GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

३. हन्ना र शिमियोन २:२५–३८



टिपोट: मरियम तथा योसेफले मन्दिरमा केवल एकजोडा परेवा मात्र चढाएका कुराले उनीहरू गरिब थिए भन्ने स्पष्ट बुझिन्छ । लेवी १२:७–८ सँग तुलना गर्नुहोस् । त्यतिबेला पनि धेरै मानिसहरूले मसीहको प्रतिक्षा गरिरहेका थिए । तर, उहाँले आफ्नो शक्ति र सामथ्र्य तथा अख्तियारलाई सबै मानिसहरूसमक्ष प्रस्तुत गर्नुहुनेछ भनी उनीहरूमध्ये धेरैले अपेक्षा गरिरहेका थिए ।

१. विवाहको सातै वर्षपश्चात् आफ्नो पतिको देहान्त हुँदा हन्नाले कस्तो महसुस गरेकी थिइन् होला ? कल्पना गर्नुहोस् (३६) ।
  • ती दिनहरूमा दोस्रो विवाह भनेको सामान्य प्रचलन भए तापनि, किन हन्नाले पुन: विवाह गर्न चाँहिनन् ?
  • ५०–६० वर्षसम्मको उमेरमा एउटा विधवा भएर रहँदा, हन्नाको जीवनको अर्थ तिनलाई के लाग्दथ्यो होला (३६–३७) ?

    २. वर्षेनी प्रत्येक दिन रात हन्नाले गएर मन्दिरमा प्रार्थना गर्ने गर्थिन् । तपाईंको विचारमा उनले के को लागि प्रार्थना गर्ने गर्थिन् होला ?

  • पद ३८ ले हन्नाको विश्वासबारे के देखाउँछ ? (उनलाई के कुराबाट मुक्ति पाउनु परेको थियो होला ?)

    ३. येशूलाई भेटुञ्जेलसम्म शिमियोनले जिएको जीवनलाई एकैछिन् कल्पना गर्नुहोस् । उनको जीवनको आनन्द तथा दु:ख के थियो होला (२५–२६) ?
  • शिमियोनको लागि परमेश्वरको प्रतिज्ञाको अर्थ के भएको थियो (२६) ?


    ४. भविष्यको कुनै कुरामा आशा गर्नु भन्नाले एउटा वृद्ध मान्छेले कसरी बुझ्दछ होला ?
  • विश्वाससँग प्रतिक्षाको कुन कुरा समान रहेको छ ?
  • शिमियोनले प्रतिक्षा गरेको मसीह तथा अधिकाँश मानिसहरूले प्रतिक्षा गरेको मसीहबीच के भिन्नता रहेको थियो ? (टिपोट तथा पद २५ लाई हेर्नुहोला)

    ५. एउटा गरिब परिवारको बच्चामा कसरी शिमियोनले प्रभुको ख्रीष्टलाई देख्न सक्छन् ?
  • हन्ना र शिमियोनले जे देखेका थिए, त्यो मन्दिरमा आएका अन्य मानिसहरूले किन देख्न सकेनन् ?

    ६. मसीहले कस्तो किसिमको मुक्तिलाई ल्याउनुहुनेछ भनी यी दुई वृद्धहरूले अपेक्षा गरेका थिए भन्ने सङ्केतहरूलाई पत्तो लगाउन पाठलाई ध्यान दिएर हेर्नुहोस् (२५,३१,३२,३८) ।

  • येशूबाट तपाईंले कुन कुरा अति नै चाहनुहुन्छ होला ?

    ७. आफू मर्न पनि तयार भएको कुरा भन्नको लागि एउटा व्यक्तिलाई के चाहिन्छ होला (२९) ?
  • शिमियोनले बोलेका शब्दहरूलाई तपाईंले आफ्नै जीवनमा लागू गर्नुहोस् । पद २९–३० मा भनेको कुरा के तपाईंले पनि भन्न सक्नुहुन्छ ?

    ८. शिमियोनले मरियमलाई तिनको बच्चाको बारेमा बताएको कुराले के कस्तो नयाँ जानकारी तिनलाई प्रकट गराएको थियो ? (उत्तर तपाईंले पाठभन्दा बाहिरबाट पाउनुहुन्छ) ।

    ९. हन्ना र शिमियोनले येशूलाई फेरि कहिल्यै पनि भेटेनन् । शिशू येशूसँगको जम्काभेटले कसरी तिनीहरूका जीवनलाई परिवर्तन गरिदियो ? के कुरा जस्ताको त्यस्तै रह्यो ?

    १०. उनीहरूका मृत्यु नहोऊञ्जेलसम्म यी दुई वृद्ध मानिसहरूले कस्तो बुलावट पाएका थिए ?
  • हिजोआज धेरै मानिसहरू अगमवाणीको वरदानमा रुचि राख्ने भएका देखिन्छन् । किन हन्नालाई अगमवादिनी भनेर भनियो ? पद ३६ लाई हेर्नुहोला) ।

    खुशीको सन्देश: परमेश्वरको वचनद्वारा यदि तपाईंले येशूलाई देख्नुभएको छ भने, शिमियोनले झैं तपाईंले यसरी भन्न सक्नुहुनेछ: “अब हे प्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्नो दासलाई अब शान्तिसँग जान दिनुहोस् । मेरो आफ्नै आँखाले तपाईंको मुक्तिलाई देखेको छ ।”


       
    Downloads    
    Contact us    
    Webmaster