४. येशू कोर्राको साथ (यूहन्ना २ः१३–२२)
पृष्टभूमिः मन्दिर भनेको यहूदीहरूका लागि यो पृथ्वीमा भएको उनीहरूका घरभन्दा पनि अति नै महत्वपूर्ण स्थान हुने गर्दथे । राजा सुलेमानले पहिलो मन्दिरलाई निर्माण गरेका थिए भने, एज्राले दोस्रो । येशूका दिनमा देखिएको भव्य तथा विशाल मन्दिरलाई राजा हेरोद महान्ले बनाएका थिए । येशूको त्रूmसिकरणपछि, त्यो केवल तीसदेखि चालीस वर्षसम्मको लागि मात्र खड़ा रहिरहेको थियो ।
१. पद १४–१६ लाई पढ्नुहोस् । येशूको कुनचाहिँ बानीले तपाईंलाई अति नै चकित बनाउँछ ?
धागोहरू गाँसेर कोर्रा बनाउनको लागि केही समय लाग्छ । उहाँले त्यो बनाउँदै गर्दा उहाँ कस्तो देखिनुहुन्थ्यो (पद १५) ?
पद १५ मा भएको क्षणलाई वर्णन गर्दा, तपाईंको विचारमा कस्तो किसिमको आवाजलाई मन्दिरमा सुनिएको थियो होला ?
१. उहाँले मन्दिरबाट व्यापारीहरूलाई धपाउने बेलामा टेबिलहरू पल्टाइदिने तथा कोर्रा हान्ने काम गर्नुभयो । त्यतिबेला, किन कसैले उहाँलाई रोकेनन् होला ?
कुन कुराको लागि येशू त्यति रुष्ट हुनुभयो ?
के तपाईंको विचारमा, हिजोआज पनि परमेश्वरको मन्दिर÷मण्डली त्यस्तै किसिमको व्यापारिक थलो बन्ने गरेको छ ? आफ्नो विचारहरू व्यक्त गर्नुहोस् ।
आफ्ना पापहरूबाट क्षमा पाइयोस् भनेर मन्दिरमा मानिसहरूले बलिदानहरू चढाउने गर्दथे । परमेश्वरको सुरुवाती उद्देश्यसँग त्यसले कति पनि सरोकार नराख्ने गरी कसरी यो प्रणालीले सबै कुरालाई नष्ट गर्ने थियो होला ?
१. देखावटीको लागि मात्र प्रदर्शन गर्ने यस्ता उत्सवहरूलाई बाइबलको परमेश्वरले किन घृणा गर्नुहुन्छ ?
तपाईंका आफ्नै आराधना, प्रार्थना तथा सेवा इत्यादिलाई ध्यान दिने हो भने, तीमध्ये कति कुराहरूलाई केवल तपाईंले देखावटीको लागि मात्र गर्नुहुन्छ ?
तपाईंको हृदयको मन्दिरका के कस्ता कुराहरू आज येशूद्वारा धोइनुपर्दछ ? (तपाईंले मनमनै उत्तर दिनुहोस्) ।
१. येशू तथा हाम्रो रीसबीच के कस्ता भिन्नताहरू रहेका छन् (पद १६–१७) ?
२. यो खण्डमा येशूले मन्दिर तथा आफ्नो देहबीच रहेको समानन्तरतालाई देखाउनुहुन्छ (पद १९–२१) । किन येशूले आपूmबाहेक अर्को एउटा मन्दिरलाई पनि यस पृथ्वीमा स्थापना गर्नुप¥यो ? (त्रूmसमा झुण्डिएर येशूले आफ्नो शरीरमा मन्दिरको कुन कार्यलाई पूरा गर्नुभयो ?)
३. येशूको त्रूmसिकरण भएको तीस वा चालीस वर्षपश्चात्, रोमीहरूद्वारा हेरोदको मन्दिरलाई ध्वस्त गर्ने अनुमति दिनुभयो । किन होला ? सम्भाव्य कारणहरूबारे सोच्नुहोस् । (किन यरूशलेमको मन्दिरको अब उसो आवश्यक परेको थिएन ?)
४. येशूको देहलाई मन्दिरको चित्रण गर्दा त्यसले उहाँको बलिदानलाई मात्र होइन, तर यस पृथ्वीमा अहिले पनि भएको उहाँको मन्दिर अर्थात् इसाई मण्डलीलाई सङ्केत गर्दछ (१कोरिन्थी १२ः२७) । येशूले यरूशलेममा मन्दिर निर्माण गर्नुभएभैंm किसिमको सुधार आजको हाम्रा दिनहरूमा के तपाईंको विचारमा आजको हाम्रा दिनहरूमा भएका मण्डलीमा पनि येशूले यरूशलेममा स्थापना गर्नुभएको मन्दिरभैंm किसिमको सुधार आवश्यक पर्दछ ? आफ्ना कारणहरू दिनुहोस् ।
कस्तो परिस्थितिमा मण्डलीको अगुवाले पनि येशूलेभैंm कोर्राहरू बनाउन आवश्यक हुन्छ ?
खुशीको सन्देशः तपाईंका पापहरू प्रायश्चित गर्ने ठाउँस्वरूप येशूस्वयम् नै तपाईंको मन्दिर बन्नुभएको छ । अनि मन्दिर मात्र होइन तर बलिदान नै बन्नुभएको छ किनकि संसारको पापलाई उठाइलैजाने परमेश्वरको थुमा उहाँ हुनुहुन्छ ।
***
Downloads
Contact us
Webmaster