२१. येशूलाई पक्रियो (यूहन्ना १८ः१–१४)
पृष्टभूमिः किद्रोन उपत्यका तथा गेतसमनी बगैँचालाई यरूशलेमको नक्शामा खोज्नुहोस् । अनि यहूदाको बारेमा यूहन्ना १२ः६ मा हेर्नुहोला । यो घटनाको केही दिनपश्चात्, यहूदाले आत्महत्या गरे । पक्रेर लानेहरूमा यहूदी मन्दिरका पहेरेदारहरू थिए भन्ने कुरालाई ध्यान दिनुहोला (पद ३) ।
१. अघिल्लो तीन वर्षसम्म येशूको साथमा रहँदा यहूदालाई कस्तो भएको थियो होला, एकैछिन्, कल्पना गर्नुहोस् । उनले कस्तो किसिमको राम्रा राम्रा अनुभव बटुल्ने मौका पाएका थिए होलान ? उनका दुःखहरू के कस्ता थिए होलान ? उत्तरचाहिँ योभन्दा बाहिरको खण्डबाट आउँछ ।
के तपाईंलाई येशूले आफ्ना अन्य चेलाहरूलाई जतिको माया गर्नुहुन्थ्यो, त्यति नै यहूदालाई पनि गर्नुहुन्थ्यो भन्ने लाग्छ ? आफ्ना राय दिनुहोस् ।
के यहूदाले येशूको प्रेममा विश्वास गरे ? किन र किन गरेनन् ?
१. किन येशूले यहूदालाई कोषाध्यक्ष बनाउनुभयो (यूहन्ना १२ः६) ?
किन पैसाको मोहको शक्ति मानिसमाथि प्रचूर मात्रामा रहेको छ ?
कस्तो परिस्थितिमा सायद तपाईंले येशू र आफ्नो इसाई विश्वासलाई इन्कार गर्नुहुने थियो होला ?
१. किन येशूलाई दिनमा नपक्रेर रातमा पक्रियो ?
थुप्रै जैतुनका रुखहरूका माझमा, गेतसमनी बगैँचाको दृश्यलाई एकैछिन् कल्पना गर्नुहोस्ः अन्धकारामा खुट्टाहरूका आवाज र त्यसपछि आगोका मुस्लाहरू होहल्लाहरू भइरहेको समयमा, कसलाई डराएको देख्नुहुन्छ र कोचाहिँ सहासिक भएको (पद ३–६) ?
१. अनि उहाँलाई पक्रिन चाहेका यी मानिसहरूका माझमा किन येशू आपैm नै प्रकट हुनुभयो (पद ४) ? “म उही हुँ,” भन्ने घोषणाद्वारा येशूले परमेश्वरको नाउँ घोषणा गर्नुभयो (“यहोवा” = म जो म हुँ) । अनि उहाँको त्यो कुरालाई सुनेर किन उहाँलाई पक्रिन आएका मानिसहरू भूईंमा लोटे (पद ६) ?
१. आपूm पक्राउ पर्दा, येशूको सबैभन्दा ठूलो चिन्ता के थियो ?
पद ८–९ ले “महिमित साटफेर”ः येशूले पापीको स्थानलाई लिनुभयो र परमेश्वरको क्रोधबाट उनीहरूलाई उम्किने मौका दिनुभयो । येशू प्रभुले तपाईं तथा तपाईंको आफ्नो प्रियजनहरूलाई हेर्दै पद ८ को वचन शैतानलाई बताउँदै गरेको एकैछिन् कल्पना गर्नुहोस् । त्यसरी पढिँदा, ती वचनहरूको अर्थ तपाईंले के पाउनुहुन्छ ?
१. पत्रुसले आफ्नो तरवारले हिर्काए (पद १०) । किन ?
येशूले खाल्खसको काटिएको कानलाई जस्ताको त्यस्तै बनाइदिनुभयो र उहाँको त्यो अन्तिम अच्चमको काम थियो भनी सुसमाचारका अन्य पुस्तकहरूले बताउँछन् । उहाँले किन त्यो निको पार्नुभयो ?
उक्त रातको घटनाबारे माल्खसले आफ्नो परिवारलाई के बताए होलान ?
१. केही समय अघि मात्र सङ्कष्टको कचौरा हटाइदिनुहोस् भनी तीनपटकसम्म आफ्नो पितासँग अनुरोध गर्नुभएको थियो । किन अहिले उहाँले त्यसलाई स्वतन्त्र र सहज प्रकारले स्वीकार गर्नुहुन्छ ?
येशूमाथि यो सङ्कष्ट कोद्वारा आयो (पद ११) ?
येशूले पद ११ मा भन्नुभएभैm गरी के तपाईंले पनि आफ्नो सङ्कष्टबारे भन्न सक्नुहुन्छ होला ?
शैतानबाट, खराब मानिसहरूबाट वा स्वर्गीय पिताबाट आएको सङ्कष्टबारे के भिन्नता रहेको छ ?
खुशीको सन्देशः पद ११ मा भएको कचौरामा, यस संसारको सबै पापहरू तथा नराम्रा कुराहरू (हिजोआज पत्रिका देखिने सम्पूर्ण त्रूmरताहरू) (सन्दर्भ, प्रकाश १७ः४) । यस कचौरालाई पिउने क्रममा, येशूले सम्पूर्ण नराम्रा कुराहरू आपैmमा खन्याउनुभएभैंm देखिन्थ्यो । तसर्थ, उहाँ आपैm नै त्यसको एउटा अंश भएभैंm देखिन्थ्यो । त्यसैकारणले, तपाईं लगायत यस पृथ्वीका सबै पापीहरूका सट्टामा येशू मर्नुभयो ।
***
Downloads
Contact us
Webmaster