GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२. हामीले मसीहलाई भेट्टयायौं (यूहन्ना १ः४३–५१)



पृष्टभूमिः बेथानी (१ः२८), बेथसेदा (१ः४४) र नासरत (१ः४६) कहाँ पर्दछन् भन्ने थाहा पाउनको लागि बाइबलीय नक्शामा हेर्नुहोस् । पुरानो नियममा “हाँगा” भन्ने शब्द, हिब्रू भाषाको “नासरेनी” शब्दसँग मिल्दोजुल्दो रहेको छ र त्योभन्दा बाहेक पुरानो नियमको कुनै पनि मसीहसम्बन्धी अगमवाणीहरूले नासरतसँग सरोकार राखेको पाउँदैनौं (यशैया ११ः१, ५३ः२, यर्मिया २३ः५, ३३ः१५) । अगुवाले याकूबको भ¥याङ्गबारेको कथा (उत्पत्ति २८ः१०–२२) लाई अग्रीम पढेर तयारीका साथ आउनुपर्दछ किनकि अन्तिम प्रश्नले त्यसलाई सङ्केत गरेको छ ।

१. किन फिलिपले भर्खरै मात्र भेटेको येशूका बारेमा आफ्नो साथीलाई बताउन चाहन्थे (पद ४३–४५) ?
  • आपूmले पहिलो पटक येशूका बारेमा सुनेको त्यो क्षणलाई स्मरण गर्नुहोस् । के तपाईंले पाउनुभएको येशूबारे तपाईंले अरूलाई बताउन चाहनुभयो ? यदि चाहनुभयो भने किन चाहनुभयो होला ? बताउनुहोस् ।
    १. किन नथानेलले फिलिपको कुरालाई शंका गरे ?
  • जेपनि होस्, नथानेलले येशूलाई देख्न चाहे । किन ?

    १. येशूले जुन शब्दहरूद्वारा नथानेलाई अभिवादन गर्नुभयो, ती शब्दहरूद्वारा उहाँले के बुझाउन चाहनुभएको थियो (पद ४७) ?
  • येशूको अभिवादनलाई सुनेर नथानेलले कस्तो महसुस गरे होलान ?
  • यदि येशूले “यहाँ एकजना साँचो इसाई छन्, जसमा म कुनै खोट पाउँदिनँ,” भनी आज तपाईंलाई भन्नुहुन्थ्यो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्थ्यो होला ?

    १. अञ्जीरको रूखमुनि साँच्चिनै के भएको थियो भन्ने कुरा सुन्दा नथानेल खुशी थिए । नथानेलले त्यहाँ बसेर के सोचिरहेका वा प्रार्थना गरिरहेका थिए होेलान ?

    २. हालसालै तपाईं एक्लै हुँदा, तपाईंले के सोच्नुभयो होला, कल्पना गर्नुहोस् । तपाईंको साथसाथ येशू पनि हुनुहुन्थ्यो र उहाँले तपाईंको विचारलाई एउटा खुल्ला किताबको रूपमा पढिरहनुभएको थियो भन्ने कुरा महसुस गर्दा तपाईंलाई कस्तो हुन्छ होला ?
  • कसैले तपाईंको मनमा सोचिरहनुभएको कुरालाई बुझ्न सक्नुहुन्छ भनेर भन्दा मानिसहरूले के बुझ्लान् ?

    १. पद ४७ मा भएको येशूको शब्दहरू भजन ३२ः१–२बाट लिइएको अप्रत्यक्ष उद्दरण हो (अगुवाले यो खण्ड पढिदिन सक्छन्) । यो खण्डअनुसार, के कुनै मान्छे आफ्नो हृदयमा एउटै पनि छलकपट नहुने गरी धर्मी बन्न सक्छ होला ?

    २. कसरी नथानेलले अचानक येशूलाई परमेश्वरको पुत्र तथा इस्राएलको राजा भनी भन्न सके (पद ४९) ?

    ३. अगुवाले यहाँ उत्पत्ति २८ः१०–२२ लाई साराँशित पार्न सक्छन् । येशूले पद ५१–५२ बाट के बताउन खोज्नुभएको छ ? विभिन्न सम्भाव्यताहरूबारे सोच्नुहोस् ।
  • याकूबले सपनामा देखेका भ¥याङ्ग र येशूको त्रूmसबीच के समानता छन् ?





















    ***

       
    Downloads    
    Contact us    
    Webmaster