GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

९. जीवनको रोटी (यूहन्ना ६ः१–१५)



पृष्टभूमिः पद १४ मा, मानिसहरूले सङ्केत गरिरहेका अगमवक्ता भनेको मोशाले यस संसारमा आउनेछन् भनी अगमवाणी गरेका जन नै हुन् । यो अगमवक्ताचाहिँ मोशाभैंm हुने थिए (व्यवस्था १८ः१५ र १८) । किनकि मानिसहरूले मोशाको समयमा मरुभूमिमा मनन् खाएका थिए । अनि यो नयाँ अगमवक्ताले पनि त्यस्तै किसिमको अच्चमका काम निश्चय नै गर्न सक्नुहुने थियो । त्यतिबेला, पाँच रोटीहरू तथा दुईओटा माछाले एक छाकको भोजनलाई सङ्केत गर्दथ्यो ।

१. येशूको ख्यातिको राज के थियो (पद) ?
  • किन येशूको ख्याति लामो समयसम्म रहेन ?
  • त्यस्ता ख्याति पाएका मानिसहरूका लोकप्रियता हराउन थालेपछि उनीहरूले के गर्छन् होला ?

    १. किन येशूले आफ्ना चेलाहरूका विश्वासीको घरीघरी जाँच गरिरहनुभयो (पद ५–६) ?
  • तपाईंको विचारमा के यी चेलाहरू यस्ता किसिमको जाँचहरूले गर्दा आफ्ना विश्वासमा परिपक्व भएका थिए होलान ?
  • आर्थिक कठिनाइद्वारा कसरी परमेश्वरले तपाईंको विश्वासको जाँच गर्नुभयो ? (तपाईंले मनमनै जवाफ दिन सक्नुहुन्छ ।)
    १. येशूको समयको २०० दिनारी पैसा भनेको करिब आठ महिनाको ज्याला जतिकै नै हो । यदि आठ महिनाको तलबले आजको हाम्रा दिनमा, आपूm बसेको देशका मानिसहरूलाई भोजन किनिदिने हो भने, त्यसले कतिजनालाई खुवाउन सकिन्छ होला ? (पद ७) ।
    २. आफ्नो भोजन कुनै एउटा चेलालाई दिन इच्छुक हुँदा त्यस ठीटाले कस्तो महसुस ग¥यो होला (पद ९) ?
  • उक्त ठीटोको बारेमा अन्द्रियासले येशूलाई वृत्तान्त सुनाउँदा, के उनले अच्चमको काम अपेक्षा गरेका थिए ? आफ्नो तर्क दिनुहोस् ।

    १. आपूmसँग भएका धेरैथोरै खानाहरू आफ्ना छिमेकीहरूसँग बाँड़चूँड़ गरेको हुनाले नै भोजन ५००० ले भन्दा बढीले खान सके भनी कतिपय ईश्वरशास्त्रीहरूले बहस गर्छन् । यो व्याख्या गलत हो भन्ने कुरा खण्डको कुन कुराले देखाउँछ ?
  • किन यो अच्चमको कामलाई त्यति महत्वपूर्ण ठानियो कि चारैओटा सुसमाचारका पुस्तकहरूमा ती लेखिएका छन् ?


    १. इतिहासभरि नै हेर्दा, कस्ता शासनकर्ताहरूलाई मानिसहरूले रुचाएको देखिन्छ (पद १५) ?
  • आपूm दाऊदको वंशबाट आएको हुनाले उहाँले आपूm यहूदीहरूका राजा भएको दाबी गर्न सक्ने भए तापनि, किन यतिबेला मानिसहरूले चाहे तापनि उहाँ राजा बन्न रुचाउनुभएन ?
    १. आज पनि मानिसहरूले येशूबाट के कुरा पाएको अपेक्षा राख्छन् ?
  • कसरी तपाईंले येशूबाट सबैभन्दा बहुमूल्यको कुरा पाउने अपेक्षा गर्नुहुन्छ ?
  • येशूले अच्चम प्रकारले मानिसहरूलाई भोजन खुवाउनुभएको घटनाले व्यक्तिगततौरमा तपाईंसँग के बोल्दछ ?
    १. यो निश्चित अच्चमको कामलाई उनीहरूले महसुस गर्ने मौका पाइसके तापनि, किन मानिसहरूले अभैm पनि उहाँबाट अच्चमका चिन्हहरूलाई खोजिनै रहे (पद ३०) ?
    २. यो अच्चमका कामपछि उहाँले आपैmलाई जीवनको रोटी हुँ भनेर भन्नुको के अर्थ थियो (पद ३५) ?

    खुशीको सन्देशः पद ४८ देखि ५१ सम्म पढ्नुहोस् । ५००० लाई खुवाएको घटनाले येशू आफ्नै बारेमा बताउँछ । जस्तै कि कसरी उहाँ जीवनको रोटी बन्नुभयो भनी । उहाँले दिनुहुने रोटी खाएर कहिल्यै नमरौं भनी येशूले आफ्नो जीवन बलिदान दिनुभयो । जीवनको रोटी ले प्रभुभोजको रोटीलाई पनि सङ्केत गर्दछ ।
















    ***

       
    Downloads    
    Contact us    
    Webmaster