GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१. वचन नै परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १ः१–१८)

पृष्टभूमिः (क) खुशीको सन्देश बाइबल अध्ययन समूहमा यदि बाइबलसम्बन्धी थोरै मात्र पनि ज्ञान नभएको मानिसहरू पनि छन् भने, यो खण्डद्वारा बाइबल अध्ययन थालनी नगर्नुहोस् भनी हामी सुझाव दिन्छौं । सुरुवात गर्नेहरूका लागि यो खण्ड अति नै कठिन हुन्छ । (ख) यदि अघिल्लो प्रश्नको जवाफ कसैले दिएको छैन भने मात्र कोष्ठमा भएका प्रश्नहरू सोध्नुहोस् ।

१. वचन (पद १–३, १४)

  • यी चार पदहरूको अर्थलाई तपाईंले आफ्नै शब्दहरूमा वर्णन गर्नुहोस् ।
  • तपाईंको विचारमा दुई मानिसहरूबीचको सङ्गतिमा “वचन” को महत्व के हुन्छ होला ?
  • किन इसाई विश्वासमा अनुभवभन्दा पनि बढी परमेश्वरको “वचन” को महत्व हुन्छ ?
  • यदि हामीसँग परमेश्वरको वचन थिएन भने, कसरी हामीले परमेश्वरलाई चिन्ने थियौं होला ?
  • किन येशूलाई परमेश्वरको वचन भनेर भनियो ?

    १. ज्योति (पद ४–१०)
  • पद ४–५ को अर्थ के होला ?
  • ज्योतिको येशूसँग कुन कुरा साझेदार रहेको छ ?
  • अन्धकारले ज्योतिमाथि विजय पाएको छैन भनेर के भनिएको हो ? (पद ५ तथा उचित पादटिप्पणी) ।
  • अन्धकारमा ज्योतिस्वरूप “चम्किरहने” येशूलाई किन संसारले चिनेन (पद १०) ?

    १. बप्तिस्मा दिने यूहन्ना (पद ६–८)

  • यो खण्डअनुसार, बप्तिस्मा दिने यूहन्नाको भूमिका के थियो ?
  • बप्तिस्मा दिने यूहन्ना आपैm नै त्यो ज्योति थिएनन् भनेर के भनिएको हो ? (पद ८)
  • कुन कुराले बप्तिस्मा दिने यूहन्नालाई यति नम्र बनायो कि उनले आपैm “उक्त ज्योति” बन्ने चेष्टा गरेनन् ?
  • परमेश्वरको राज्यमा तपाईंको आफ्नो भूमिकालाई बिप्तस्मा दिने यूहन्नाको भूमिकासँग तुलना गर्नुहोस् ।
    १. संसार तथा परमेश्वरको राज्य (पद ९–१३)

  • यो खण्डअनुसार यस “संसार” कस्तो किसिमको ठाउँ हो ?
  • यो खण्डअनुसार कसरी एउटा व्यक्ति परमेश्वरको सन्तान बन्दछ ? (स्वभाविक जन्मद्वारा किन कुनै व्यक्ति परमेश्वरको सन्तान बन्न सक्दैन ?)
  • के तपाईं परमेश्वरको सन्तान बनिसक्नुभएको छ ? यदि बन्नभएको छ भने, कसरी ? (मनमनै जवाफ दिन सक्नुहुन्छ ।)

    १. यूहन्नाको गवाही (पद १५–१८)

  • येशूबारे बप्तिस्मा दिने यूहन्नाले कस्तो गवाही दिए ? आफ्नै शब्दहरूमा लेख्नुहोस् ।
  • पद १६ तपाईंको जीवनमा सत्य साबित भएको छ भनी के तपाईंले गवाही दिन सक्नुहुन्छ ?
  • यूहन्नाका अनुसार परमेश्वरलाई चिन्न सक्ने एउटै मात्र माध्यम के हो ?
  • यो खण्डको प्रकाशअनुसार, तपाईंको विचारमा किन यहूदीहरू, इस्लामहरू तथा इसाईंहरू सबैले उही परमेश्वरको बारेमा दाबी गर्छन् ?

    खुशीको सन्देशः येशू तथा वचन भनेको उही नै हुन् । यदि बाइबलका वचनलाई तपाईंले आफ्नो जीवनमा स्वीकार गर्नुहुन्छ भने, तपाईंले येशूलाई स्वीकार गर्नुहुन्छ । यदि तपार्इंले बाइबललाई इन्कार गर्नुहुन्छ भने, तपाईंले येशूलाई इन्कार गर्नुहुन्छ । येशूको वचनचाहिँ त्यो ज्योति हो जुन तपाईंको अन्धकारमय जीवनमा पनि चम्किरहन्छ । यही वचनद्वारा मात्र तपाईंले “एकपछि अर्को” अनुग्रहलाई पाउनुहुन्छ ।









    ***

       
    Downloads    
    Contact us    
    Webmaster