GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२५. के तिमी मलाई प्रेम गर्छौं ? (यूहन्ना २१ः१५–१९)



पृष्टभूमिः पत्रुसले अहिले येशूलाई प्रेम गरेको कुरा जतिपटक स्वीकार गर्छन्, त्यति नै पटक उनले येशूलाई इन्कार पनि गरेका थिए (मत्ती २६ः३३) ।

१. तपाईंले आफ्नो साथीलाई छल गरेको कुरा कल्पना गर्नुहोस् । जब तपाईंले फेरि उसलाई भेट्नुभयो, उसले अचानक तपाईंलाई यसरी सोध्छन्, “के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौं ?” कस्तो विचारले उसले तपाईंसँग यो प्रश्न सोध्यो होला ?
  • किन येशूले आपूmलाई पत्रुसले अरूलाई भन्दा धेरै माया गरेका छन् कि छैनन् भनी सोध्नुभयो (पद १५) ?
    १. सुरुको ग्रीकमा, येशूले प्रश्न सोध्दाखेरि प्रयोग गर्नुभएको क्रियापदभन्दा पत्रुसले जवाफ दिने क्रममा, फरक क्रियापद प्रयोग गरेका थिए । (येशूः के तिमीले साँच्चिनै मलाई प्रेम गर्छौं ? पत्रुसः गर्छु, प्रभु म तपाईंको मित्र हुँ ।) किन पत्रुसले क्रियापदलाई परिवर्तन गरे (पद १५–१६) ?
  • अनि तेस्रो पटक प्रश्न गर्ने क्रममा, पत्रुसले प्रयोग गरेका क्रियापदलाई नै येशूले प्रयोग गर्नुभयो । (के तिमी मेरो साथी हौं ?) किन उहाँले त्यसरी सोध्नुभयो (पद १७) ?
    १. यसरी तेस्रो पटकसम्म सोध्दा, पत्रुस दुखित हुन्छन् । किन ? सम्भाव्य कारणहरू उल्लेख गर्नुहोस् ।
  • यसरी येशूलाई तीनपटकसम्म इन्कार गर्नुभन्दा पहिले, आपूmले येशूलाई प्रेम गर्ने कुरामा पत्रुस १०० प्रतिशत निश्चित थिए । के त्यतिबेला पत्रुसको प्रेम साँचो थियो होला ? आफ्नो राय दिनुहोस् ।
  • अब येशूलाई पत्रुसले प्रेम गर्न सक्ने कारण के थियो ?
    १. येशूले तपाईंलाई पनि आज त्यसरी नै सोध्नुहुन्छः “के तिमी मलाई प्रेम गर्छौं ?” यो प्रश्नको जवाफ दिन तपाईंलाई सजिलो पर्छ कि कठिन ? किन ?
    २. अन्य चेलाहरूसमेत भएको बेलामा, सार्वजनिक रुपले किन येशूले यो प्रश्न सोध्नुभयो ?
  • किन येशूले पत्रुसलाई तीनपटकसम्म प्रश्न सोध्नुभयो ?
  • यदि पत्रुससँग कुराकानी नभएको भए, पत्रुसको भविष्य सायद कस्तो प्रकारले उघ्रिने थियो होला ?

    १. भेडाहरूको हेरचाह गर्दै तिनीहरूलाई खुवाउने काम इसाई मण्डलीको हो । त्यसले व्यवहारिकतौरमा के बुझाउँछ ।
  • त्यतिबेलादेखि, उक्त घटनाले पत्रुसको प्रचारमा कस्तो प्रभाव पा¥यो होला ?
  • वास्तवमा येशूलाई प्रेम नगर्ने इसाई सङ्गतिको एउटा “गोठालो” लाई सम्झिनुहोस् । कसरी उसले आफ्नो सेवकाइलाई निरन्तरता दिन सक्छ होला ?
  • यो खण्डअनुसार, कस्ता मानिसहरूलाई येशूले उहाँको काम सुम्पिदिनुहुन्छ होला ?
    १. मारिने डरले एक महिना अघि मात्र पत्रुसले येशूलाई इन्कार गरेका थिए । पद १८ र १९ मा पत्रुसलाई शहीद बनाइने कुरा येशूले अगमवाणी गर्नुहुन्छ । त्यो कुरा प्रकट गरिँदा पत्रुसलाई कस्तो भयो होला र त्यसले उसको बाँकी रहेको जीवनलाई कस्तो प्रभाव पा¥यो होला ?
  • किन पत्रुस अब मृत्युदेखि डराएका थिएनन् ?
  • तपार्इंले परमेश्वरको महिमा जीवनद्वारा मात्र नभई, मरणद्वारा पनि गर्नुहुनेछ भनेर थाहा पाउनुभयो भने, त्यसलाई तपाईंले कसरी लिनुहुनेछ होला (पद १९) ?

    १. पत्रुसले भैंm सायद तपाईंले पनि येशूलाई इन्कार गर्नुभयो होला । यदि त्यसो गर्नुभएको छ भने, आज तपाईंलाई पनि पत्रुसलाई भैंm येशूले यसरी भन्नुहुन्छ “मलाई पछ्याऊ !” कसरी तपाईंले उहाँलाई जवाफ दिनुहुनेछ होला ?

       
    Downloads    
    Contact us    
    Webmaster