GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

३. पानी दाखमद्यमा परिणत हुन्छ (यूहन्ना २ः१–११)



पृष्टभूमिः येशूको समयमा विवाह भनेको एउटा ठूलो उत्सवस्वरूप हुने गर्दथ्यो । सामान्यतया, त्यो धेरै दिनसम्म चलिरहन्थ्यो । कागहरू उडेर जान सक्ने दूरीभैंm नासरत र कानाबीचको दूरी झण्डै १२ किलोमिटर थियो । येशूको आमाले आफ्नो छोराको पहिलो अच्चमको काम देख्न अभैm नै बाँकी भए तापनि, तिनी आपैmले कन्याबाट जन्माउने अच्चमको कामलाई अनुभव गरेकी थिइन् ।

१. यो विवाहभोजमा दाखमद्य छिट्टै नै सिद्धिएको थियो र त्यसको अर्थ के हुन सक्छ ? विभिन्न सम्भाव्यताबारे सोच्नुहोस् ।
  • तपाईंको विचारमा त्यो परिस्थितिमा ती जवान दाम्पत्ति र निम्ताकारलाई कुन कुराले चिन्तित पारेको थियो होला ?
    १. के मरियमले यो विवाहभोजमा त्यो अच्चमको कामलाई अपेक्षा गरेकी थिइन् ? आफ्ना कारणहरू दिनुहोस् ।
  • पद ३ मा, मरियमले येशूसँग गरेको प्रार्थना हामी पाउँछौं । तपाईंले आफ्नै प्रार्थनासँग त्यसलाई दाँज्नुहोस् र के कस्ता फरक कुराहरू छन् तुलना गर्नुहोस् ।

    १. तिनका सुझावलाई येशूले इन्कार गरेको देख्दा पनि किन मरियम निरास भइनन् (पद ४) ?
  • यतिबेला, आफ्नो पुत्रबारे मरियमले कुन कुरा विश्वास गरेकी थिइन् ?
  • येशूले सायद उक्त अच्चमको काम गर्ने कुनै सुरुवाती अभिप्रेरणा राख्नुभएको थिएन । तरैपनि, किन उहाँले अच्चमको काम प्रदर्शन गर्नुभयो ?

    १. कुन अवस्थामा हामीलाई मरियमको भैंm विश्वासको आवश्यकता पर्दछ ?

    २. व्यस्त विवाहभोजमा नजीकैको गाउँमा रहेको इनारबाट सयौं लिटर पानी बोक्दा नोकरहरूले कस्तो महसुस गरे होलान ?
  • किन नोकरहरूले येशूले भन्नुभएको भैंm काम गरे ?

    १. स्वादिलो दाखमद्य बनाउनको लागि सामान्यतौरमा कति वर्ष लाग्छ ?
  • हिजोआज त्यति मात्रामा त्यतिको मीठो र स्वादिलो दाखमद्यलाई कति पर्नेथियो होला ? (पद ६)



    १. पानी दाखमद्यमा परिणत हुँदा ती नोकहरूले कस्तो महसुस गरे ?
  • तपाईंको विचारमा के त्यतिबेलादेखि यी नोकरहरूले येशूलाई विश्वास गर्न थालेका थिए होलान ? आफ्ना कारणहरू प्रस्तुत गर्नुहोस् ।

    १. बाइबलमा भएको “महिमा” भन्ने शब्दले हाम्रा नाङ्गो आँखा अघि परमेश्वरको दृश्य उपस्थिति बन्ने बुझिन्छ । परमेश्वरको महिमा सर्वप्रथम उहाँको पवित्रवासस्थान तथा मन्दिरमा प्रकट भएको थियो । यो अच्चमको कामद्वारा येशूले आफ्नो महिमा यी चेलाहरूका माझमा देखाउनुभएको थियो भन्नाले के बुझिन्छ (पद ११) ?
  • किन यूहन्नाले आफ्नो सुसमाचारमा येशूले गर्नुभएको अच्चमका कार्यहरूलाई “अच्चमको कामहरू” नभनी “चिन्हहरू” भन्नुभयो ?
  • येशूको सतावटमा पनि परमेश्वरको महिमा प्रकट भएको थियो भनी यूहन्नाले हामीलाई पछिबाट बताउँछन् । उनले त्यसबाट के भन्न खोजेका थिए ?

    १. येशूले गर्नुभएको यस चिन्हबारे चेलाहरूले के विश्वास गरे ?
    किन चेलाहरूको विश्वास त्यतिबेलासम्म तयार भएको थिएन ?

    खुशीको सन्देशः पुरानो नियममा दाखमद्यलाई यहूदाबाट आउने शासकसँग सम्बन्धित पारिएको छ । “ यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। त्यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ालाई चाहिँ उत्तम जातको हाँगामा बाँध्नेछ। त्यसले आफ्ना लुगाहरू दाखमद्यमा, आफ्ना पोशाक अङ्गूरको रसमा धुनेछन् (उत्पत्ति ४९ः१०–११) । नयाँ नियममा दाखमद्यले येशूको रगतलाई सङ्केत गर्दछ र त्यो हाम्रो पापको लागि बगाइएको छ ।








    ***

       
    Downloads    
    Contact us    
    Webmaster