१२. संसारको ज्योति (यूहन्ना ९ः१–७, १८–२३ र ३५–४१)
पृष्टभूमिः येशूले गर्नुभएको अच्चमका कामहरूमा अन्धोको आँखाहरू खोल्ने क्रममा, जतिधेरै प्रख्यात हुनुभयो, त्यतिधेरै अन्य कुनै पनि कामहरूमा हुनुभएन (यूहन्ना ९ः३२, १०ः२१, ११ः३७) । यदि कुनै व्यक्ति अन्धो भएर जन्मिन्छ भने, उसका आँखाहरू राम्रोसँग विकास भएका हुँदैनन् । त्यसको सट्टामा उसका सुन्ने शक्तिचाहिँ अति नै मजबुत हुन्छ ।
१. पद १–७
यस्ता कमजोरीका साथ जन्मिने बच्चाको अभिभावकहरूका जीवन कस्तो हुन्छ होला ?
त्यस्ता अभिभावकहरूले उनीहरूका परिस्थितिहरूसँग कसरी जुधेका थिए होलान भन्ने अनुमान तपाईंले लगाउनुहुन्छ र त्यसले तपाईंलाई कस्तो प्रभाव पार्छ ?
यो अन्धो भिखारीको दैनिकी कस्तो प्रकारले गुज्रिरहेको थियो भनी तपाईंले कल्पना गर्नुहुन्छ ।
परमेश्वरप्रतिको प्रेमबारे यो व्यक्तिले के ठान्दथ्यो होला ?
आफ्नो त्यस्तो असक्तपनाप्रति बाटोमा हिँड्ने मानिसहरूले समेत टीकाटिप्पणी गरेको उसले सुनेको थियो । के कसैलाई त्यस्तो किसिमको टीकाटिप्पणी सुन्ने बानी परेको हुन्छ जुन पद २ मा चेलाहरूले गरेको प्रश्नमा पाइन्छ ?
आफ्ना वरिपरि भएका सङ्कष्टको दोष किन हामी सधैँ अरूमा मात्र थुपार्ने गर्छौं ?
तपाईंको आफ्नो वा परिवारमा भएको कसैको दुःखको कारण अरूको गल्तीले गर्दा हो भन्ने सोच कस्तो परिस्थितिले गर्दा तपार्इं उत्पन्न गरायो ?
चेलाहरूका प्रश्न (पद ३–५) मा, येशूको उत्तरलाई सुनेर उक्त भिखारीले कस्तो महसुस ग¥यो होला ?
तपाईंको विचारमा, परमेश्वरको कामलाई तपाईंको आफ्नै जीवनमा कसरी तपाईंले उत्तम प्रकारले प्रकट गर्न सक्नुहुन्छ होला (पद ३) ?
कुनै अन्जान मान्छे आएर आफ्नो आँखामा माटो दल्दा पनि किन उक्त व्यक्तिले विरोध गरेन (पद ६) ?
किन येशूले उक्त व्यक्तिलाई तत्कालै त्यही नै निको पार्नुभएन ? बरु, त्यसको सट्टामा उसलाई बाटो पहिल्याउँदै सिलोआमको पोखरीतिर जाने सल्लाह दिनुभयो ।
१. पद १८–२३ । अभिभावकहरूका प्रतिक्रिया । सभाघरबाट बाहिर राखिनु भनेको व्यापक समुदाय (सन्दर्भ विवाह तथा दाहसंस्कारजस्ता कुराहरूबाट अलग राख्नु पनि भनिएको हो) बाट बाहिर राखिनु भनेको पनि हो ।
पद २ मा भएजस्तो टिप्पणीप्रति कसरी अभिभावकहरूले प्रतिउत्तर दिने थिए होलान ?
किन अभिभावकहरू आफ्नो छोराको चङ्गाईमा त्यति खुशी भएजस्तो देखिँदैनन् ?
आफ्ना अभिभावकहरूका विपरीत किन चङ्गाई पाएको व्यक्ति सभाघरबाट बाहिर राखिने कुरादेखि त्यति डराउँदैनन् (पद २२) ?
यदि तपाईंले आपैmलाई उनीहरूका अभिभावकहरूका स्थानमा राख्ने हो भने, कसरी तपाईंले प्रतिउत्तर दिनुहुने थियो होला ?
१. पद ३५–४३ः येशू तथा चङ्गाई पाएको व्यक्तिबीच दोस्रो जम्काभेट ।
तपाईंको विचारमा किन येशूले यो व्यक्तिसँग पुनः एकपटक कुराकानी गर्न चाहनुभयो होला ?
किन येशूले “के तिमीले मान्छेको पुत्रमाथि विश्वास गर्छाैं भनेर सोध्नुको सट्टामा, तिमीले ममा विश्वास गर्छौं भनेर सोध्नुभएन (पद ३५) ?”
येशूले आज पनि त्यही नै प्रश्न तपाईंलाई सोधिरहनुभएको छ । तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुन्छ ?
येशू नै संसारको ज्योति हुनुहुन्छ भनेर के भन्न खोजिएको हो (पद ५) ?
पद ३९ ले के भन्न खोजेको छ ?
आपैm नै संसारको ज्योति भए तापनि, किन येशूले नरकको अन्धकारलाई अनुभव गर्नुप¥यो ?
खुशीको सन्देशः परमेश्वरको काम तपाईं तथा तपाईंको आफन्तको जीवनमा प्रकट भएको होस् भनेर तपाईं तथा तपाईंको आफन्तहरू सतावटमा परेका हुन सक्छन् । आज तपाईंलाई येशूले व्यक्तिगततौरमा दिनुभएको वचनस्वरूप ३ पदलाई आफ्नो जीवनमा अप्नाउनुहोस् ।
***
Downloads
Contact us
Webmaster