GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१७. बाटो, सत्य र जीवन (यूहन्ना १४ः१–११)



पृष्टभूमिः यदि हामी भोलि नै मारिने वा सताइने कुरा हामीले थाहा पाउने हो भने, हामीमध्ये कतिले अरूका हृदयका वेदनाबारे सोच्ने थियौं होला ?

१. के तपाईंको विचारमा, दुखित हृदय र विचलित आत्माले विश्वासको कमीलाई देखाउँछ होला ? तपार्इंंले आफ्नो राय दिनुहोस् (पद १) ।
  • कुन कुराले आज तपाईंलाई विचलित बनाएको छ ? (तपाईंले मनमनै उत्तर दिनुहोस्) ।
    १. १ पदले कुन अर्थ दिन्छ ?
  • एउटा चिन्तित व्यक्तिले परमेश्वर तथा येशूबारे के कस्ता सत्यताहरूमा विश्वास गर्नुपर्छ ?

    १. पद ११ मा येशूले विश्वासबारे के बताउनुहुन्छ ? यो सारवस्तुलाई अन्य कुन कुन ठाउँमा समावेश गरिएको छ ? हेर्नुहोस् ।
    २. पद २ र ३ बाट हामीले स्वर्गबारे के सिक्छौं ?
  • पहिलो पद कसरी २ र ३ र सँग सम्बन्धित छ ?
    १. कस्तो परिस्थितिमा तपाईंलाई स्वर्ग महत्वपूर्ण लाग्यो ?
    २. “म नै बाटो हुँ,” भनेर येशूले के भन्न खोज्नुभएको छ (पद ६) ?
  • कसैले “बाटो यहाँ छ,” भनेर भन्नु तथा “म नै बाटो हुँ” भनेर भन्नुमा के भिन्नता रहेको छ ?
  • किन कोही येशूबाहेक स्वर्ग जान सक्दैनन् ?

    १. येशूले “जीवन र सत्य म नै हुँ” भनी भन्नुभयो । त्यसको अर्थ के होला (पद ६) ?
    २. येशू र परमेश्वरबीचको सम्बन्धबारे पद ७–११ हामीलाई के सिकाउँछ ?
    १. चेलाहरूका कस्तो अवस्थामा येशूले यी उत्साहका शब्दहरू बोल्नुभएको थियो (सन्दर्भ, यूहन्ना १३ः३७–३८, १४ः५, ८, ९) ?
  • चेलाहरूले येशूसँग एकसाथ तीन वर्षको समयावधिलाई बिताएका भए तापनि, किन उनीहरूले आफ्नै तथा येशूका बारेमा त्यति थोरै मात्र जान्न सके ?

    १. येशूले चेलाहरूलाई चिन्तित नहोओ भनी भन्नुभयो रपनि त्यही रात उहाँ आपैm नै कष्टले व्याकुल हुनुभयो । ( अगुवाले मत्ती २६ः३७–३८ पढिदिनुहोस्) । विशेष गरी यस विषयलाई ध्यान दिँदा किन येशूको वचन र बोलीमा उहाँ फरक हुनुभयो ?
  • कुन कुरासँग येशू गेत्समनीमा डराउनुभयो ?

    खुशीको सन्देशः परमेश्वरको क्रोध तथा पापको ज्याला मृत्युबाहेक अन्य कुनै पनि कुराहरूसँग येशू डराउनुभएन । हाम्रो सट्टामा उहाँले नै यी सबै कुराहरूलाई आपैmमा लिनुभएको हुनाले, यहाँले यसरी हामीलाई भन्न सक्नुहुन्छः “तिमीहरू विचलित नहोओ । परमेश्वरमा भरोसा राख र मलाई विश्वास गर ।” यी शब्दहरू आज तपाईंको निम्ति येशूबाट दिइएको विशेष वचनहरू हुन सकोस् ।



























    ***

       
    Downloads    
    Contact us    
    Webmaster