GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२१. फल नलागेको अञ्जीरको रूख लूका १३:६–९



टिपोट: यो दृष्टान्तले सुरुमा इस्राएललाई सङ्केत गर्दथ्यो । झण्डै नै साँढे तीन वर्षसम्म येशू यस राष्ट्रमा सक्रिय भएर रहनुभयो । तर उहाँले त्यसमा पर्याप्त मात्रा फल भेट्टयाउनुभएको थिएन । तरैपनि, यो दृष्टान्तले हाम्रो बारेमा पनि बताएको छ । तपाईं अञ्जीरको रूख हुनुहुन्छ, परमेश्वर त्यसको मालिक र येशूचाहिँ त्यो व्यक्ति हुनुहुन्छ जसले उक्त रूखको हेरचाह गर्नुहुन्छ । पृष्टभूमिय जानकारीको लागि, मत्ती २१:१८–१९मा हेर्नुहोला ।

१. दाखबारीको माटो भनेको सम्भवत: उत्तम माटो हुनुपर्दछ । दाखबारीको बीचमा अञ्जीरको रूखलाई राखिएको उहाँको दृष्टान्तबाट येशूले इस्राएलबारे के भन्न खोज्नुभएको हो ?
  • त्यस्तो फल नफलेको अञ्जीरको रूखलाई दाखबारीको वरिपरि रहन दिनाले कस्तो क्षति हुन्छ ?

    २. विगतको तीन वर्षमा, तपाईंको जीवनबाट परमेश्वरले के कस्तो फलको अपेक्षा गर्नुभयो ? (मनमनै जवाफ दिनुहोला)
  • परमेश्वरको राज्यमा फल फलाउनको लागि तपाईंले बाधा दिन के कस्तो कारणहरू होलान ?

    ३. आफ्नो बारीमा भएको फल नफलेको अञ्जीरको रूखबारे किसानले कस्तो महसुस गर्छ ?
  • एउटै पनि फल नफलाउने त्यस्ता इसाईहरूलाई पनि येशूले प्रेम गर्नुहुन्छ । किन ?

    ४. तपाईंको निम्ति अझ केही समय थपिदिनुहोस् भनी आफ्नो पिताको अघि बसेर येशूले अनुरोध गरिरहनुभएको दृश्यलाई कल्पना गर्नुहोस् । किन उहाँले त्यसो गर्नुहुन्छ ?

    ५. उक्त किसानले रूखको वरिपरि खनेर त्यसमा मलजल गर्ने प्रतिज्ञा गर्छन् । आफ्नो स्वर्गीय पिताको लागि तपाईंको जीवनबाट फल फलाउन विगत तीन वर्षको समयमा येशूले के गर्नुभएको छ ?
  • हाम्रो जीवनको दु:खकष्टले कसरी हामीलाई फल फलाउने काममा योगदान दिन्छ ?

    ६. यो दृष्टान्तअनुसार, अन्त्यमा एउटै पनि फल नफलाउने इसाईलाई के हुनेछ ?

    ७. अब तपाईंले मत्ती २१:१८–१९ लाई खोल्नुहोस् (अगुवाले पढिदिन सक्छन्) । यो घटना येशूले यस पृथ्वीमा बिताउनुभएको अन्तिम हप्तातिर घटेको घटना हो । येशूले अचानक यो अञ्जीरको रूखलाई सराप्नुभयो । किन होला ?
  • यी दुईओटा पदहरूले येशूको मृत्युसँग के सरोकार राख्दछन् ?
    खुशीको सन्देश: त्यसरी अञ्जीरको रूखलाई सराप्नुभइसकेपछि, येशूले इस्राएल तथा तपाईं र हाम्रो स्थानलाई लिनुभयो । “हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ (गलाती ३:१३) ।”

       
    Downloads    
    Contact us    
    Webmaster