GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२३. रित्तो चिहानभन्दा बाहिर (यूहन्ना २०ः११–१८)



पृष्टभूमिः अगुवाले लूका ८ः१–३ पढिदिनुहोस्, जसमा मरियम मग्दलिनीको विगतबारे लेखिएको छ । चेलाहरूका विपरीत मरियम, येशूको त्रूmसको छेऊमा उभिएकी थिइन् भने, येशूलाई चिहानमा राख्ने क्रममा पनि थिइन् (मत्ती २७ः६१) । “गुरुज्यू” (पद १६) भन्ने शब्द सुसमचारहरूमा केवल दुई पटक मात्र देखा परेका छन् । यसको अर्थ “शिक्षक” भन्दा पनि गहन रहेको छ ।

१. सातओटा दुष्टात्माहरूद्वारा ग्रसित हुँदा मरियमको जीवन कस्तो भएको थियो होला ? (प्रत्येक दिन कसरी बित्दथ्यो होला ? अरूसँगको सम्बन्ध कस्तो भएको थियो होला ? अनि दुष्टात्माले मुर्छा पार्दा कस्तो हुन्थ्यो होला ?)
  • अनि येशूसँग रहेर विभिन्न ठाउँभरि यात्रा गर्ने ती दिनहरूमा उनको जीवन कस्तो भएको थियो होला ?
  • येशूलाई मरिमयले कस्तो प्रकारले प्रेम गर्थिन् होला ? उहाँलाई सम्बोधन गर्न तिनले प्रयोग गरेका शब्दार्थहरूलाई हेर्नुहोस् (पद १३, १६, १८) ।

    १. येशूलाई त्रूmसमा चढाइएको त्यो कहालिलाग्दो अन्त्य तथा चिहानमा राखिएको दृश्यलाई समेत प्रत्यक्ष प्रकारले मरियमले देखेकी थिइन् । त्यसले हामीलाई के बुझाउँछ ?
  • येशू मरिसक्नुभएपछि, उक्त दुई रात र एकदिन मरिमयले कसरी बिताइन् होला ?

    १. रित्तो भए तापनि, किन मरियमले त्यो चिहानलाई छोडेर जान चाहिँनन् (पद ११) ?
  • येशूको मृत्त शरीरलाई देख्न तथा स्पर्श गर्न नपाउँदा किन मरियम अत्तालिन पुगिन् ?

    १. चिहानमा दुई स्वर्गदूतहरूलाई देख्दा किन मरियम चकित भइनन् ? विभिन्न कारणहरूबारे सोच्नुहोस् (पद १२–१३) ।

    २. येशूलाई पुनः देख्दा र उहाँसँग कुरा गर्दा किन मरिमयले उहाँलाई चिनिनन् ? विभिन्न कारणहरूबारे सोच्नुहोस् (पद १४) ।
  • तपाईंको वेदनामा येशू तपाईंको नजीकै हुनु भए तापनि, के तपाईंले उहाँलाई चिन्न नसकेको कुनै घटना तपाईंको जीवनमा घटेको छ ? यदि छ भने, कस्तो परिस्थितिमा त्यो भएको थियो ?



    १. स्वर्गदूत र येशूले मरियम रोइरहेको कारण थाहा पाए तापनि, किन तिनलाई सोधे ?
  • तपाईं रुनुभएको कारण उहाँलाई अघिबाटै थाहा भइसके तापनि, किन तपाईंले त्यो बताओस् भन्ने येशूले चाहनुहुन्छ ?
  • मरियमको आँसु व्यर्थमा गएको थियो होला र ? आफ्नो राय दिनुहोस् ।
  • हाम्रा आँसुहरू व्यर्थमा छन् कि छैनन् भनी कसरी हामीले जान्न सक्छौं ?

    १. अन्तिममा, कुन कुराले गर्दा मरियमले येशूलाई चिनिन् (पद १५–१६) ?
    २. किन येशूले त्यसरी मरियमलाई भावनामा पार्नबाट रोक्न चाहनुभएन (पद १७) ?
  • येशू एउटा मान्छेको रूपमा, उहाँले त्यस परिस्थितिमा देखाउनुभएको उहाँको व्यवहारबाट हामीले के सिक्छौं ?
    १. ती दिनहरूमा, महिलाहरूलाई कानूनी साक्षीका रुपमा स्वीकार गरिँदैनथ्यो । तर, येशूले पुनरुत्थानपछि आपूmलाई पहिलो पटक स्त्रीको अघि प्रकट गर्नुभयो । किन होला ?
  • समाजको अनावश्यक नीतिनियमद्वारा येशू कहिल्यै पनि बाँधिनुभएन । जस्तैः अन्धो राष्ट्रभक्त तथा विश्राम दिनसम्बन्धी कठोर नियमहरू आदि । तरपनि, उहाँले यहूदापछि मरियमलाई बाह्रौं चेलाको रुपमा चुन्नुभएन । किन होला ?

    १. पुनरुत्थानले कसरी मरियमको बाँकी जीवनलाई अच्चम प्रकारले परिवर्तन गरिदियो ?
  • तपाईंको जीवनभरि नै येशूको पुनरुत्थानले कस्तो आशा ल्याउँदछ ?












    ***

       
    Downloads    
    Contact us    
    Webmaster