१६. मालिक एक नोकरको रूपमा (यूहन्ना १३ः१–१७)
पृष्टभूमिः येशूले एउटा कोठा भाडामा लिनुभयो र त्यहाँ आफ्नो चेलाहरूसँग अन्तिम भोज खान चाहनुभयो । त्यहाँ पानी, बाटा तथा तौलिया थियो तर खाना खानुभन्दा अघि सबैको खुट्टा धोइदिने कार्यको लागि कुनै नोकरहरू त्यहाँ थिएनन् । मानिसहरू अलि ढल्केर खाना खान बस्ने भएको हुनाले, यदि कसैको खुट्टा धोइएको हुँदैन थियो भने, त्यसलाई देखेर भोक हराउन सक्ने थियो ।
१. भोलिपल्ट आपूm मर्नुहुने थियो भन्ने कुरा येशूलाई थाहा थियो । यदि तपाईं भोलि मर्नुहुुने थियो भनी जानेको भए तपाईंले आज के गर्नुहुने थियो होला ?
पद ३ को बाँकी कथासँग कस्तो सम्बन्ध छ ?
१. किन कुनै पनि चेलाहरूले नोकरको भूमिका निभाउन चाहेनन् ? (चेलाहरूमा भएका सबैभन्दा कान्छोले समेत किन त्यो कार्य गर्न रुचाएन ?)
किन हामी मानिसजातिलाई ओहदा प्रणाली त्यति महत्वपूर्ण भएको छ होला ?
१. खुट्टा नै नधोइकन निस्तार चाडलाई सुरु गर्ने सम्बन्धमा, चेलाहरूले कस्तो विचार गरे होलान ?
उनीहरूले खान थालिसकेपछि मात्र येशूले उनीहरू खुट्टाहरू धुन थाल्नुभयो । किन होला (पद ४) ?
१. यो कार्यद्वारा येशूले आफ्नो बारेमा के कुरा प्रकट गर्न चाहनुहुन्थ्यो ?
२. यदि तपाईंले अघिबाट नै इन्कार गरिसक्नुभएको कुरालाई येशूले गर्न थाल्नुभयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?
३. किन पत्रुसले आफ्नो खुट्टा येशूलाई धुन दिन चाहेनन् (पद ६–८) ?
पद ८क मा भएको शब्दहरूले पत्रुसबारे के कुरा प्रकट गर्छ ?
यदि कुनै व्यक्ति येशूद्वारा धोइन चाहँदैन भने, त्यो व्यक्ति येशूको अंश हुन सक्दैन । किन ? (पद ८)
१. किन पत्रुसले एक्कासी आफ्ना खुट्टाहरूका साथसाथ आफ्ना हातहरू तथा टाउको पनि धोइयोस् भन्ने इच्छा गरे (पद ९) ?
पद १० मा, पत्रुसलाई दिइएको प्रतिउत्तरद्वारा येशूले के बुझाउन खोज्नुभएको छ ? (“नुहाएकाहरू” तथा “खुट्टा धोइएकाहरू” भनेर के भन्न खोजिएको छ ?)
येशूले तपाईंका पापहरू धोइदिनुभएको छ भनेर के तपाईंले भन्न सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने, कहाँ र कहिले त्यो भएको थियो होला त ?
१. किन येशूले यहूदाको पनि खुट्टा धुन चाहनुभयो (पद २,११) ?
आफ्नो अघि येशूले निहुँरिएर खुट्टा धुन लाग्दा यहूदाले कस्तो महसुस गरे ?
के यहूदाले येशूलाई विश्वास गरे (पद १०) ?
यहूदाको ठूलो गल्ती के थियो ?
१. येशूले हाम्रो अघि यहाँ देखाइदिनुभएको उदाहरणलाई कसरी आजका इसाईहरूले पछ्याउन सक्छन् होला (१२–१७) ?
यदि एउटा व्यक्तिको खुट्टा येशूद्वारा धोइएको छैन भने, उसले अरू इसाई साथीहरूको खुट्टा धुन सक्दैन । किन ?
१. किन येशूको यो निश्चित कार्यले “उहाँको प्रेमको गहनता” लाई झल्काउँछ (१) ?
खुशीको सन्देशः येशूले आफ्नो दासरूपी कामलाई आफ्नो कू्रसको मृत्युसँग जोड्दै यसरी भन्नुभयो, ‘ तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ। अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ। किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”
Downloads
Contact us
Webmaster