GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

६. जीवित पानी (४ः५–१९)



पृष्टभूमिः सामरीहरू भनेका ठिमाहाहरू थिए र त्यसैले गर्दा उनीहरू यहूदीहरूद्वारा घृणित प्रकारले हेरिएका थिए । यदि यो स्त्री यतिबेला झण्डै तीस वर्षकी पुगेकी थिइन् भने, तिनले झण्डै नै एक वर्षको अन्तरालमा एउटा पतिलाई फेर्ने गरेकी थिइन् भन्ने अनुमान लाग्छ ।

१. सुखार भन्ने ठाउँमा अन्य स्त्रीहरू घाम अस्ताइसकेपछि इनारतिर गएर पानी लिन जाने चलन थियो भने, किन यो स्त्रीचाहिँ मध्यान्नमा पानी लिन गएकी थिइन् होला ? (प्रत्येक दिन त्यसरी एक्लै पानी लिन जाँदा तिनलाई कस्तो महसुस भएको थियो होला ?)
  • यो स्त्रीले कोसँग मित्रता गाँस्न सक्दथिइन् ?
  • भविष्यबारे तिनले कस्तो किसिमको आशा तथा डरलाई बोकेर हिँडिरहेकी थिइन् ?

    १. कुनचाहिँ कठिन छः प्रत्येक प्रेमीलाई एकपछि अर्को गर्दै छोडेर जान वा सबैलाई एकैचोटी छोड्न ? आफ्नो तर्क दिनुहोस् ।
  • अनि यसरी छैठौं पटक नयाँ सम्बन्ध स्थापित गर्दा र यसपटकचाहिँ विवाहित मान्छेसँग सम्बन्ध स्थापित गर्दा, तपाईंको विचारमा तिनलाई कस्तो भयो होला ?
  • गाउँमा भएका कुनै परिवारको बच्चाहरूका बाबालाई त्यसरी आफ्नो शिकार बनाउँदा तिनले कसरी आफ्नो स्पष्टीकरण दिन सक्थिन होला ?

    १. तपाईंको विचारमा उक्त स्त्रीको स्वःचित्रण÷मानिसहरूसम्बन्धी सामान्य चित्रण÷प्रेमसम्बन्धी चित्रण कस्तो थियो होला ?
    २. यहूदी पुरुषहरूले स्त्रीहरूसँग सार्वजनिक थलोमा कहिल्यै पनि कुराकानी गर्दैनन् थिए र त्यो पनि एकल परिवेशमा त कदापि पनि होइन । किन येशू आलोचना तथा कुरा काट्ने जस्ता कुराहरूबारे चिन्तित हुनुभएन ?
  • किन येशूले स्त्रीसँग पानीको अनुरोध गर्दै वार्तालाप सुरु गर्नुभयो (पद ७) ?

    १. पद १० मा भएको येशूको वचनलाई कसरी स्त्रीले गलत प्रकारले बुझिन् ?
  • यो स्त्री कुन कुराको लागि तिर्खाएकी थिइन् ?
  • तपाईंको आफ्नै जीवनमा कुन कुराको लागि तपाईं अति नै तिर्खाउनुहुन्छ ? (मनमनै तपाईंले उत्तर दिन सक्नुहुन्छ ।)

    १. पद १४ मा भएको येशूका शब्दहरूलाई उहाँले व्यक्तिगततौरमा तपाईंलाई भनिरहनुभएको छ भन्ने अनुमानसाथ पढ्नुहोस् । तपाईंको वर्तमान परिस्थितिमा ती शब्दहरूले तपाईंलाई के बुझाउलान् ?
  • उसको उनको हृदयमा जीवित पानी बग्ने इनार भएको एउटा व्यक्ति कस्तो देखिन्छ होला ?

    १. स्त्रीको अनुरोधलाई प्रतिउत्तरदिँदै किन येशूले “जाओ गएर तिम्रो पतिलाई पनि बोलाएर ल्याऊ,” भनी भन्नुभयो (पद १५–१६) ?
  • पद १६ र १७ मा भएको शब्दहरूलाई फेरबदल नै नगरी यदि पद १८ को वचन स्त्रीलाई येशूले सिधैँ घोषणा गरिदिनुभएको भए, के हुन्थ्यो होला ?
  • जीवित पानी दिनुभन्दा अघि किन येशूले हाम्रा पापहरू हामीलाई देखाउन चाहनुहुन्छ ?

    १. येशूलाई आफ्नो सम्पूर्ण कथा थाहा पाएको सुन्दा, त्यस स्त्रीले कस्तो महसुस गरिँ ?
  • येशूले त्यस स्त्रीलाई निन्दा नगरी वास्ता गर्नुभएको थियो भन्ने कुरा कसरी त्यस स्त्रीले बुझ्न सकिँ ?

    १. यसरी कुराकानी बढ्दै जाँदा उहाँले अन्य धेरै मानिसहरूबाट लुकाएर राख्नुभएको यथार्थ अर्थात् आपूm मसीह भएको कुरा किन उहाँले स्त्रीको सामु प्रकट गर्नुभयो (पद २५–२६) ?

    २. पद २८ देखि ३० सम्म हेर्नुहोस् । तिनले येशूबाट जीवित पानी पाएको कुराको व्यवहारिक परिणामहरू के रहेका छन् ? (आफ्ना पापहरूप्रतिको तिनको स्वाभाव कसरी परिवर्तन भयो ? गाउँलेहरूसँगको तिनको सम्बन्धको बारेमा नी ?)

    खुशीको सन्देशः त्रूmस येशूले यसरी चिच्याउनुभयोः “मलाई तिर्खालाग्यो !” (यूहन्ना १९ः२८) । जीवित पानीको इनारको मालिक आपैm नै आफ्नो शरीर र प्राणले अत्याधिक पानी मागेको महसुस गर्नुभयो । अनि आज पनि हामीलाई दिइरहनुभएको जीवित पानीको मूल्य उहाँले त्यसरी नै चुकाउनुभयो ।








    ***

       
    Downloads    
    Contact us    
    Webmaster