुवादहरूलाई पुन: एक पटक सोच्नुहोस् ।

  • किन येशूलाई पनि एउटा दुष्ट तथा अल्छे नोकरझैं दण्ड दिइयो (पद ३०) त ?

    १. यदि हामीले आफू दुष्ट र आलस्य नोकरहरू भएको कुरा महसुस गन्यौं भने, तब हामीले के गर्नुपर्दछ होला ?
    २. हामी इसाईहरूले हाम्रा सिक्काहरूलाई “लगानी गर्नुपर्ने” कसरी बनाउँछ होला ?
  • न्यायको दिनमा तपाईंलाई पद २१ मा भएको कुरा भनिरहनुभएको छ भन्ने एक्कैछिन्, कल्पना गर्नुहोस् । तपाईंले उहाँलाई कसरी जवाफ दिनुहुनेछ होला ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २८. भेड़ा र बाख्राहरू (मत्ती २५:३१–४६)



    पृष्टभूमि: यो दृष्टान्तलाई सामान्यतया तीन तरिकाले अनुवाद गरिन्छ । येशूको एकदमै टाढाको भाइ भनेको क: सङ्कष्टमा परेका इसाईहरू ख: सङ्कष्टमा परेका यहूदीहरू ग: संसारमा भएका सबै मानिसहरू हुन् ।

    १. अन्तिम न्यायको दृष्टान्तमा, तपाईंलाई कुन कुरादेखि अति नै डरलाग्छ ?
  • यस दृष्टान्तमा तपाईंले कुन कुरालाई अति नै सान्त्वनामय पाउनुहुन्छ ?
  • यदि तपार्इंको विरुद्धमा कसैले गलत गरेका छन् र परमेश्वरले त्यस व्यक्तिलाई दण्ड दिनुहुन्न भने, तपाईंले परमेश्वरबारे के ठान्नुहुन्छ होला ?

    १. स्वर्ग र नरकबारे यो दृष्टान्तले हामीलाई के सिकाउँछ (पद ३४, ४१, ४६) ?
  • सामान्य तर्कमा आधारित हुँदै कस्ता किसिमका मानिस नरकमा पुग्छन् होला त ?
  • यस दृष्टान्तअनुसार, एउटा व्यक्तिलाई नरकमा फ्याँकिने किसिमको पाप भनेको के होला ?
  • किन हिजोआज नरकको बारेमा थोरै मात्र चर्चा गरिन्छ भने, त्यसबारेमा विश्वास गर्ने पनि थोरै मात्र रहेका छन् ?

    १. यो दृष्टान्तमा “नगन्य भाइहरू” भनी कतिओटा समूहका मानिसहरूलाई सङ्केत गरेको देखिन्छ (पद ३५–३६, ४२–४३) ?
  • यीमध्ये तपाईंले कतिजनालाई मद्दत गर्नुभएको छ ?
  • यीमध्ये कुन छओटा समूहका मानिसहरूलाई मद्दत गर्न अति नै कठिन पाउनुभएको छ ?

    १. किन विशेष गरी भोकाएकाहरू, तिर्खाएकाहरू, नाङ्गाहरू, बिमारीहरू तथा बन्धनमा रहेकाहरूमा येशूलाई देख्न अति नै कठिन हुन्छ ?
  • यी प्रत्येक समूहमा भएका मानिसहरूलाई मद्दत गर्न तपाईंको इसाई सङ्गतिका मानिसहरूले के गर्छन् होला ?

    १. कसरी “बाख्राहरूले” सायद तिनीहरूका आफ्ना बानीको प्रतिरक्षा गरे होलान ? किन उनीहरूले यी छ समूहहरूलाई मद्दत गरेनन् ?
  • पारित न्यायलाई सुनेर बाख्राहरू साँच्चिनै छक्क परे । किन उनीहरूले फरक कुराको अपेक्षा गरिरहेका थिए (पद ४४) ?

    १. राजाको शब्दहरूलाई सुनेर किन “भेडाहरू” पनि छक्क परे (पद ३८–३९) ?
  • प्रेम पाउन योग्य नभएका मानिसहरूलाई पनि प्रेम गर्न सक्ने सामथ्र्य “ती भेडाहरूले” कहाँबाट पाए ?

    १. माथि उल्लेखित कुनचाहिँ अनुवाद तपाईंको विचारमा सही छ होला ?
  • यी प्रत्येक अनुवादले हाम्रा बानीहरूमा कस्तो परिणाम ल्याउँदछन् होला ?

    १. अन्तिम समयको न्यायको दृष्टान्तले केवल हाम्रा कार्यहरूलाई मात्र व्यवहार गरेको देखिन्छ ? त्यसो भए, यस तस्विरमा विश्वासले कहाँनेर प्रवेश पाएको छ त ? (पहिलो चरणमा, मानिसहरूलाई कसरी बाख्रा र भेडाहरूमा विभाजन गरिएको छ?)

    २. आफ्ना यस्ता नगन्य भाइहरूका दुभाग्र्यलाई येशू आफैले पनि अनुभव गर्नुपन्यो । जस्तै: भोक, तीर्खा, घरविहीनता, नाङ्गोपना, बिमरी तथा बन्दी अवस्था । उहाँले ती कुराहरू कहिले अनुभव गर्नुपन्यो ?
  • पद ४१ मा भएको बाख्राहरूलाई सम्बोधन गरिएको वाक्य नै किन येशूको निम्ति पनि गरियो ?

    खुशीको सन्देश: मानिसजातिको सम्पूर्ण इतिहासमा, दुईओटा जाँचहरू अति नै महत्वपूर्ण थिए: येशूको जाँच तथा अन्तिम न्याय । हामी प्रत्येकले नै यीमध्येका यी नगन्य भाइहरूलाई हामीले कसरी व्यवहार गन्यौं भनी यी दुईमध्य एउटा जाँचमा हिसाब बुझाउनुपर्ने हुन्छ । येशूको जाँचमा तपाईंका पनि सबै पापहरूलाई खण्डन गरियो भनेर जबसम्म तपाईं निश्चित भएर भर पर्नुहुन्छ, तबसम्म तपाईंले आफ्ना पापहरू क्षमा भइसकेको निश्चयतामा जिउन सक्नुहुनेछ र अन्तिम समयमा तपाईं दोषी ठहरिनुहुने छैन ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २९. गेत्सेमनीमा सङ्घर्ष (मत्ती २६:३६–४६)



    पृष्टभूमि: बाइबलमा कचौरा भन्नाले परमेश्वरको क्रोधले भरिएको कचौरा भन्ने प्राय: बुझिन्छ र त्यसलाई पापीहरूले निल्नुपर्ने हुन्छ (पद ३९) ।

    १. जब तपाईं साँच्चिनै बेखुशीमा रहनुहुन्छ, तब तपाईंको वरिपरि कतिका मानिसहरू होऊन भन्ने तपाईंले चाहनुहुन्छ होला ? (किन गेत्सेमनीमा येशू एक्लै जानुभएन ?)
  • यी तिनैओटा चेलाहरू मछुवालाहरू थिए र रातभरि नै काम गरिरहे । किन उनीहरू अब एकै घण्टाको लागि भए पनि ननिदाइरहन सकेनन् होला ?

    १. उहाँको आफ्नै दु:ख र कष्टबारे येशूले एकै पटक मात्र अर्थात् यहाँ मात्र चर्चा गर्नुभयो (पद ३८) । यो परिस्थितिमा उहाँको लागि अति नै पीडादायिक कुरा के रहेको थियो ?
  • यदि तपार्इंले आफ्नो वेदनामा कहिल्यै आफैलाई मरेतुल्य ठान्नुभएको भए, कस्तो परिस्थितिमा तपाईंले त्यसरी महसुस गर्नुभएको थियो होला ?

    १. धेरै मानिसहरूले कुनै पनि डर वा भय नै बिना आफ्ना मृत्युलाई सामना गरेका छन् । किन येशूले चाहिँ त्यो गर्नुभएन ? (यदि येशू त्यसरी मर्नुभएको भए, त्यसले हामीलाई के सङ्केत गर्दथ्यो होला ?)
  • के कुराले एउटा व्यक्तिलाई मुख छोपेर भूईंमा लम्पसार पार्ने बनाउँछ होला (पद ३९) ?

    १. किन येशूले आफ्नो निम्ति प्रार्थना गरिदिनु भनी चेलाहरूलाई भन्नुभएन (पद ४०–४१) ?
  • पद ४१ मा येशूले कस्तो किसिमको परीक्षाबारे चर्चा गर्नुहुन्छ ?

    १. पद ३९ मा भएको येशूको प्रार्थनालाई हेर्नुहोस् । के त्यतिबेला आफ्नो पिताको झैं इच्छामा उहाँमा पनि थियो ?
  • यो प्रार्थनाको पहिलो अंश किन महत्वपूर्ण थियो ? किन दोस्रो खण्ड पनि उत्तिकै महत्वपूर्ण रहेको छ ?
  • यदि हामीले त्यस प्रार्थनाको आधा खण्डलाई मात्र प्रार्थना गन्यौं भने, के हुन्छ ?

    १. जब येशूले दोस्रो पटक प्रार्थना गर्नुभयो, तब किन उहाँको प्रार्थना परिवर्तन भयो (पद ३९, ४२) ?
  • एक–दुई पटक प्रार्थना गरिसकेपछि किन येशू रोक्किनुभएन (पद ३९, ४२, ४४) ?

    १. के उहाँले प्रार्थना गरिरहेको समयमा, येशूको आफ्नै इच्छा परिवर्तन भयो ? यदि भएको थियो भने, कसरी ?

  • आफूलाई अति नै प्रेम गर्ने व्यक्तिले आवश्यक परेको खण्डमा आफैलाई पनि त्याग्न सकोस् भनी के तपाईंले कहिल्यै प्रार्थना गर्नुभएको छ ? आफ्ना तर्कहरू दिनुहोस् ।
  • परमेश्वरको क्रोधको कचौरा यदि येशूले पिउन इन्कार गर्नुभएको भए के हुने थियो होला ?

    १. पद ४५–४६ मा तपाईंले येशूको बारेमा जस्तो प्रभाव पाउनुहुन्छ, पहिलेको तुलनामा त्यो कसरी फरक रहेको छ ? (यसबेलादेखि उहाँको मृत्युसम्म किन उहाँ शान्त भएर रहनुभयो ?)

    २. यो सङ्घर्षबिना नै यदि येशू त्रूmसमा मर्नुभएको भए, के हुने थियो होला ?
  • गलगथ्थाभन्दा पहिले किन हाम्रो आफ्नै गेत्समनीको अनुभव हुनु महत्वपूर्ण हुन्छ ?

    खुशीको सन्देश: त्यसबेलादेखि उसो पितासँग भएको आफ्नो गहिरो सम्बन्ध तोडिनेछ भन्ने कुराले येशू सा¥है चिन्तित हुनुहुन्थ्यो । येशूले हाम्रो निम्ति पिउनुभइसकेको कारणले हामीले परमेश्वरको क्रोधको कचौराबाट अब उसो पिउनुपर्दैन ।










    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३०. किन तिमीले मलाई त्याग्यौं (मत्ती २७:३३–५४)



    पृष्टभूमि: त्रूmसमा चढेको व्यक्तिलाई बोल्न तथा कहिलेकाहीँ त सास फेर्न समेत अति नै कठिन हुन्थ्यो । अगमवक्ता एलिया (पद ४९) ८०० वर्ष अघि अस्तित्वमा थिए । मन्दिरको पर्दा पछाडि रहेको महापवित्रस्थानमा कुनै पनि सामान्य मानिसले प्रवेश गर्न पाउँदैन थियो (पद ५१) ।

    १. मृत्युदण्डको अधिकार भनेको त्यस क्षेत्रका शासनअधिकारीहरूका हात रहेका हुन्थ्यो । पद ३३–३६ मा आधारित हुँदै, जब रोमी सेनाहरूले मान्छेलाई जिउँदै नै त्रूmसमा चढाउने आदेश दिँदा कस्तो महसुस भयो होला ?
  • त्रूmसमा चढाइएकाहरूलाई आफ्ना पीडा कम गर्नको लागि मद्य दिइने गरिन्थ्यो । किन सेनाहरूले त्यसमा पित्तरस मिसाए ताकि त्यसलाई पिउन झन् असम्भव होस् (पद ३४) ?
  • अर्काे व्यक्ति तड्पिएको देख्नु कुनै नौलो कुरा नमानी, कहिलेकाहीँ त त्यसमा आनन्द मनाउनेसम्म एउटा व्यक्ति कसरी बन्न सक्छ होला ? (सिनेमाहरू तथा भिडियो गेमहरूमा देखिने हिँसात्मक कुराहरूले हामीलाई कतिको हदसम्म प्रभाव पारेको हुन्छ ?)

    १. येशूका शत्रुहरूले उहाँको निन्दा गरे वा खिल्ली उडाए भन्ने कुरामा छक्क पर्नुपर्ने कुरा के रहेको छ (पद ३९–४४) ?
  • यदि तपाईंले त्यतिखेर येशूलाई देख्नुभएको भए, उहाँ नै परमेश्वर हुनुहुन्थ्यो भन्ने के तपाईंले विश्वास गर्न सक्नुहुन्थ्यो होला र ?

    १. अन्तिम शब्दहरूस्वरूप येशूले अब उसो के बोल्नुहुनेछ होला भनी उहाँका शत्रुहरूले ठानेका थिए ?
  • किन परमेश्वरले येशूलाई त्याग्नुभयो (पद ४६) ?
  • यदि परमेश्वरले तपाईंलाई त्याग्नुभयो भनी तपाईंले कहिल्यै महसुस गर्नुभएको भए, कुनचाहिँ परिस्थितिमा त्यो भएको थियो होला ?

    १. येशूलाई अन्तिम घडीसम्म पनि परमेश्वरका रूपमा स्वीकार गरिरहेका मानिसहरूलाई देख्दा, त्यहाँ उपस्थित भएका मानिसहरूले कस्तो महसुस गरे होलान ?
  • पद ४६ मा भएको शब्दहरू भनेका भजन २२:१ बाट लिइएको उद्दरण हो । किन येशूले आफ्नै शब्दहरू अभिव्यक्त नगरी, बाइबलका वचनद्वारा नै आफ्ना वेदनालाई प्रकट गर्नुभयो ?
  • यस पृथ्वीमा तपाईंको अन्तिम शब्द के हुनेछ होला ?

    १. मर्नेबेला कतिपय मानिसहरू किन रुने गर्छन् (पद ५०) ?
  • मृत्युबारे येशूको क्रन्दनले के प्रकट गर्छ ?

    १. त्यतिबेला गलगथ्थाको वातावरण कसरी परिवर्तन भयो (पद ५१–५४) ?
    २. परमेश्वर तथा मानिसहरूले त्यागिदिएका यो व्यक्ति नै परमेश्वरको पुत्र रहेछ भनी कसरी रोमी अधिकृतहरू (जसलाई बाइबलको बारेमा केही थाहा थिएन) ले विश्वास गरे होलान (पद ५४) ?
  • रोमी अधिकारीले येशूको मृत्युलाई जसरी देखे, त्योभन्दा फरक तरिकाले किन यहूदीहरूले देखे ?

    १. येशू सताइनुभएको कुरा एकदमै महान् थियो किनकि संसारको पापको बोझलाई उहाँले आफैमाथि लिनुभएको थियो । यदि तपाईंको पापको लागि मात्र उहाँ त्रूmसमा चढ्नुभएको भए, के उहाँको मृत्यु त्यति महान् हुने थियो होला र ? आफ्ना तर्कहरू दिनुहोस् ।

    खुशीको सन्देश: जब तपाईंले यो खण्डलाई हेर्नुहुन्छ तपाईंले एउटा कुरा स्पष्टसँग देख्नुहुन्छ । जस्तै: येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा ।


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३१. चिहानलाई पहरा दिनु (मत्ती २७:६२–२८:१५)



    पृष्टभूमि: एउटा सामान्य अपराधीको दुर्भाग्यपूर्ण मृत्युझैं येशूको मृत्युको योजना शत्रुहरूले बनाए । सामान्यतया त्रूmसबाट खसेको कुरालाई नै कुकुरहरूले खाने गर्दथे । तरैपनि, येशूलाई उचित प्रकारले चिहानमा गाडियो (पद ५७–६२) । रोमी सेनाहरूलाई सामान्यतया अति नै सहासिलो मानिन्थ्यो ।

    १. जब चेलाहरूले उहाँको बौरिउठाइबारे पूर्ण रूपले भुलिसकेका थिए (पद ६२–६३), तब कसरी उच्च पूजाहारीहरू तथा फरिसीहरूले येशू आफ्नो बौरिउठाइबारे अगमवाणी गरेको कुरालाई सम्झिरहन सकेका थिए त ?
  • उच्च पूजाहारीहरूले चेलाहरूलाई उनीहरूका वास्तविकताभन्दा बढी सहासिलो किन ठाने (पद ६४) ?
  • येशू मृत्युबाट बौरिउठ्नुहुनेछ भन्नेबारेमा के उच्च पूजाहारीहरूले साँच्चिनै विश्वास गरेका थिए त ?

    १. पिलातसबारे बाइबलमा अन्तिम पटक ६५ मा चर्चा गरिएको छ । यतिबेला तपाईंले ऊबारे कस्तो प्रभाव पाउनुहुन्छ होला ?
  • त्यस दिनको घटनाबारे, पिलातसले सायद कसरी सोचे होलान ?
  • तपाईंको विचारमा के पिलातसले येशूलाई कहिल्यै बिर्सन सक्दथे होलान र ? आफ्ना राय प्रकट गर्नुहोस् ।

    १. मृत्त शरीरको पहरा दिनको लागि जब रोमी सेनाहरूलाई आदेश दिइयो, तब उनीहरूले कस्तो प्रतिक्रिया देखाएका थिए होलान ?
  • ईष्टर बिहानी यी सेनाहरूले के कुरालाई अनुभव गरेका थिए होलान (पद २–४) ? ध्यान दिनुहोस् ।
  • पद ४ मा भएको सेनाहरूको अवस्थाका बारेमा चिकित्सक भाषामा हामीले कसरी वर्णन गर्न सक्छौं होला ?
    १. सहासिक रोमी सेनाहरू किन त्यति भयभीत भए र उनीहरूले आफ्ना पदलाई नै छोडेर भागे ?
  • उनीहरू त्यहाँबाट भाग्नुभन्दा पहिले, उनीहरूले चिहानमा हेरेका थिए होलान र ? आफ्ना तर्कहरू दिनुहोस् ।
    १. सेनाहरूको प्रतिवेदनालई उच्च पूजाहारीहरूले कसरी अनुवाद गरेका थिए होलान (पद ११–१४) ?
  • उच्च पूजाहारीहरूले ती सेनाहरूलाई दण्ड दिइनुपर्दछ भनेर माग गर्नुको सट्टामा, उनीहरूलाई ठूलो रकम दिए (पद १२–१५) ? किन होला ?
  • उच्च पूजाहारीले गरेको कुराहरूलगायत सबै कुराहरूलाई उहाँको आफ्नै राज्यको खातिर किन उत्तमतामा परमेश्वरले बद्ल्नुभयो ?

    १. कस्ता कुराहरूले गर्दा येशू साँच्चिनै बौरिउठ्नुभएको थियो भनी उच्च पूजाहारीहरूले विश्वास गर्न सकेका थिए ? कारणहरू सूचिकृत गर्नुहोस् ।
  • यदि तपाईं यी उच्च पूजाहारीहरू तथा फरिसीहरूका स्थानमा हुनुहुन्थ्यो भने, के तपाईंले बौरिउठाइमाथि विश्वास गर्न सक्नुहुन्थ्यो होला र ?

    १. सेनाहरूका कथामा रहेको सबैभन्दा ठूलो नमिल्दो कुरा के थिए (पद १३) ?
  • यदि कप्तानले त्यस कथालाई सुनेका भए, सायद कसरी प्रतिक्रिया देखाउने थिए होलान (पद १३) ?

    १. किन येशू उच्च पूजाहारीको अघि देखा पर्नुभएन ?
  • त्यस घटनाको लगत्तैपछि चेलाहरू अनि नै सहासी भए र उहाँको बौरिउठाईको सन्देशलाई घोषणा गर्न मृत्युसम्मै पनि डराएनन् । त्यतिबेला किन येशूका शत्रुहरू इसाई बनेनन् ? (सन्दर्भ, लूका १६:३१)
  • यी मानिसहरूका बाँकी जीवन तपाईंको विचारमा कस्ता थिए होलान ?
  • १. येशूको बौरिउठाइले तपाईंलाई व्यक्तिगततौरमा के बुझाउँछ ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com