GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

७ . चिन्हहरू, अच्चमका कामहरू तथा विश्वास (यूहन्ना ४ः४६–५४)



पृष्टभूमिः यो खण्डमा येशूको खोजी गर्ने अधिकारीले हेरोद एन्टिपासको निम्ति काम गर्दथ्यो । उनी तिनै व्यक्ति थिए जसले बप्तिस्मा दिने यूहन्नालाई पक्रेर र मारेका थिए । (बेलेहममा शिशुहरूको हत्या गर्ने हेरोद यिनको हजुरबाबा थिए । हेरोद पनि आधा मात्र यहूदी भएको हुनाले उनीहरू यहूदीहरूका माझ अत्याधिक अप्रख्यात थिए । कर्फनहुम र कानाबिचको दूरी ३८ किलोमिटर रहेका छ ।

१. आफ्नो छोरा बिमारी हुनुभन्दा पहिले यो शाही अधिकारीको जीवनको राम्रा र नराम्रा पक्षहरू के थिए होलान ?
२. किन यो अधिकारीले आफ्नो एउटा नोकरलाई पठाउनुको सट्टामा आपैm नै जाने बिचार गरे ?
  • तपाईं आपूm जुन ठाउँमा उभिरहनुभएको छ, त्यहाँबाट चालीस किलोमिटर टाढा रहेको स्थानबारे सोच्नुहोस् । कानासम्म हिँडेर जाने क्रममा, यस बाबाले के सोचिरहेका थिए होलान ?
    १. किन यो मान्छेलाई येशूको कृपा माग्नमा अति नै कठिन हुने थियो ?
  • येशूसमक्ष पुग्नमा अति नै कठिन लागेको कुनै समय थियो भने, त्यसबारेमा सोच्नुहोस् । किन तपाईंलाई त्यसो भएको थियो ?

    १. पद ४८ मा भएको येशूको वचनहरूको बाँकी कथासँग के सम्बन्ध रहेको छ ?
  • विश्वास गर्न सकियोस् भनेर चिन्हहरू र अच्चमका कामहरूको खोजी गर्नुमा के गलत हुन्छ र ?
  • तपाईंको विचारमा, पद ४८ मा भएको येशूको वचन यस मान्छेमा लागू गर्न सम्भव होला ? आफ्नो तर्कहरू प्रस्तुत गर्नुहोस् ।

    १. किन येशू यस व्यक्तिसँग कर्पmनहुममा जानुभएन, जबकि यस व्यक्तिले उहाँसँग त्यो अनुरोध गरेको थियो (पद ४७, ५०) ?
  • येशूसँगको भेटद्वारा कसरी यो व्यक्तिको विश्वास परिवर्तन भयो (पद ५०) ?

    १. उहाँको मद्दतलाई अनुभव गर्नुभन्दा पहिले नै परमेश्वरको वचनमा सरल प्रकारले विश्वास गर्न किन कठिन हुन्छ ?
  • परमेश्वरले गर्नुभएको कुन प्रतिज्ञालाई यतिबेला तपाईंले दाबी गर्नु आवश्यक छ ?
  • उक्त ठीटो निको भएको समय किन हाम्रो लागि बाइबलमा उल्लेख गरिएको छ (पद ५२) ?
  • यदि येशूले भन्नुभएको समयमा नै उक्त ठीटो निको नभएको भए, त्यसले उसको पितालाई कस्तो प्रभाव पार्दथ्यो होला ?
  • यो खण्डअनुसार, “विश्वास” को अर्थ के हुन्छ ?
  • तपाईंको आफ्नै विश्वासलाई यस पितासँग तुलना गर्नुहोसे ?

    १. यो घटनाले हामीलाई येशूको वचनबारे के सिकाउँछ ?
  • परमेश्वरको वचनबिना नै सङ्कष्टमा पर्नु तथा सङ्कष्टमा परेको बेलामा उहाँका प्रतिज्ञाहरूमा अडान लिनुबीच के भिन्नता रहेको छ ?
    १. येशू आपैm नै मृत्युको नजीक पुग्दा किन येशूले आफ्नो शक्तिशाली वचनलाई प्रयोग गर्नुभएन ?

    खुशीको सन्देशः परमेश्वरको वचन यति शक्तिशाली छ कि उहाँले त्यसको मूल्य चुकाउनुभयोः एउटा अधिकारीको छोराचाहिँ बाँच्न सक्यो जबकि परमेश्वरको पुत्रचाहिँ उसको ठाउँमा मर्नुप¥यो ।





















    ***

       
    Downloads    
    Contact us    
    Webmaster