GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२२. यो समाप्त भयो (यूहन्ना १९ः२५–३०)



पृष्टभूमिः त्रूmसिकरण भनेको मानिसलाई सतावट दिने सायद पत्तो लगाइएको सबैभन्दा त्रूmर तरीका थियो । त्रूmसमा चढाइएको व्यक्तिले बोल्न खोज्दा, कुन कुराले गर्दा उसलाई अति नै पीडा हुने गर्छ ? के सास लिँदा काँटी ठोकिएको खुट्टामा बढी भार पार्न जाने हुनाले हो ? त्रूmसमा चढ्नुहुँदा येशू वास्तवमा नरकमा भएसरह हुनुभयो किनकि उहाँको पिताले उहाँलाई त्यागिदिनुभएको थियो । अनि येशूले प्रेम गर्नुभएको चेला वास्तवमा अरू कोही नभएर, यूहन्ना नै थि (पद २६) ।

१. पद २५–२७
  • किन येशू त्रूmसमा चढ्नुहुँदा उहाँका अघि उभिएका अधिकाँश साथीहरू केवल महिलाहरू मात्र थिए ? (के सङ्कष्टको दृश्यलाई प्रत्यक्षसँग हेर्ने क्रममा, पुरुष र स्त्रीबीच भिन्नता हुने हुनाले हो ?)
  • येशूको आमा मरियम किन आफ्नो छोरालाई त्रूmसमा टाँगिरहेको दृश्य हेर्नबाट हट्न सकिनन् ?
  • त्यो परिस्थितिमा, मरियमको लागि सबैभन्दा कठिन कुरो के भएको थियो होला ?
  • त्यो परिस्थितिमा, मरिमयले अच्चमको कामको अपेक्षा गरेकी थिइन् कि आफ्नो छोरा छिटोभन्दा छिटो मरोस् भन्ने ? आफ्नो राय दिनुहोस् ।
  • येशूले त्यस्तो सङ्कष्टलाई भोगिरहनुभएको देख्दा, के मरियमले अभैm पनि उहाँ परमेश्वरको पुत्र नै हुनुहुन्थ्यो भन्ने ठानिरहेकी थिइन् होला र ? आफ्नो राय दिनुहोस् ।
  • आफ्नो पुत्रको मुखबाट निस्किएको अन्तिम शब्दलाई मरियमले कसरी बुझिन् ? आफ्नो आमालाई केही पनि नबताइकनै येशू मर्नुभएको परिस्थितिलाई एकैछिन् कल्पना गर्नुहोस् ।
  • किन येशूले आफ्नो आमाको हेरविचार गर्ने जिम्मा यूहन्नालाई मात्र दिनुभयो ? (यदि येशूको मरणपछि आफ्ना बाँकी रहेका चारजना छोराहरूतिर मरियम फर्केकी भए, के हुने थियो होला ? वास्तवमा, उनीहरू विश्वासी थिएनन्) ।
  • आफ्नो अभिभावकहरूसँगको तपाईंको सम्बन्धबारे यो कथाद्वारा येशूले के देखाउन चाहनुहुन्छ ?

    १. पद २८–२९
  • त्रूmसमा चढाइएको व्यक्तिहरू अति नै तिर्खाउने विभिन्न कारणहरू के होलान ? सोच्नुहोस् ।
  • त्रूmसमा चढाइनुहुँदा, पानीबाहेक अरू कुन कुराको लागि येशू तिर्खाउनुभयो ?
  • भीडको अघि येशूले एकपटक यसरी भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने, मकहाँ आओस् र जीवनको पानी पिओस् (यूहन्ना ७ः३७) ।” किन येशू आपूm जीवित पानीको मुहान हुनुभए तापनि, अहिले तिर्खाउनुभयो ?


    १. पद ३०
  • अगुवाले मत्ती ३ः१५ पढिदिनुहोस्— बप्तिस्मा लिने बित्तिकै येशूले बोल्नुभएको वचन । अनि त्यसलाई पद ३० सँग तुलना गर्नुहोस् ।
  • के येशूले तपाईंको लागि सबै धार्मिकताहरू (परमेश्वरको सबै आज्ञाहरू) पूरा गरिदिनुभएको छ भनी के तपाईंले विश्वास गर्नुहुन्छ ?
  • “येशू मर्नुभयो” र “उहाँले आफ्नो प्राण त्यागिदिनुभयो” भन्ने दुई अभिव्यक्तिमा के भिन्नता रहेको छ ?
  • येशूको मृत्युशैया र तपाईंले देखिरहनुभएको कुनै व्यक्तिको मृत्युशैयाबीच तुलना गर्नुहोस् । (किन येशू अरूका तुलनामा विशेष हुनुहुन्थ्यो ?)





















    ***

       
    Downloads    
    Contact us    
    Webmaster