GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

३२. कर उठाउने व्यक्ति रूखमा १९:१–१०



टिपोट: येशूको समयमा कर उठाउने मानिसहरू अत्याचार गर्नमा प्रख्यात हुन्थे । जति कर उठाउनुपर्ने हो, त्योभन्दा बढी मानिसहरूबाट असुली बढी रकमलाई उनीहरू आफैले राख्ने गर्दथे । प्राय: हामी येशूलाई गरिब तथा सतावटमा परेका मानिसहरूको पक्ष लिइरहेको देख्छौं, तर यहाँ सताउने ती व्यक्तिहरूका पक्षमा हामी उहाँलाई देख्छौं । यहूदी सँस्कृतिमा, भोजनको निम्ति कसैको घरमा जानु भनेको मित्रताको चिन्ह हुन्थ्यो ।

१. यरीहोको प्रमुख कर अधिकारी, जक्कैको दिनहुँको जीवन कस्तो थियो ? उनको कतिपय सकारात्मक तथा नकारात्मक पक्षहरू के कस्ता थिए ?

२. कसरी जक्कैले आफ्नो जीवनशैली तथा आफूले गर्ने व्यवहारलाई पुष्टि गर्न सकिरहेका थिए ?
  • किन जक्कैलाई त्यतिधेरै पैसा चाहिएको थियो होला ?

    ३. किन जक्कैले येशूलाई देख्न चाहे ? धेरैभन्दा धेरै कारणहरू उल्लेख गर्नुहोस् ।
    के प्रमुख कर अधिकारीजस्तो ओहदाको व्यक्तिले आफैलाई त्यसरी रूखमा चढाएर सबैको तमासा बनाउन चाहन्थे होला ? आफ्नो कारणहरू दिनुहोस् ।

    ४. अनुचित तरिकाले आफूसँगबाट पैसा उठाएको कुनै घटनालाई याद गर्नुहोस् । यदि तपाईं पनि जक्कैको शिकार भएको व्यक्ति हुनुहुन्थ्यो, पद ५ मा येशूले तिनीसँग गर्नुभएको व्यवहारप्रति तपाईंले कस्तो महसुस गर्नुहुनेथियो होला ?

    ५. जक्कैसँगको येशूको पहिलो भेट किन अच्चमलाग्दो छ ? यरीहोमा पहिलो पटक उहाँ यतिनैबेला पुग्नुभएको थियो भने, त्यो नै अन्तिम पनि थियो भन्ने कुरा स्मरण रहोस् ।

    ६. जक्कैले कहिले येशूमा विश्वास गर्न थालेका थिए (५–८) ? विभिन्न सम्भाव्यताहरूलाई छलफल गर्नुहोस् ।

    ७. यदि येशूले जक्कैलाई “छिटो छिटो तल आऊ र आफ्नो आधाजसो सम्पत्ति गरिबहरूलाई बाँड़िदेऊ र त्यसपछि मात्र म तिम्रो घरमा आउँछु,” भनी भन्नुभएको कस्तो हुने थियो होला ?
  • यदि येशूले तपाईंलाई “पहिले तिम्रो पापहरूबाट पश्चाताप गर र त्यसपछि मात्र तिम्रो साथी हुन्छु,” भनी भन्नुभएको भए, तपाईंले कसरी प्रतिउत्तर देखाउनुहुनेथियो होला ?

    ८. एकैदिनमा, आफ्नो सम्पत्तिको आधाभन्दा बढी पैसा बाँड़िदिनु भनेको कस्तो हुन्छ होला, कल्पना गर्नुहोस् । के कुराले तपाईंलाई त्यस्तो अभिप्रेरणा दिन्छ ?
  • आफूले बाँड़िदिएको सबै पैसाको बावजुद, जक्कैले के पाए ?

    ९. जक्कै तथा यरीहोका मानिसहरूबीच रहेको ठूलो भिन्नता केसमा थियो ? (पद ७)
  • किन येशूले सहरको सबैभन्दा घिनलाग्दो व्यक्तिलाई भेट्न चाहनुभयो ?

    १०. येशूले तपाईंलाई: “म आज तिम्रो घरमा बस्नुपर्दछ,” भनी भन्नुभयो । उहाँ तपाईंको घरमा बस्न चाहनुहुन्छ । तपाईंले कसरी उसलाई जवाफ दिनुहुन्छ ?

    ११. यो पाठमा कसले कसलाई खोजिरहेका थिए: जक्कैले येशूलाई वा येशूले जक्कैलाई (३,९,१०) ?

    खुशीको सन्देश: यरूशलेममा क्रूसिकरण हुन जाने क्रममा, येशूले यरीहोको बाटोलाई लिनुभयो । सायद, त्यो जक्कैको लागि मात्र थियो । जब येशूले जक्कैको पापहरू क्षमा दिनुभयो, तब ती सबै दण्डहरूलाई आफूले बोक्नुपर्ने थियो भन्ने कुरा उहाँलाई थाहा थियो । पापहरूको क्षमादान जक्कैको सित्तैँमा पाएका थिए भने, त्यो हाम्रो निम्ति पनि सित्तैँमा दिइएको छ, तर येशूले त त्यसको निम्ति आफ्नो जीवनद्वारा मूल्य चुकाउनुभयो ।








       
    Downloads    
    Contact us    
    Webmaster