GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

१. कन्या गर्भवती हुन्छिन् १:२६–३८



टिपोट: मरियमले बच्चा जन्माउने क्रममा, उनी २० वर्षभन्दा कम उमेरकी थिइन् भन्ने अनुमान रहेको छ । सिकर्मी काम गर्ने योसेफसँग तिनको मगनी भएको थियो । विवाहपूर्व यौनसम्पर्कलाई पुरानो नियमले कड़ा निषेधाज्ञा दिने गर्दथ्यो ।

१. मरियमको चरित्र कस्तो थियो होला र यो पाठबाट तपाईंले कस्तो निष्कर्ष निकाल्नुहुन्छ ?
  • परमेश्वरसँग मरियमको सम्बन्ध कस्तो थियो होला ?
  • नासरतको एउटा सानो गाउँमा हुर्केकी मरियमको दैनिक जीवन कस्तो थियो होला ? त्यहाँको खुशी र आनन्द के कस्ता थिए होलान ?

    २. आफ्नो पुत्रको आमा बन्ने भूमिकामा किन परमेश्वरले यस कन्या केटीलाई चुन्नुभयो होला ?
  • स्वर्गदूतको अभिवादनप्रति मरियमले त्यस्तो प्रकारले किन प्रतिक्रिया देखाइन (२९) ?

    ३. परमेश्वरले गाब्रिएललाई मरियमकहाँ पठाउनुको कारण के थियो ?
  • ३२–३३ पदहरूलाई पढ्नुहोस् । आफूले जन्माउने बच्चाबारे मरिमयले के थाहा पाइन् ? आफ्नै शब्दहरूमा लेख्नुहोस् ।

    ४. मरियम कन्या थिइन् । कुनै पनि प्रमाणविना नै एउटा कन्या केटी गर्भवती हुने कुरालाई तिनले कसरी विश्वास गर्न सक्ने थिइन् ? (अर्को शब्दमा भन्नुपर्दा, आफू गर्भवती भएको कुनै पनि सङ्केतलाई तिनले आफ्नो शरीरमा महसुस गर्नुभन्दा अघि नै) ।
  • हिजोआज कन्या जन्मबारे विश्वास गर्न किन मानिसहरूलाई अति नै कठिन हुने गर्दछ ?

    ५. मत्तीको सुसमाचारमा पनि हामी योसेफले कन्या गर्भवती हुने कुरामाथि विश्वास गर्न बढो कठिनाइ महसुस गरेको देख्छौं । येशूको आमा भएर तिनले भोग्नुपर्ने कठिनाइलाई यदि मरियमले अघिबाटै थाहा पाएकी भए, के तिनले आफ्नो बुलावटलाई स्वीकार गर्ने थिइन् होला र ?

    ६. परमेश्वरबाट तिनले कृपा पाएकी कुरा गाब्रिएलले मरियमलाई दुई पटक बताइदिनुभएको थियो (२८–३०) । “कृपा” को अर्थ पापहरूबाट क्षमादान पाएको भन्ने हुन्छ । मरियमले किन यो क्षमादान पाउन आवश्यक थियो ?

    ७. तपाईंको समस्या भनेको परमेश्वरलाई पनि समाधान गर्न अति नै कठिन भएको महसुस कहिलेकाहीँ तपाईंले गर्नुहुनेछ । पद ३७ लाई पढ्नुहोस् र आफ्नो समस्याहरूमा त्यो लागू गर्नुहोस् । तपाईंको वर्तनमान परिस्थितिको लागि यो पदले कस्तो अर्थ दिन्छ ?

    ८. झण्डै ३०–३२ वर्षपश्चात्, मरियम आफ्नो छोराको त्रूmस नजीकै खड़ा हुन पुग्छिन् । पद ३२–३३ मा भएको परमेश्वरको प्रतिज्ञाबारे तिनले के कस्तो सोचिन होला ?

    ९. यदि परमेश्वरले तपाईंको जीवनलाई प्रशस्त मात्रामा उहाँको कृपाले भरिदिनुभएको छ, तर त्यतिनै बेला मरिमयको जीवनमा झैं तपाईंको जीवन पनि सङ्कष्टले भरिएको छ भने, तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुनेछ होला ?

       
    Downloads    
    Contact us    
    Webmaster