१८. साँचो दाखको बोट (यूहन्ना १५ः१–११)
पृष्टभूमिः इस्राएल पहिला परमेश्वरको दाखको बोट भएको थियो । तर, कुनै पनि फल नफलाएको कारण उहाँ त्यसप्रति दुखित हुनुभएको थियो (यशैया ५ः१–७) । येशूले आपैmलाई साँचो बोट हुनुभएको र परमेश्वर उहाँमा पूर्ण रूपले सन्तुष्ट हुन सक्ने कुरा बताउनुभयो । हरेक वर्ष बोटबाट काम नलाग्ने हाँगाबिँगाहरूलाई काटेर फ्याँकिन्छ । अनि जतिधेरै त्यसरी छिवल्ने काम गरिन्छ, त्यति नै धेरै त्यो बलियो हुने गर्दछ ।
१. येशू र दाखको बोटबीच के कस्ता कुराहरू समान छन् ? सम्भावित धेरैभन्दा धेरै त्यस्ता कुराहरूबारे विचार गर्नुहोस् ।
इसाईहरू तथा दाखको बोटको हाँगाहरूबीच के कस्ता कुराहरू समान छन् ?
१. कस्ता इसाईहरूले प्रशस्त मात्रामा फल फलाउन सक्छन् होला ? आफ्नो राय दिनुहोस् ।
पहिलो चार पदहरूका प्रकाशमा, फल फलाउने प्रक्रियालाई ध्यान दिनुहोस् । यो प्रक्रियामा हाँगाहरू (हामी), बोट (येशू) र माली (परमेश्वर) बीच के कस्ता जिम्मेवारीहरू छन् ?
१. पातहरू भनेका बोटका अति नै सुन्दर तथा आकर्षक भाग हुन् रपनि ती काटेर छाँटकाँट गर्नुपर्छ । तपाईंले आफ्नो जीवनमा “हुर्काउन” चाहनुभएका तर परमेश्वरले चाहिँ छिवल्नुभएका कतिपय कुराहरू के होलान ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ) ।
२. किन पातहरू हाँगाहरूबाट झर्छन् होला, सोच्नुहोस् । (उदाहरणको लागि, जराबाट रसलाई हाँगाहरूसम्म जानलाई केसले रोक्छ ?)
के कस्ता कारणले गर्दा, इसाईहरू येशूबाट टाढा हुन्छन् ?
विशेष गरी के कस्ता कुराले तपाईंलाई पतनको जोखिममा पार्ने खतरा हुन्छ ? (तपाईंले आफ्नो मनमनै उत्तर दिन सक्नुहुन्छ) ।
१. आफ्नो विश्वासलाई त्याग्ने मानिसहरूलाई के हुन्छ ? यससम्बन्धमा पद ६ ले के बुझाउँछ ?
२. यो खण्डबाट तपाईंले फल फलाउन आवश्यक सम्भावित धेरैभन्दा धेरै परिस्थितिहरू पत्तो लगाउनुहोस् ।
यो खण्डमा “रहनु” भन्ने क्रियापद कतिपटक देखा परेको छ ?
फल फलाउनको लागि, एउटा चेला कहाँ “रहनु” पर्छ ?
कसरी येशूको वचन हामीमा रहन सक्छ (पद ७) ? (हामीमा येशूको वचन रहनुको विपरीत के हुन सक्छ ?)
१. यदि एउटा अङ्गले अर्कोको अनुरोध नसुनेको खण्डमा, सम्बन्ध कस्तो हुन जान्छ भनी यसले देखाउँछ (पद १०) ?
यदि एउटा इसाईले ख्रीष्टको आज्ञालाई सुन्दैन भने उसलाई के हुन सक्छ भनी यसले देखाउँछ ?
यदि तपाईंले येशूको आज्ञालाई मानिरहनुभएको छैन भन्ने महसुस भयो भने, तपाईंले के गर्नुपर्छ होला ?
१. कसरी हामी अरूको प्रेममा रहन सक्छौं (पद ९) ?
कसरी हामी येशूको प्रेममा रहन सक्छौं (पद ९) ?
१. यस बाइबल अध्ययनबाट घरमा लिएर जानुपर्ने पद भनेको ९ पद हो । आफ्नो पिताले येशूलाई जतिधेरै प्रेम गर्नुभयो, त्यति नै धेरै येशूले तपाईंलाई प्रेम गर्नुभयो भन्नाले तपाईंले के बुझ्नुहुन्छ ?
खुशीको सन्देशः हामीले जतिधेरै फल फलाउनुपर्ने हो, त्यति फलाएका छैनौं । हामीले फल नफलाएको कारण हाम्रो स्थानमा येशूले दण्ड भोग्नुभयो अनि उहाँले जतिको फल कसैले पनि फलाउन नसके तापनि, उहाँलाई “आगोमा फ्याँकियो र जलाइयो” (पद ६) ।
***
Downloads
Contact us
Webmaster