१४. पुनरुत्थान र जीवन (यूहन्ना ११ः१–५ र ३२–४६)
पृष्टभूमिः जब येशूले लाजरस बिमारी भएको कुरा सुन्नुभयो, तब उहाँ बेथानीबाट एकदिने यात्राको दूरीमा हुनुहुन्थ्यो ।
पद १–५
१. येशूले तिनीहरूलाई प्रेम गर्नुभयो भन्ने कुरा कसरी यी तीन सन्तानहरूले जानेका थिए (पद ३ र ५) ?
येशूले तपार्इं र तपाईंको परिवारलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा कसरी तपार्इंले थाहा पाउनुहुन्छ ?
१. किन येशूले लाजरसलाई निको पार्न तत्कालै जानुभएन ?
पद ४ मा भएको शब्दहरूद्वारा येशूले के भन्न चाहनुभयो ?
के तपाईंको आफ्नै सङ्कष्टबारे पनि येशूले पद ४ मा भएको शब्दहरू नै बोलिदिनुभयो भने, तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ होला ?
पद २५–२६
१. यी पदहरूले के बुझाउँछन् ?
किन येशूमा विश्वास गर्नेहरू मृत्युसँग डराउनुपर्दैन ?
पद ३२–४६
१. पद ३२ मा भएको येशूको शब्दहरूलाई सुन्ने क्रममा, मरियमलाई कस्तो भयो होला ? विभिन्न सम्भाव्यताहरूको चर्चा गर्नुहोस् ।
२. किन येशू “आत्मामा ज्यादै व्याकुल हुनुभयो ?”
३. येशू तिनीसँगै रुनुभयो भन्ने भन्नाले मरियमले कसरी बुझिन होला (पद ३५) ?
येशू जसलाई तपाईंले चिन्नुभएको छैन रपनि उहाँ तपाईंसँगै तपाईंको आफ्नो प्रियजन मरेको कारणले वा तपाईंको जीवनमा आएका दुःखको कारणले रुनुभयो भन्नाले के बुझ्नुहुन्छ होला ?
१. चिहानको ढोकालाई खोल्ने क्रममा, मार्थाले के सोचिन होला (पद ३८–३९) ?
के आफ्नो मरेको भाइलाई जीवित पार्नुहुने थियो भनी मार्थाले विश्वास गरेकी थिइन् ? तपाईंले आफ्नो कारण दिनुहोस् ।
पद ४० मा भएका शब्दहरूद्वारा येशूले के भन्न चाहनुभयो ?
१. पद ४१–४२ मा भएको प्रार्थनामा येशूले के कुरा माग्नुभयो ?
लाजरस चिहानबाट बाहिर आउने क्रममा, त्यहाँ उपस्थित भएका मानिसहरूले के ठाने होलान (पद ४३–४४) ?
१. लाजरसको चिहानमा भएको घटनाहरूद्वारा कसरी मार्था र मरियमको विश्वासमा परिवर्तन भयो ?
त्यहाँ उपस्थिति यहूदीहरूलाई कसरी यस अच्चमको कामलले प्रभाव पा¥यो (पद ४५–४६) ?
यस्तो किसिमको अच्चमको कामको साक्षीलाई सुने तापनि किन कतिपय मानिसहरू उनीहरूका आफ्नै अविश्वासमा अडिक भइरहन्छन् ?
१. यसरी मृत्युबाट पुनःजीवित भएकोमा लाजरसले कस्तो ठाने होलान ?
यसरी मृत्तकबाट जीवित पार्नुभएकोमा उहाँले पुनः एकदिन त्यसको मुल्य चुकाउनुहुने थियो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि किन येशूले तिनलाई मृत्युबाट जीवित पार्नुभयो (पद ५३) ?
खुशीको सन्देशः येशूले मरेको मान्छेलाई जीवित पार्नुभयो किनकि उहाँले पापको ज्याला मृत्युलाई आपैmले स्वयम् तिर्नुभएको थियो । त्यसैले यो घटनाको ठीक के समयपश्चात् नै येशूले आफ्नै मृत्युद्वारा लाजरसको पापको प्रायश्चित गर्नुभयो । त्यसैकारणले येशू आज तपाईंको निम्ति, मेरो निम्ति तथा हाम्रा प्रियजनहरूका निम्ति पुनरुत्थान हुन सक्नुभएको छ ।
***
Downloads
Contact us
Webmaster