५. फरिसी तथा पित्तलको सर्प (यूहन्ना ३ः१–१६)
पृष्टभूमिः धार्मिक कुराहरूमा निकोदेमस भनेका एक प्रख्यात पेशीय व्यक्ति भए तापनि, उनले नदेखिने परमेश्वरको राज्यमा प्रवेश गरेका थिएनन् । आपूmभन्दा सानो उमेरको, आपूm जतिकै शिक्षित नभएको तथा आफ्नो जस्तै ओहदा नभएको व्यक्ति येशूकहाँ निकोदेमस धार्मिक कुराहरूमा छलफल गर्न आउनु भनेको अच्चमको कुरो हो । निकोदेमस इस्राएलको सभाघरको एक सदस्य थिए र उनी एक किसिमको सांसदजस्तै थिए ।
१. यो खण्डलाई केलाउँदा, निकोदेमसका सबल तथा कमजोर पक्षहरू के के भएको देखिन्छ ? (उनी येशूलाई भेट्न दिनमा आउनुको सट्टामा रातमा आए । त्यसले निकोदेमसबारे के झल्काउँछ ?)
निकोदेमसले येशूसँग के कुराको चर्चा गर्न आएका थिए ?
१. आफ्नो जीवनभरि नै परमेश्वरमा विश्वास राखे तापनि, किन निकोदेशमसँग मुक्तिको निश्चयता थिएन ?
कसरी हामीले पनि त्यो निश्चयताको कमी हुन सक्छ ?
१. “नयाँ गरी जन्मिनु” भन्ने अभिव्यक्तिलाई यहाँ प्रयोग गरिएको हामी देख्छौं । कुनै व्यक्ति नयाँ गरी जन्मिँदा कुन कुरा परिवर्तन हुनेछ (पद ३–८) ?
“पानी र आत्मा” द्वारा जन्मिनुपर्दछ भन्नाले के बुझिन्छ (पद ५) ?
१. निकोदेमसले येशूसँग सोध्छन्, “कसरी कुनै व्यक्ति नयाँ गरी जन्मिन सक्छ ?” (पद ९) । प्रतिउत्तरमा येशूले के भन्नुहुन्छ, आफ्नै शब्दहरूमा वर्णन गर्नुहोस् (पद १०–१६) ।
२. नयाँ जन्मबारे वर्णन गर्ने क्रममा, येशूले इस्राएलीहरूको मरुभूमिको यात्रालाई उदाहरणस्वरूप प्रयोग गर्नुभयो । मानिसहरूका पापको दण्डस्वरूपले परमेश्वरले एकदमै डरलाग्दो विषालु सर्पहरूलाई त्यहाँ पठाउनुभएको थियो । तरैपनि, पछि उहाँले उक्त विषबाट बँच्ने उपाय पनि दिनुभयोः मोशाले उभ्याएका पित्तलको सर्पलाई हेरेर मानिसहरू सर्पको टोकाइबाट बँच्न सक्दथे (गन्ती २१ः४–९) । उक्त घटना त्रूmसमा भएको येशूको मृत्युसँग कसरी समान रहेको छ ? जतिसक्दो धेरै समानताहरूबारे अनुमान गर्नुहोस् (पद १३–१६) ।
३. पित्तलको सर्पलाई हेर्ने निर्णय गरेका मानिसहरूले के कुरामा विश्वास गरेका थिए ?
त्यसदिन धेरै मानिसहरू मरेको कुरा बाइबलले हामीलाई बताउँछ । परमेश्वरद्वारा प्रदान गर्नुभएको टोकाइबाट बँच्ने उपायलाई किन धेरै मानिसहरूले विश्वास गरेनन् ?
पुरानो नियमको यो घटनाले कसरी नयाँ गरी जन्मिने कुरासँग सरोकार राख्दछ ?
१. बाइबलमा झण्डै नै सर्पलाई जहिले पनि परमेश्वरको शत्रु वा शैतानको सङ्केत दिइएको छ । तर तपाईंको विचारमा यो घटनामा किन येशूले सर्प र आपैmबीच समानन्तर चिन्हलाई कोर्नुभयो ?
२. नयाँ गरी जन्मिने सन्दर्भमा, पद १६ ले के सिकाउँछ ?
३. यदि समय भएमाः नयाँ जन्मको सम्बन्धमा कस्ता किसिमका गलत बुझाएहरू तपाईंका थिए ? यो पाठको प्रकाशमा ती छलफल गर्नुहोस् ।
सुशीको सन्देशः परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभएको कि उहाँले आफ्नो एक मात्र पुत्रलाई यस संसारमा पठाउनुभयो र उहाँमाथि विश्वास राख्ने कोही नष्ट हुँदैन भने, उसले अनन्त जीवन पाउनेछ ।
***
Downloads
Contact us
Webmaster