GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१९. दुःखचाहिँ खुशीमा परिणत हुनेछ (यूहन्ना १६ः२०–२४, ३२–३३)



टिपोटः भोलिपल्ट आफ्नो मृत्यु हुने र त्यसले चेलाहरूमा कस्तो असर पार्ने थियो त भनी येशूले यहाँ चर्चा गर्छन् ।

१. येशूको मृत्युमा किन संसारले आनन्द मनाउने थियो होला त (पद २०) ?

२. प्रसव वेदनामा परिरहेकी स्त्रीको तस्विरद्वारा येशूले के बताउन चाहनुहुन्छ (पद २१) ?
  • कुनै नयाँ कुरा जन्मिँदा किन सधैँ नै पीड़ा हुने गर्छ ?
  • तपाईंले अनुभव गर्नुभएको पीडाद्वारा तपाईंको आफ्नै जीवनमा वा परिवारमा भएको कुनै प्रियजनको जीवनमा के कस्तो नयाँ कुराको जन्म भएको छ ?
  • पद २१ मा, सायद येशूले आफ्नै मृत्युको बारेमा बताइरहनुभएको छ । जन्मको मुस्कानद्वारा उहाँले त्यसबारे के बताउन चाहनुहुन्छ ?

    १. कसरी दुःख र आनन्द एकसाथ हुन सक्छन् (पद २२) ?
  • के कस्ता कुराहरूले हामीबाट आनन्द खोसेर लैजान सक्छ ?
    १. येशूका अनुसार, कस्तो शर्तमा प्रार्थनाको जवाफ दिइन्छ (पद २३,२४) ?
    येशूको नाउँ लिएर परमेश्वरसमक्ष चढाइने प्रार्थना र सामान्य प्रार्थनामा के अन्तर छ ?
    १. उहाँसँग हामीले जेसुकै मागे तापनि, परमेश्वर पिताले दिनुहुन्छ भनी येशूले भन्नुभयो (पद २३,२४) । उहाँले यहाँ के भन्न खोज्नुभएको छ ?
  • पद २३ र २४ मा भएको प्रतिज्ञाहरू तपाईंमा पनि लागू हुन्छ भनी के तपाईंले विश्वास गर्न सक्नुहुन्छ ? तपाईंले आफ्नो राय दिनुहोस् ।
  • इसाईको रूपमा, तपाईंको जीवनमा कुनचाहिँ प्रार्थनाको उत्तर एकदमै सुन्दर भएको महसुस गर्नुभएको छ ?
    १. पद ३३ अनुसार, यस संसारमा रहुँञ्जेलसम्म तपाईंले (इसाईले) समस्यालाई सामना गर्नुपर्छ भनी येशूले भन्नुभएको छ । “समस्या” भनेर येशूले के कस्ता कुरालाई सङ्केत गरिरहनुभएको छ ?
    १. हाम्रो सङ्कष्टको माझमा पनि येशूमा हामीले शान्ति पाउन सक्छौं भनी के भन्न खोजिएको होला ?
  • यदि एउटा इसाईले उसको जीवनमा आएको सङ्कष्टमा पनि परमेश्वरको नियन्त्रण छ भन्ने कुरा विश्वास गर्न सक्दैन भने, के सङ्कष्टको समयमा ऊ शान्तिमा रहन सक्ला र ? आफ्नो राय उल्लेख गर्नुहोस् ।


    १. येशूले यस संसारलाई जित्नुभएको छ भनेको के हो (पद ३३) ?
  • येशूले आज पद ३३ को वचन व्यक्तिगततौरमा तपाईंलाई भन्नुहुन्छ । तपाईंको वर्तमान परिस्थितिमा, उहाँको वचनले तपाईंलाई कस्तो अर्थ दिन्छ होला ?




























    ***

       
    Downloads    
    Contact us    
    Webmaster