GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१५. मरेको गहुँको दाना (यूहन्ना १२ः२०–३३)



१. किन ग्रीकहरूले आफ्ना अनुरोधलाई प्रत्यक्षसँग येशूमा राखेनन् (पद २०–२१) ?
  • किन फिलिपले येशूसमक्ष आफ्नो अनुरोधलाई प्रत्यक्ष राखेनन् (२२) ?

    १. “आफ्नो जीवनलाई प्रेम गर्नु” भन्नाले के बुझिन्छ (२५) ?
  • यस संसारमा “आफ्नो जीवनलाई घृणा गर्नु” भन्नाले के बुझिन्छ ?
  • यदि मानिसजातिहरूले उनीहरूका जीवनमा ती कुराहरूलाई प्रमुख लक्ष्यको रूपमा राख्दा किन उनीहरू खुशी हुन सक्दैनन् ?
  • चेलाहरूका अनुभवमा पद २६ को अर्थ के हुन्छ ?
  • कसरी तपाईंले पद २६ लाई आफ्नो जीवनमा अप्नाउन सक्नुहुन्छ ?

    १. यतिबेला येशूको मनमा कस्तो किसिमको द्वविधा थियो होला (पद २७–२८) ?
  • (येशूले कस्तो किसिमको विकल्पबाट छनोट गर्नुपरेको थियो ?)
  • येशू यो संसारमा आउनुभन्दा धेरै पहिले नै मानिसका पापहरूका लागि मर्ने निधो गरिसक्नुभएको थियो । तर, किन उहाँ यो परिस्थितिमा त्यति व्याकुल हुनुभयो त ?
  • किन येशूले गहुँको दानाभैंm भूर्इंमा गाडिन रुचाउनुभयो ?

    १. आपैmलाई मात्र लाभ हुने खुशीयाली जीवन तथा अरूलाई समेत आशिषित् बनाउन सकिने कष्टले भरिएको जीवनबीच छनोट गर्न लगाइयो भने, कुनचाहिँ तपाईंले छान्नुहुनेछ होला ? तपाईंले आफ्नो कारणहरू दिनुहोस् ।
    २. तपाईंको आफ्नै सङ्कष्टबारे के येशूले यसरी भन्नुभएको कुरा भन्न सक्नुहुन्छः “यसै कारणले नै म यस घटीसम्म आइपुग्न सकेको छु” (पद २७) ? आफ्नो तर्क दिनुहोस् ।
    ३. येशूले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण लक्ष्य के राख्नुभयो (पद २८–२९) ?
  • आफ्नो पुत्रको मृत्युमा कसरी परमेश्वर पिताको नाउँ अति नै महिमित हुन सक्दथ्यो ?

    १. पद ३१ र ३२ ले कस्तो अर्थ दिन्छ ?
    २. फिलिप र अन्द्रियासको अनुरोधप्रति येशूले कसरी उत्तर दिनुभयो (२३–३३) ?

    खुशीको सन्देशः हाम्रो निम्ति उहाँले राख्नुभएको प्रेमको कारण येशूले आफ्नो जीवन दिनुभयो । त्यसो भए के हामीले पनि उहाँलाई प्रेम गरेको कारण आफ्नो जीवनलाई बलिदान दिनुपर्ने होइन र ?


















    ***

       
    Downloads    
    Contact us    
    Webmaster