GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१३. असल गोठालो (यूहन्ना १०ः१–१६)



१. पद १–६ । यतिबेलासम्म येशूले आफ्नैबारेमा चर्चा गरिरहनुभएको थियो भनेर उहाँले प्रकट गरिसक्नुभएको छैन । तसर्थ, तपाईंले आफ्नो बाइबल अध्ययनमा शाब्दिक अर्थलाई अप्नाउँदै गोठालो तथा उसका भेड़ाहरूका बारेमा छलफल गर्नु असल हुनेछ ।
  • यी ६ ओटा पदहरूअनुसार एउटा भेडाको के कस्ता स्वभावहरू हुन्छन् ?
  • यी पदहरूअनुसार, एउटा गोठालोमा कुन कुराहरू विशिष्ट हुन्छन् ?
  • किन एउटा गोठालाहरूलाई सजिलै परिवर्तन गर्न सकिँदैन ?
  • गोठालो र चोरमा के कस्ता भिन्नताहरू छन् ?
  • एउटा भेडाको जीवनमा, गोठालोको के भूमिका हुन्छ ?

    १. पद ७–१० । चोरहरू, डाकुहरू तथा ढोकाहरू ।
  • येशू नै ढोका हुनुहुन्छ भन्नाले के बुझिन्छ ? (उहाँ कहाँ जाने ढोका हुनुहुन्छ ?)
  • पद आठमा उहाँले कसलाई सङ्ेकत गरिरहनुभएको छ ?
  • किन कुनै मान्छे इसाई सङ्गतिमा ढोकाबाट नआइकन “पर्खाल नाँघेर” आउन चाहन्छन् होला (सन्दर्भ, पद १ लाई पनि हेर्नुहोला) ?
  • इसाई सङ्गतिभित्र पनि मानिसहरूलाई “चोर्ने, मार्ने र नष्ट” व्यक्तिहरू हुन्छन् भनी येशूले के भन्न खोज्नुभएको हो ?
  • के यी शब्दहरू तपाईंको आफ्नै जीवनमा पनि प्रसङ्गिक छन्ः “म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ (पद १०) ।”

    १. पद ११–१३ः यतिबेला मात्र येशूले यहाँ आपैmलाई एउटा असल गोठालोका रूपमा चर्चा गर्नुभएको छ र पुरानो नियमको धेरैजसो अगमवक्ताहरूले उहाँको त्यो भूमिकाबारे लेखेका छन् (इजकिएल ३४ र भजन २३) ।
  • साँचो तथा ज्यालादारी गोठालोबीच के कस्ता भिन्नताहरू छन् ? (किन यस्ता ज्यालादारीहरूले उक्त कामलाई पहिलो चरणमा नै स्वीकार गरे होलान ?)
  • “ज्यालादारी” भनेर येशूले के भन्न खोज्नुभएको छ ?
  • येशू तथा एउटा असल गोठालोबीच रहेका जतिसक्दो धेरै सम्भाव्य समानताहरूलाई पत्तो लगाउनुहोस् ।
  • आफ्नो कुकुरको लागि आफ्नो जीवनलाई बलिदान दिने एउटा बच्चाबारे तपाईंले के सोच्नुहुन्छ होला ?
  • पशुहरूका लागि मान्छे मर्ने वा मानिसहरूका लागि परमेश्वरको पुत्रले आपैmलाई बलिदान दिने दुई कुराहरूमा कुनचाहिँले बढी अर्थ दिन्छ होला ?
  • तपाईंको निम्ति किन येशू मर्न तयार हुनुभयो होला ?
  • इसाईहरूका माझ व्वाँसोहरूलाई पाइने एउटा उदाहरण दिनुहोस् ।
  • इसाई सङ्गतिमा पाइने “व्वाँसाहरू” सँग कसरी आजका गोठालाहरूले लडाईं गर्न सक्छन् ?

    १. पद १४–१६ः एउटा असल गोठालाको बारेमा जान्नु ।
  • कसरी भेडा र गोठालोले एक–अर्कालाई चिन्न सक्छ ? (कसरी येशूले हामीलाई र हामीले उहाँलाई चिन्न सक्छौं ?)
  • येशूको वचनबारे यो खण्डले हामीलाई कसरी सिकाउँछ (३, ४, ५, ८, १६) ?
  • कसरी हामीले येशूको आवाजलाई अरूका आवाजहरूबाट छुट्टयाउन सक्छौं ?
  • संसारभरिका इसाईहरूमाझ रहेको सामान्य समस्या भनेको के हो (पद १६) ?
  • कसरी हामीले उहाँको मृत्युबारे चर्चा नगरी उहाँ एक असल गोठालो हुनुहुन्छ भनी भन्न सक्छौं ?

    खुशीको सन्देशः अगुवाले इजकिएल १२ः७, १३ पढिदिनुहोला । यो पाठले भेडालाई ढोकाको तस्विरसँग जोडेर हेर्छ र कसरी येशू आपैm नै ढोका र मूल ढोका बन्नुभयो भन्ने कुरा सिकाउँछ ।











    ***

       
    Downloads    
    Contact us    
    Webmaster