GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

११. येशू एक मार्गनिर्देशक (यूहन्ना ८ः१–११)



पृष्टभूमिः मोशाको व्यवस्थाअनुसार, व्यभिचारमा पक्रिएका पुरुष तथा स्त्रीलाई ढुङ्गाले हानेर मार्नुपर्ने हुन्थ्यो (लेवी २०ः१०) । तर, इस्राएल पनि रोमी साम्राज्यभित्र पर्ने हुनाले, उक्त मुद्दा आफ्नो नियन्त्रणमा भएको रोमीहरूले ठान्दथे ।

१. कुन कुराले एउटा व्यक्तिलाई व्यभिचार गर्ने बनाउँछ ? विभिन्न कारणहरूबारे सोच्नुहोस् ।
  • आफ्नो नयाँ प्रेमिकालाई पाइसकेपछि, यो स्त्रीको जीवन कस्तो भएको थियो होला, कल्पना गर्नुहोस् । यो सम्बन्धले तिनको जीवनमा कस्तो किसिमको खुशी÷पीडा ल्याएको थियो ?
    १. तपाईंको विचारमा, व्यभिचार गर्दा गर्दै पक्रियो भने, कस्तो दुर्दशा हुन्थ्यो होला ?
  • आपूmलाई त्यसरी एक्लै छोडेर भाग्ने व्यक्तिको बारेमा यस स्त्रीले कस्तो सोचिन् होला ?
  • अनि यस्तो अवस्थामा, उक्त पुरुष (जो सायद विवाहित थियो) ले पनि सामना गर्नुपरेको सबैभन्दा कठिन कुरो के थियो होला ?
    १. यो घटनामा धेरै मानिसहरू सङ्लग्न थिए । व्यभिचार तथा त्यसले ल्याएको दण्डबारे निम्नलिखित मानिसहरूले कस्तो महसुस गरे होलान्, सोच्नुहोस् ।
  • एउटा पत्नीको पति, तिनका बालबच्चाहरू, अभिभावकहरू (यदि उनीहरू जीवित थिए भने) आदिले ? तिनको प्रेमिकाको पत्नी तथा उसका बच्चाहरूले ?
  • त्यसमा सङ्लग्न बच्चाहरूका भविष्यलाई उक्त घटनाले कस्तो प्रकारले असर गर्न सक्दथ्यो होला ?
    १. उक्त स्त्रीलाई घिसारेर येशूसमक्ष ल्याइँदा, तिनले कस्तो महसुस गरिनँ (पद ३–५) ?
  • त्यतिबेला, उक्त स्त्रीले आपूmले गरेको व्यभिचारबारे कस्तो महसुस गरिनँ ?

    १. किन यहूदीहरूले त्यस स्त्रीलाई येशूको अघि घिसारेर पु¥याए, जबकि मृत्युदण्डजस्तो कुराको पैmसला रोमीहरूका हातमा मात्र रहेको कुरा उनीहरूलाई थाहा थियो ?
  • किन येशूले पद ७ मा भएको कुरा भन्नुको सट्टामा, यसो भनेर जवाफ दिनुभएनः “तिमीहरूमध्ये कसैलाई पनि यो स्त्रीलाई ढुङ्गाले हान्ने अधिकार छैन ।”
    १. ती अभियोगीहरू पद ९ मा उल्लेख गरिएको क्रमानुसार त्यहाँबाट गए । किन होला ?
  • आपूmले बताएको कुराको असरलाई मानिसहरूमा खोज्नुको सट्टामा, किन येशूले निहुँरिएर केवल लेख्ने मात्र काम गरिरहनुभयो ?
    १. यस स्त्रीलाई मृत्युदण्डको दोषी ठहराउने अधिकार किन केवल येशूमा मात्र रहेको थियो ?
  • किन येशूले यहाँ मोशाको व्यवस्थाअनुसार कदम चाल्नुभएन ?

  • त्यसरी धेरै मानिसहरूका खुशीलाई नष्ट गरेकी यस स्त्रीले पाउनुपर्ने दण्डलाई के भयो ?

    १. येशूले त्यसरी भूईंमा लेखिरहनुहुँदा, त्यस ठाउँबाट भाग्ने प्रशस्त समय त्यस स्त्रीको हातमा भए तापनि, किन त्यो त्यहाँबाट भागिन् (पद ८–९) ?
  • आफ्ना पापहरू क्षमा दिइएको कुरा तिनले कहिले विश्वास गर्न थालेकी थिइन् ?

    १. पद ११ मा भएको वचनहरू किन येशूलाई भन्न मन लाग्यो होला ?
  • पद ११ को शब्द येशूले तपाईंलाई पनि भनिरहनुभएको छ । तपाईंको वर्तमान परिस्थितिमा, ती शब्दहरूले के कस्ता अर्थ दिन्छन् ?

    खुशीको सन्देशः भूईंमा येशूले के लेख्नुभयो भनी हामीलाई बताइएको छैन । सायद उहाँले एउटा न्यायधीशको भूमिका निभाउँदै व्यभिचारको निम्ति कानुनले दिने दण्डलाई लेखिरहनुभएको थियो होला । अनि दोस्रो पटक पनि निहुँरिएर सायद उहाँले यी शब्दहरूः “तिनको स्थानमा रहेर तिनको पापलाई म बोक्नेछु ।”
















    ***

       
    Downloads    
    Contact us    
    Webmaster