१०. लुकेको मसीह (यूहन्ना ७ः४०–५२)
पृष्टभूमिः पद ४०मा भएको अगमवक्ताले पुनः नयाँ मोशालाई सङ्केत गर्दछ र विगत एक हजार वर्षदेखि उहाँ प्रकट हुने अपेक्षामा यहूदीहरू रहिरहेका थिए (व्यवस्था १८ः१५, १८) ।
१. यो खण्डमा के कस्ता मानिसका समूहलाई देखिन्छ ?
यी मानिसहरूले येशूका निम्ति के कस्ता कदमहरू चाल्ने थिए होलान् ?
१. उहाँ नै मसीह हुनुहुन्थ्यो भनी येशूका समकक्षीहरूले के आधारमा तय गर्न सक्दथे ?
किन येशूले हरेक व्यक्तिको अघि आपूm नासरतमा हुर्केको, तर दाऊदको वंशबाट आएको बेथलेहममा जन्मिएको हुँ भनी भन्नुभएन (पद ४१–४२) ?
१. उहाँ यस पृथ्वीमा रहनुहुँदा उहाँलाई मसीह भनेर विश्वास गर्न जति गाह्रो थियो, त्यति नै सजिलो अहिले छ भनी के तपाईंले विश्वास गर्नुहुन्छ ? आफ्ना तर्कहरू दिनुहोस् ।
२. येशू नै मसीह हुनुहुन्थ्यो भन्ने कुरालाई किन उहाँले लुकाउनुप¥यो ? (यदि सुरुदेखि नै येशू नै मसीह हुनुहुन्थ्यो भन्ने यथार्थलाई स्पष्ट बनाइदिनुभएको भए, त्यसले कस्तो प्रभाव पार्ने थियो होला ?)
३. किन कुनै व्यक्तिलाई समूहको शक्तिको विरुद्ध खडा हुन कठिन हुन्छ (पद ४५–४८) ?
४. पद ४९ ले फरिसीको चिन्तनबारे हामीलाई के कुरा प्रकट गर्छ ?
५. पद ४५ देखि ५२ सम्म भएको कुराले परिषद्को भेलामा फरिसीहरूले सायद के गर्ने योजना बनाएका थिए होलान् ?
येशूले गर्नुभएको अच्चमका कामहरूको सट्टामा, किन येशूको वचनले मन्दिरका पहरेदारहरूलाई प्रभावित पा¥यो होला (पद ४६) ?
१. यदि निकोदेमस शान्त भएर नबसेको भए के हुने थियो होला (पद ५०–५१) ?
सुरुदेखि नै निकोदेमस राती मात्र आउने गर्दथे किनकि उनी अन्य फरिसीहरूसँग डराउँथे । आफ्नो विचारमा भएको कुरा बताउने सहास उनमा कहाँबाट जुट्यो होला ?
यदि सबै जना तपाईंसँग असहमत भएमा, के तपाईंले आफ्नो निश्चयतालाई अभिव्यक्त गर्न सहास जुट्न सक्छ होला र ?
१. तपाईंको विचारमा, के निकोदेमसका प्रश्नहरूको अपेक्षित जवाफ मिलेको थियो ? यदि थियो भने, ती के थिए ?
अरूका कठोर आलोचनासाथ उनको कुरा समाप्त भयो । के तपाईंको विचारमा निकोदेमसले बताएका कुराप्रति पछि उनले पछुतो माने (पद ५२) ? आफ्नो तर्क उल्लेख गर्नुहोस् ।
१. (यदि तपाईंसँग समय भएमा) यदि बहुसङ्ख्यीय मानिसहरूले गलत निर्णय लिने लागीरहेको बेलामा, तपाईं एउटा व्यक्तिको जिम्मेवारी के हुन्छ ?
आपूm नै मसीह भएको कुरालाई किन येशूले सार्वजनिक रूपमा प्रकट गर्नुभएन, अर्थात् परमेश्वरले प्रकट गराउनुभएन ?
Downloads
Contact us
Webmaster